• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

मेयर कप फुटबल : पारिजात र विश्वप्रकाशको जित, ओम शान्तिले गौरीगन्जसँग अंक बाड्यो  

  •   शुक्रबार, जेठ ०४, २०८१ मा प्रकाशित

भरतपुर । भरतपुर महानगरपालिकाको आयोजना र सेन्ट्रल कलेजको मुख्य प्रायोजनमा जारी भरतपुर मेयर कप अन्तर विद्यालय फुटबल लिगमा आज तीन खेल सम्पन्न भएको छ ।
शारदानगरमा भएको समूह ए को खेलमा ओम शान्ति एकेडेमी र गौरीगन्ज माविले बराबरी खेल्दै अंक बाँडेका छन् । ओम शान्ति र गौरीगन्जले १-१ को बराबरी गरेका हुन् । ओम शान्तिका लागि आविस्कार तिवारी र गौरीगन्जका विपिन पौडेलेले गोल गरे ।
खेलको ३२ औं मिनेटमा आविस्कारको गोलमा ओम शान्तिले अग्रता लिएको थियो । तर अन्तिम मिनेट सम्हालिन नसक्दा ओम शान्ति अंक बाँड्न वाध्य भयो । खेलको अतिरिक्त समयमा विपिनले गोल गरेपछि गौरीगन्जले ओम शान्तिसँग एक अंक खोस्यो । बराबरीपछि दोस्रो स्थानमा रहेको गौरीगन्जको दुई खेलबाट चार अंक भएको छ । उता समान खेल खेलेको ओम शान्ति २ अंकसहित तेस्रो स्थानमा छ ।

उता कृष्णपुरको मैदानमा भएको समूह बी को खेलमा पारिजात ईंग्लिस बोर्डिङ स्कुल विजयी भएको छ । पारिजातले सिद्धार्थ माविलाई २-० ले हरायो । पारिजातको जितमा कशिव श्रेष्ठ र एन्जल ढकालले गोल गरे । कशिवले पहिलो हाफको अतिरिक्त समयको दोस्रो मिनेटमा गोल गर्दै पारिजातलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको आठौं मिनेटमा एन्जलले गोल गरेपछि पारिजातले अग्रता दोब्बर बनायो । १९ औं मिनेटमा पारिजात १० खेलाडीमा सीमित भयो । अमृत कुँवरले दोहोरो पहेँलो कार्ड खाँदै मैदान छाडे । सिद्दार्थका सुमन प्रजा म्यान अफ दि म्याच भए ।
यो जितपछि पारिजात दुई खेलमा तीन अंक बटुल्दै समूह बी मा तालिकाको तेस्रो स्थान उक्लिएको छ । लगातर दुई खेलमा पराजित सिद्धार्थ अंकबिहिन हुँदै पुछारमा छ ।

यस्तै पटिहानीमा भएको समूह सी को खेलमा विश्वप्रकाश मावि विजयी भएको छ । उसले जनप्रिय ईंग्लिस बोर्डिङ स्कुलविरुद्ध रोमान्चक जित हात पार्‍यो । प्रतिस्पर्धात्मक खेलमा विश्वप्रकाश ३-२ ले विजयी भयो । उसको जितमा रियान परियारले दुई तथा लक्की गायकले एक गोल गरे । जनप्रियका एन्जिल तामाङ र पुस्कल कुँवरले गोल गरे । खेलको २६ औं मिनेटमा रियानको गोलमा विश्वप्रकाशले अग्रता लियो । पहिलो हाफको अतिरिक्त समयमा रियालले व्यक्तिगत दोस्रो गोल गर्दै विश्वप्रकाशलाई २-० ले अग्रता दिलाए ।

दोस्रो हाफको दोस्रो मिनेटमा एन्जिलले जनप्रियका लागि गोल गरे । लगत्तै आठौं मिनेटमा लक्कीले गोल गर्दै विश्वप्रकाशलाई ३-१ को अग्रता दिलाए । खेलको अतिरिक्त समयमा पुस्कलले गोल गरे पनि जनप्रियको हार टार्न सकेनन् । दुई गोल गरेका विश्वप्रकाशका रियान म्यान अफ दि म्याच भए ।
यो जितपछि विश्वप्रकाश समूह सी मा दुई खेलमा शतप्रतिशत जितसहित शिर्ष स्थानमा यथावत छ । उसको दुई खेलबाट ६ अंक छ । समान खेल खेलेको जनप्रिय अंकबिहिन हुँदै तेस्रो स्थानमा छ ।  लिगमा शनिबार पनि तीन खेल हुनेछ । शारदानगरमा समूह डी का सनराईज ईंग्लिस बोर्डिङ र नारायणी नमूना मावि भिड्नेछन् । यस्तै कृष्णपुरमा समूह ई का वाल्मिकी शिक्षा बि सदन र अमर मावि तथा पटिहानीमा किरण अमरजंग मावि र ग्रामोदय   ईंग्लिस बोर्डिङबीच प्रतिस्पर्धा हुनेछ ।
 

शुक्रबार, जेठ ०४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • २.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ३.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ४.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ५.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ६.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ७.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ८.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.