• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

पहिराले विद्यालय भवन बगायो

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय समाचार

  • १. मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा चम्किँदै सम्पदा अम्गाईं

  • २. मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

  • ३. छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • ४. अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार बिक्री

  • ५. सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

  • ६. पारस–दिव्याको केमेस्ट्रीसहित ‘बेहुली’को ‘दिलमा ठाउँ छ’ सार्वजनिक

  • ७. सरकारसँगको वार्तापछि सोनम वाङ्चुकले अन्त्य गरे आमरण अनसन

  • ८. चितवनमा ग्यास सिलिन्डर पड्किँदा एक जनाको मृत्यु, एकको अवस्था गम्भीर

  • ९. शिक्षामन्त्रीको राजीनामा पछि सीजेपीको आन्दोलन फिर्ता

  • १०. वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

रम्यताको टिममाथि यतिखेर सबैको नजर, रम्यता भन्छिन्- ‘किम्फलाई नयाँ मोडमा लैजाउनुपर्नेछ’

  •   शनिबार, जेठ ०५, २०८१ मा प्रकाशित

काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) सँधै पुसको जाडो(डिसेम्बर ११)मा आयोजना हुने गर्थ्यो । २१ औं संस्करणदेखि भने किम्फले गर्मीयाम रोजेको छ। जाडोमा छोटो दिन, चिसो उस्तै । विहे, ब्रतबन्धदेखि अन्य पर्वले पुस व्यस्त महिना ! किम्फ फाउन्डेसनले रोजेको जेठ महिना; पर्यटक आउने महिना, पर्वतारोहण गर्ने समय पनि ! दिन पनि लामो, फिल्म पनि अबेरसम्म देखाउन पाइने ।

यही कारणहरुले जेठमा किम्फ आयोजना गर्ने निर्णयमा पुगेकी महोत्सव निर्देशक रम्यता लिम्बू नयाँ परिवर्तनबारे भन्छिन्,’अब के हुन्छ ? देखा जाएगा !

किम्फको २० औं संस्करण सन् २०२२ मा भयो । त्यसयता आयोजक संस्थामा केही फेरबदल भए । गैरसरकारी संस्थाबाट सुरु भएको महोत्सवलाई निजी कम्पनितर्फ दर्ता गर्नै १ वर्ष लाग्यो, त्यसैले पनि २०२३ मा किम्फ भएन । हिमाल एशोसियनबाट आयोजना हुँदै आएको किम्फ यही वर्षबाट फाउन्डेशनमा दर्ता भएको हो ।

हिमाल एशोसियसनको कार्यकारी निर्देशकको भूमिकाबाट बिदाई लिँदै बसन्त थापाले युवा पुस्तालाई आफ्नो जिम्मेवारी हस्तान्तरण गरेसँगै नयाँ फाउन्डेशसनको अध्यक्ष बनिन्, रम्यता ।

नयाँ पुस्ताले किम्फमा कस्ता परिवर्तन ल्याउलान् ? यसपालिको किम्फको विशेषता के हुन् ? महोत्सव निर्देशक एवं फाउन्डेसनकी अध्यक्ष रम्यताको टिममाथि यतिखेर सबैको नजर छ । उनी आफैँ भने किम्फलाई अगाडि बढाउने नयाँ नेतृत्त्व हुर्काउने योजनासहित काम गरिरहेकी छन् ।

‘पूरानो टिम सँधै रहन सक्दैन । किम्फलाई एउटा स्थानमा पुर्‍याएर, किम्फको नेतृत्त्वलाई युवा पुस्ताले अगाडि लैजाओस् भन्ने हाम्रो योजना हो । त्यही हिसाबले तयारी, रणनीति गरेर काम गर्दैछौं,’ रम्यता सुनाउँछिन् ।

किम्फको भविष्य र स्थिरताकै लागि यो पटकदेखि थुप्रै संस्थासँग सहकार्य अघि बढाइएको रम्यताको भनाइ छ । उनले भने झैं किम्फले यो पटक थुप्रै संस्थासँग सहकार्य गर्नुको एउटै उदेश्य छ- किम्फप्रति यी संस्थाहरुको अपनत्त्व रहोस् । काठमाडौं महानगरपालिकाको सह-आयोजनामा सुरु हुने महोत्सवमा काठमाडौं मात्रै होइन, कलासँग सम्बन्धित सबै संस्थाहरुले आफ्नो स्वामित्त्व अनुभव गरुन् ।

