चितवन
चितवनमा एन्फा क्याट ४ रेफ्री कोर्ष सुरु भएको छ । चितवन जिल्ला फुटबल संघको आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा सोमबारदेखि रेफ्री कोर्ष सुरु भएको छ ।
जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद् अधिकारी उद्घाटन गरेका रेफ्री कोर्ष जेठ १३ गतेसम्म चल्ने छ । कोर्षलाई सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङले प्रायोजन गरेको छ ।
रेफ्री कोर्षमा चितवन, धादिङ र धनगढीका महिला पुरुष गरी ३२ प्रशिक्षार्थी रेफ्रीहरु सहभागी छन् । उनीहरुलाई पूर्व फिफा रेफ्री विरेन्द्रबहादुर पाण्डे, कल्पना शर्मा, सचिन अमात्य र रोजेन श्रेष्ठले सैद्धान्तिक तथा प्रयोगात्मक प्रशिक्षण गराउनेछन् । कोर्षपछि उतिर्ण हुने रेफ्रीहरुलाई ब्याच प्रदान गरिनेछ ।
दक्ष रेफ्री उत्पादन गर्ने लक्ष्यसहित कोर्ष सुरु गरिएको चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्री कृष्ण कार्कीले बताएका छन् ।
अखिल नेपाल फुटबल संघका प्रमुख प्रशासक तथा हेड अफ रेफ्री डिपार्ट गोकुल थापाले प्रशिक्षणका दौरान नियम सिकेर व्यवहारमा उतार्न सुझाव दिएका छन् ।


