• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • २. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ६. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ७. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ८. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • ९. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

  • १०. आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै

नेपाल फेसन फेस्टिभलः प्रशान्त ताम्राकारको नेतृत्वमा रनवे फेसनदेखि फोटोटकसम्म

  •   आइतबार, जेठ १३, २०८१ मा प्रकाशित
काठमाडौं
फेसन नेटवर्क नेपालले शुक्रवारदेखि आयोजना गरेको नेपाल फेसन फेस्टिभल आज आइतवार साँझ समापन हुँदैछ । यो फेस्टिभलको दोस्रो दिन शनिवार झण्डै दुई हजार भन्दा बढी व्यक्तिहरुले अवलोकन गर्नुका साथै विभिन्न गतिविधिहरुमा सहभागिता जनाएको आयोजक संस्थाले जनाएको छ ।

फेसन नेटवर्क नेपालले ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा आयोजना गरिरहेको नेपाल फेसन फेस्टिभलको दोस्रो दिन शनिवार डिजाइनर रनवेदेखि फोटो टकसम्मका कार्यक्रम आयोजना गरियो ।

फेसन नेटवर्क नेपालका संस्थापक निर्देशक प्रशान्त ताम्राकारको सुपरिवेक्षण तथा नेतृत्वमा फेस्टिभलको दोस्रो दिन शनिवार साँझ आयोजित डिजाइनर रनवेमा मोडलहरुले विभिन्न आधा दर्जन डिजाइन, बुटिक तथा फेसन कलेजका डिजाइनरहरुले तयार पारेका अत्याधुनिकदेखि परम्परागत तथा कलात्मक पहिरनहरु प्रदर्शन गरेर उपस्थित सयौं दर्शकलाई मोडल तथा डिजाइनरहरुले प्रभावित बनाए ।

फेसन शोको पहिलो सिक्वेन्समा रेजभोल कस्टेटिक्सको प्रस्तुति रह्यो । यो सिक्वेन्समा आकर्षक पहिरनमा सजिएका मोडलहरुले प्रारम्भ र्याम्पको मध्य भाग राखिएको कुर्सीमा बसेर रेजभोलका कस्मेटिक्सद्वारा मेकअपलाई टचअप गर्दै क्याटवाक गर्न थालेका थिए । फेसन शोको दोस्रो सिक्वेन्समा जेबिजी बीस्पोकका डिजाइनरहरु प्रस्तुत गरियो । यो सिक्वेन्समा मोडलहरु दुलहीले लगाउने परम्परागत पहिरनदेखि गरगहनाहरुसमेत प्रदर्शन गरेका थिए ।

तेस्रो सिक्वेन्समा डिजाइनर हेमा श्रेष्ठको हेमाज बुटिकले तयार पारेका पहिरनहरु प्रदर्शन गरियो । यो सिक्वेन्समा डिजाइनर श्रेष्ठले तयार पारेका आकर्षक पहिरनलाई दर्शकले मन पराएको पाइयो ।

चौथो सिक्वेन्समा इन्ता अटाएरका पहिरनहरु प्रदर्शन गरियो । यो सिक्वेन्सका लागि डिजाइनर इन्ता श्रेष्ठले निकै मेहनत गरेर तयार पारेका विभिन्न शैलीका पहिरनहरु प्रदर्शन गरिएको थियो ।
त्यसपछिको सिक्वेन्समा लोगो फेसनका पहिरनहरु प्रदर्शन गरिएको थियो ।

फेसन शोको अन्तिम सिक्वेन्समा नमूना कलेज अफ फेसन टेक्नोलोजीका विद्याथीहरुले तयार पारेका आकर्षक पहिरनहरु प्रदर्शन गरियो । यो सिक्वेन्समा डिजाइनरहरुको कल्पनाशीलता स्पष्ट रुपमा पहिरनमा झल्किएको थियो । फेसन शोको अन्तिम सिक्वेन्स भए पनि दर्शकहरुले नमूनाका पहिरनलाई विशेष रुचाएको पाइयो ।