त्यसै अनुरुप ‘कट कथा’ले यो पटक कथा पिचिङको कार्यक्रम गर्दैछ । स्टोरी टेलर्ससँगको सहकार्यमा निर्देशक मीन भाम, वातावरण अभियान्ता शिलशिला आचार्य र ‘गाइड’ दावा याङ्जुङले आफ्नो कथा सुनाउनेछन् । युवा लक्षित गरेर ब्रिटिश काउन्सिलसँग मिलेर ‘च्याम्पिनिङ योङ फिल्ममेकर्स’ भन्ने कार्यक्रम हुँदैछ ।

‘फिल्म भनेको के हो ? फिल्म कसरी बनाउने भनेर सरल शैलीमा सिकाउने, खिच्न लगाउने अनि सम्पादनसम्म कसरी गर्ने भन्ने यो उहाँहरुले सिक्नुहुनेछ । शिक्षाका लागि पनि फिल्म किन महत्त्वपुर्ण छ भन्ने बुझाउन यो कार्यक्रम हुँदैछ,’रम्यताले भनिन् । बेलायतीहरुले सगरमाथा चढ्न थालेको सय वर्ष पुगेको अवसरमा तस्वीर र त्यससम्बन्धि फिल्म देखाइने कार्यक्रम पनि किम्फभित्र अटाइएका छन् ।

‘नेपाल प्यानारोमा’ अन्तर्गतका फिल्म र फिल्मकर्मीको सहभागिता किम्फको इतिहासमै यो पटक धेरै हो । यो विधामा यस पटक फिल्महरुको बाढी नै थियो ।

‘पहिला ४०/५० वटा फिल्म आउँथ्यो । यसपटक त १०० वटा जति आएको थियो । प्रविधिको पहुँचमा रहेका युवाहरु फिल्म बनाउन उत्सुक पनि देखिन्छन् । प्लेटफर्म पनि नेपालमा धेरै छैन, त्यसैले यो शीर्षकमा यस पटक धेरैको उपस्थिति देखिएको हो,’उनले भनिन् । यो विधातर्फ १३ वृत्तचित्र, १६ आख्यान फिल्म छानिएका छन् ।

त्यसममा पनि महिला फिल्मकर्मीको उपस्थिति बढ्दो छ । महिला लक्षित गरेरै पर्दा पछाडिका महिला शीर्षकमा पनि अन्तरक्रियात्मक कार्यक्रम राखिएको छ ।

समकालीन नेपाली समाज देखाउने विषय, मुद्दाका फिल्म नेपाल प्यानारोमामा छानिएको छ । ‘सय फिल्म आएको छ भने त्यसमा कुन-कुन रोज्ने भन्ने हुन्छ । समावेशिताकै हिसाबले पनि महिला, यौनिक तथा अल्पसैंख्यकका फिल्म मात्रै होइन फरक मुद्दा विषयका फिल्म समेट्न खोजिरहेका छौं । नेपाली समाज कहाँ छ, कस्ता मुद्दाहरु छन् भन्ने हेर्दै हामी नेपाल प्यानारोमामा फिल्महरु छान्छौं,’ उनले भनिन् ।

सन् २००७ बाट नेपाली युवा प्रतिभालाई प्लेटफर्म दिने उदेश्यसहित किम्फमा ‘नेपाल प्यानारोमा’ सुरु भएको हो । नेपाली युवालाई फिल्म देखाउने प्लेटफर्म बनाइरहँदा किम्फ ती फिल्मकर्मीको फिल्मलाई बजारसँग जोडिदिन बजार निर्माणमा चुक्यो भन्ने प्रतिक्रिया बेलाबखत सुनिन्छ ।

अन्तर्राष्ट्रिय महोत्सवमा प्रदर्शनसँगै फिल्मको किनबेचका लागि बजार सम्बन्धि छुटै कार्यक्रम समेटिएका हुन्छन् । किम्फ त्यस किसिमको बजार निर्माणमा चुकेको हो ? यस किसिमको बजारका लागि गुणस्तरिय उत्पादन हुनुपर्ने रम्यताको तर्क छ । उनी भन्छिन्, ‘हो, बजार भन्छन्, वितरणका कुरा निकाल्छन् । तर, बजार निर्माण भयो भने त्यहाँ तपाईं के बेच्नुहुन्छ ।’

बजारको पक्षमा भन्दा पनि फिल्मकर्मी जन्माउन किम्फले महत्त्वपुर्ण भूमिका खेलेको रम्यता बताउँछिन् । मीन भाम, दीपक रौनियारलगायतका फिल्मकर्मीले किम्फकै प्लेटफर्महुँदै विश्व बजारको यात्रा सुर गरेको हो ।

त्यसअर्थमा किम्फले नयाँ प्रतिभालाई हुर्काउन दिइरहेको प्लेटफर्मको महत्त्व बुझाउँदै रम्यता थप्छिन्, ‘त्यसैले यस किसिमको जनशक्ति निर्माण गर्न किम्फ जरुरत छ । साथै, हाम्रा नेपाली फिल्मकर्मीले बनाएको फिल्म कहाँ देखाउने त ? उनीहरुका लागि प्लेटफर्म दिन, ती जनशक्तिलाई उत्साह दिन पनि किम्फले उनीहरुलाई स्थान दिँदै आइरहेको हो ।’

यो वर्षबाट किम्फमा नयाँ पुरस्कार थपिएको छ । ‘इकोज अफ चेन्ज (परिवर्तनको प्रतिध्वनी) नारा लिएको यो फेस्टिभल कन्टेन्टकै हिसाबले पनि परिवर्तन हुँदै आएको छ । हिजो, पर्वतारोहण, हिमाल र पर्वतारोहीको वरपरको विषयका फिल्म देखाउने फेस्टिभलले त्यसबाहेकका मुद्दालाई पनि समेट्ने प्रयास गरेको छ ।

त्यसैले अन्तर्राष्ट्रियतर्फ यो वर्षमा उत्कृष्ट फिचर फिल्म, उत्कृष्ट लघु फिचर फिल्म, उत्कृष्ट फिचर डकुमेन्ट्री र उत्कृष्ट लघु डकुमेन्ट्री शीर्षकमा पनि थप अवार्ड घोषणा गरिएको छ ।

‘घरमै बसेर फिल्म हेरिरहेका दर्शकलाई यस्तो किसिमको फेस्टिभलमा कसरी तान्ने ? युवा दर्शकको चासो, उनीहरुलाई कस्तो फिल्म हेर्न मनपर्छ त ? त्यसैले समय अनुसार चल्दै जान हामीले हिमाल, पर्वतारोहणबाहेकका सामाजिक, राजनैतिक मुद्दाका फिल्मलाई देखाउने निर्णयमा पुगेका हौं,’उनी भन्छिन् ।

यो वर्ष अन्तर्राष्ट्रियतर्फको फिल्म ‘द टाइगर नेस्ट’, आकर्षणको केन्द्रमा छ । इटालियन निर्देशक ब्रान्डो क्विलिचीको निर्देशनमा तयार भएको यो फिल्म नेपालमै खिच्नुका साथै, नेपाली कलाकारको अभिनयमा तयार भएको फिल्म हो । ‍एसिया प्रिमियरका लागि निर्देशक ब्रान्डो नेपाल आउँदैछन् । त्यस्तै, ट्युनिजियाको ‘टेक माइ ब्रेथ’ इरानको ‘अ चाइल्डलेस भिलेज’ पनि अन्तर्राष्ट्रिय प्रतिस्पर्धातर्फ छ । यी तीन फिल्मको विशेषता नै, फिल्मले उठाएको विषयवस्तुमा नेपाली दर्शकले पनि आफूलाई अन्तसम्बन्धित पाउँनेछन् ।

‘इरानको एउटा यस्तै पहाडी ठाउँको कथा टेक माइ ब्रेथमा छ । त्यो ठाउँमा महिलाहरु निसन्तान हुन्छन् । उनीहरुको सन्तान किन भइरहेको छैन त? परिवारले सुरुमा महिलाले नै दोषी देखाउने हो । तर, यो फिल्ममा समस्या महिलामा भन्दा पनि पुरुषमा रहेको विषय देखाउँछ,’रम्यताले भनिन् ।

नेपालमा अझै पनि फिल्म हेर्ने सँस्कृतिको विकास छैन । विशेष त युवा दर्शक नै नेपाली फिल्ममा चासो देखाउँदैनन् भन्ने चर्चा चल्ने गर्छ । आफूहरुले युवा दर्शक लक्षित गरेर नै यो पटक थुप्रो कार्यक्रम निर्माण गरिएको उनी बताउँछिन् । विद्यार्थीलाई फिल्म सम्बन्धि सिकाउन तयार पारिएको कार्यक्रमले उनीहरुमा फिल्म हेर्ने सँस्कृतिको विकास गरिदिनेमा पनि रम्यता आशावादी देखिन्छन् ।