नेपाल फेसन फेस्टिभलको आज आइतवार अन्तिम दिन पनि अहिले साझ ६ बजेदेखि डिजाइनर रनवे आयोजना हुँदैछ ।
आजको फेसन शोमा मेकअप दरबार, राष्ट्रिय पोशाक घर, सबाह नेपाल, पञ्चमणि ज्वेलर्स ९मेहाका पहिरन०, जुजु÷करुणाका पहिरनहरु प्रदर्शन गरिने रनवे फेसनका निर्देशक तथा संयोजक प्रशान्त ताम्राकारले जानकारी गराएका छन् ।

फोटो टकमा राजभाई सुवाल र राजु भण्डारीका अनुभव

नेपाल फेसन फेस्टिभल अन्तर्गत शनिवार दोस्रो दिन विभिन्न गतिविधिहरु सञ्चालन भएका छन् । शनिवार दिउँसो १ बजेदेखि एएलसीले पर्सनालिटी ट्रेनिङ सञ्चालन गरेको थियो । उरुषा जोशीले यो प्रशिक्षण कार्यक्रममा उद्घोषण गरेकी थिइन् ।

फोटो टक सेसनमा भने वरिष्ट फोटोग्राफरहरु राजभाइ सुवाल तथा राजु भण्डारीले फोटोग्राफी सम्बन्धि अनुभवहरु साटासाट गरे । पहिलो सेसनमा राजु भण्डारीले सहभागिहरुमाझ फोटोग्राफीको आफ्नो अनुभव, फोटोग्राफीका चुनौतीदेखि भविष्यसम्मका विषयमा चर्चा गरे । उद्घोषिका उरुषा जोशी यो सेसनमा मोडेरेटरको रुपमा सहभागि भइन् ।

फोटो टकको दोस्रो सेसनमा वरिष्ठ फोटोग्राफर राजभाइ सुवालले ग्ल्यामर फोटोग्राफीका बारेमा आफ्ना अनुभवहरु शेयर गरे । त्यसक्रममा उनले विगतको फोटोग्राफीदेखि अहिले डिजिटल यूगको फोटोग्राफीसम्मका अनुभवहरु शेयर गरे । उरुषाले नै सञ्चालन गरेको यो सेसनमा विवेकले मोडेरेटरको भूमिका निर्वाह गरेका थिए ।

शनिवारको प्यानल डिस्कन पनि निकै रोचक रह्यो । ‘डाइभर्सिटी एण्ड इन्क्लुजन इन द फेसन इन्ड्रष्ट्रिजः रिप्रजेन्टेशन म्याटर्स’ शीर्षकको यो प्यानल डिस्कनमा मोडल निलम पौडेल, फेसन डिजाइनर उत्कृष्ट खड्का तथा मोडल सरोजी न्यौपाने वक्ताको रुपमा सहभागि भए भने सविन बस्नेत मोडेरेटरको रुपमा रहेका थिए ।

यसका साथै प्रजेन्टेशन अन स्टेज अन्तर्गत एलआईएम कलेजले आफ्नो प्रस्तुत दिएको थियो भने गेहेन्द्र धिमाल फाउण्डेसन विद एलिजले क्वियर कर्टर आयोजना गरेको थियो । त्यस्तै हुबाले ब्राण्ड प्रजेन्टेशन गरेको थियो डा।सुजिता हिराचनले स्तन क्यान्सरका बारेमा जनचेतनामूलक प्रस्तुति दिएकी थिइन् ।

आइतबार, जेठ १३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम
चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते
जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार
‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल
बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन
साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • २.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

  • ६.
    शक्तिपीठमा भक्तजनको घुइँचो

भर्खरै

  • १.
    रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम

  • २.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ३.
    जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार

  • ४.
    ‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल

  • ५.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ६.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ७.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ८.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.