स्थापनाको २ दशक पुग्दा पनि किम्फले हरेक वर्ष आर्थिक स्रोतकै लागि संघर्ष गर्नुपरिरहेको छ । राज्य, नीति निर्माणमा रहेकाहरुले कलालाई नबुझिदिँदा यति लामो समयदेखि टिकिरहेको ‘किम्फ’जस्तो फेस्टिभलले सँधै आर्थिक स्रोतकै लागि संघर्ष गर्नु परिरहेको रम्यता बताउँछिन् ।

‘अन्य फेस्टिभललाई त सरकारदेखि सम्बन्धित शहरले सहयोग गरिरहेको हुन्छ । तर, हामीकहाँ त्यस्तो अभ्यास छैन । हामीकहाँ त जनशक्तिकै अभाव छ । विदेशका फेस्टिभलमा काम गर्ने जनशक्तिहरुलाई पारिश्रमिक दिएरै राखेका हुन्छन् । किम्फमा त फूलटाइम स्टाफ एकजना मात्रै हुनुहुन्छ,’रम्यताले फेस्टिभल आयोजना गर्नेहरुको दु:ख सुनाइन्,’नेपाल सरकारले मठ, मन्दिरमा लगानी गर्छ । तर, फेस्टिभलमा गर्दैनन् । उनीहरुले एउटा फिल्मले मानिसमा ल्याउन सक्ने परिवर्तन, त्यसबाट पाउने शिक्षा र जानकारीको आकलन नै गरेका छैनन् ।

पत्रकारिताहुँदै किम्फमा स्थापनादेखि जोडिएकी रम्यतालाई आफ्नो नेतृत्त्वमा किम्फलाई नयाँ मोडमा लैजाउनुपर्ने चुनौती छ । यो चुनौतीलाई उनले अवसरका रुपमा लिएकी छिन् । ‘थुप्रै चुनौतीहरु छन्, निन्द्रा लाग्दैन । तर यो चुनौती किम्फलाई नयाँ भिजनसहित अगाडि बढाउने अवसर पनि हो,’रम्यताले भनिन्,’किम्फमा सबैलाई संलग्न गराउँदै त्यसमा उनीहरुले अपनत्त्व महसुस गरुन् भन्ने हाम्रो कोसिस हो ।’

साभार कान्तिपुर

शनिबार, जेठ ०५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुनसरी घटनाबारे प्रधानमन्त्रीद्वारा सुरक्षा निकायका प्रमुखसँग बिफ्रिङ
कर्णालीमा नवनियुक्त मुख्यमन्त्री शाहीको शपथ
मन्त्रीपरिषद् बैठकका पाँच निर्णय (सूचीसहित)
अस्ट्रेलियामा ‘मालती मंगले’को भव्य रेड कार्पेट प्रिमियर, सिड्नीमा हाउसफुलसँगै ओभरफ्लो दर्शक
‘बेहुली’को ‘दिलमा ठाउँ छ’ डिजिटलमा सुपरहिट, ४ दिनमै १३ लाख भ्युज
रहस्यमय थिम पोस्टरसहित ‘पञ्चमी’को घोषणा, निर्देशनमा सौगात बस्नेतको डेब्यु

Namaste Chitwan

लोकप्रिय

  • १.
    मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा

  • २.
    मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको

  • ३.
    छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • ४.
    अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार

  • ५.
    सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली

  • ६.
    पारस–दिव्याको केमेस्ट्रीसहित ‘बेहुली’को ‘दिलमा ठाउँ छ’ सार्वजनिक

भर्खरै

  • १.
    सुनसरी घटनाबारे प्रधानमन्त्रीद्वारा सुरक्षा निकायका प्रमुखसँग बिफ्रिङ

  • २.
    कर्णालीमा नवनियुक्त मुख्यमन्त्री शाहीको शपथ

  • ३.
    मन्त्रीपरिषद् बैठकका पाँच निर्णय (सूचीसहित)

  • ४.
    अस्ट्रेलियामा ‘मालती मंगले’को भव्य रेड कार्पेट प्रिमियर, सिड्नीमा हाउसफुलसँगै ओभरफ्लो दर्शक

  • ५.
    ‘बेहुली’को ‘दिलमा ठाउँ छ’ डिजिटलमा सुपरहिट, ४ दिनमै १३ लाख भ्युज

  • ६.
    रहस्यमय थिम पोस्टरसहित ‘पञ्चमी’को घोषणा, निर्देशनमा सौगात बस्नेतको डेब्यु

  • ७.
    ‘ककाकिकी’को थिम गीत सार्वजनिक, नयाँ कथाको झल्को

  • ८.
    ‘पार्वती’को टिजर सार्वजनिक, अटिजम भएकी दिदी र भाइको भावुक कथाले बढायो उत्सुकता

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.