• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

पहिराले विद्यालय भवन बगायो

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय समाचार

  • १. मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा चम्किँदै सम्पदा अम्गाईं

  • २. मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

  • ३. छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • ४. अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार बिक्री

  • ५. सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

  • ६. पारस–दिव्याको केमेस्ट्रीसहित ‘बेहुली’को ‘दिलमा ठाउँ छ’ सार्वजनिक

  • ७. सरकारसँगको वार्तापछि सोनम वाङ्चुकले अन्त्य गरे आमरण अनसन

  • ८. चितवनमा ग्यास सिलिन्डर पड्किँदा एक जनाको मृत्यु, एकको अवस्था गम्भीर

  • ९. शिक्षामन्त्रीको राजीनामा पछि सीजेपीको आन्दोलन फिर्ता

  • १०. वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

नेपाल फेसन फेस्टिभलः प्रशान्त ताम्राकारको नेतृत्वमा रनवे फेसनदेखि फोटोटकसम्म

  •   आइतबार, जेठ १३, २०८१ मा प्रकाशित
काठमाडौं
फेसन नेटवर्क नेपालले शुक्रवारदेखि आयोजना गरेको नेपाल फेसन फेस्टिभल आज आइतवार साँझ समापन हुँदैछ । यो फेस्टिभलको दोस्रो दिन शनिवार झण्डै दुई हजार भन्दा बढी व्यक्तिहरुले अवलोकन गर्नुका साथै विभिन्न गतिविधिहरुमा सहभागिता जनाएको आयोजक संस्थाले जनाएको छ ।

फेसन नेटवर्क नेपालले ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा आयोजना गरिरहेको नेपाल फेसन फेस्टिभलको दोस्रो दिन शनिवार डिजाइनर रनवेदेखि फोटो टकसम्मका कार्यक्रम आयोजना गरियो ।

फेसन नेटवर्क नेपालका संस्थापक निर्देशक प्रशान्त ताम्राकारको सुपरिवेक्षण तथा नेतृत्वमा फेस्टिभलको दोस्रो दिन शनिवार साँझ आयोजित डिजाइनर रनवेमा मोडलहरुले विभिन्न आधा दर्जन डिजाइन, बुटिक तथा फेसन कलेजका डिजाइनरहरुले तयार पारेका अत्याधुनिकदेखि परम्परागत तथा कलात्मक पहिरनहरु प्रदर्शन गरेर उपस्थित सयौं दर्शकलाई मोडल तथा डिजाइनरहरुले प्रभावित बनाए ।

फेसन शोको पहिलो सिक्वेन्समा रेजभोल कस्टेटिक्सको प्रस्तुति रह्यो । यो सिक्वेन्समा आकर्षक पहिरनमा सजिएका मोडलहरुले प्रारम्भ र्याम्पको मध्य भाग राखिएको कुर्सीमा बसेर रेजभोलका कस्मेटिक्सद्वारा मेकअपलाई टचअप गर्दै क्याटवाक गर्न थालेका थिए । फेसन शोको दोस्रो सिक्वेन्समा जेबिजी बीस्पोकका डिजाइनरहरु प्रस्तुत गरियो । यो सिक्वेन्समा मोडलहरु दुलहीले लगाउने परम्परागत पहिरनदेखि गरगहनाहरुसमेत प्रदर्शन गरेका थिए ।

तेस्रो सिक्वेन्समा डिजाइनर हेमा श्रेष्ठको हेमाज बुटिकले तयार पारेका पहिरनहरु प्रदर्शन गरियो । यो सिक्वेन्समा डिजाइनर श्रेष्ठले तयार पारेका आकर्षक पहिरनलाई दर्शकले मन पराएको पाइयो ।

चौथो सिक्वेन्समा इन्ता अटाएरका पहिरनहरु प्रदर्शन गरियो । यो सिक्वेन्सका लागि डिजाइनर इन्ता श्रेष्ठले निकै मेहनत गरेर तयार पारेका विभिन्न शैलीका पहिरनहरु प्रदर्शन गरिएको थियो ।
त्यसपछिको सिक्वेन्समा लोगो फेसनका पहिरनहरु प्रदर्शन गरिएको थियो ।

फेसन शोको अन्तिम सिक्वेन्समा नमूना कलेज अफ फेसन टेक्नोलोजीका विद्याथीहरुले तयार पारेका आकर्षक पहिरनहरु प्रदर्शन गरियो । यो सिक्वेन्समा डिजाइनरहरुको कल्पनाशीलता स्पष्ट रुपमा पहिरनमा झल्किएको थियो । फेसन शोको अन्तिम सिक्वेन्स भए पनि दर्शकहरुले नमूनाका पहिरनलाई विशेष रुचाएको पाइयो ।

नेपाल फेसन फेस्टिभलको आज आइतवार अन्तिम दिन पनि अहिले साझ ६ बजेदेखि डिजाइनर रनवे आयोजना हुँदैछ ।
आजको फेसन शोमा मेकअप दरबार, राष्ट्रिय पोशाक घर, सबाह नेपाल, पञ्चमणि ज्वेलर्स ९मेहाका पहिरन०, जुजु÷करुणाका पहिरनहरु प्रदर्शन गरिने रनवे फेसनका निर्देशक तथा संयोजक प्रशान्त ताम्राकारले जानकारी गराएका छन् ।

फोटो टकमा राजभाई सुवाल र राजु भण्डारीका अनुभव

नेपाल फेसन फेस्टिभल अन्तर्गत शनिवार दोस्रो दिन विभिन्न गतिविधिहरु सञ्चालन भएका छन् । शनिवार दिउँसो १ बजेदेखि एएलसीले पर्सनालिटी ट्रेनिङ सञ्चालन गरेको थियो । उरुषा जोशीले यो प्रशिक्षण कार्यक्रममा उद्घोषण गरेकी थिइन् ।

फोटो टक सेसनमा भने वरिष्ट फोटोग्राफरहरु राजभाइ सुवाल तथा राजु भण्डारीले फोटोग्राफी सम्बन्धि अनुभवहरु साटासाट गरे । पहिलो सेसनमा राजु भण्डारीले सहभागिहरुमाझ फोटोग्राफीको आफ्नो अनुभव, फोटोग्राफीका चुनौतीदेखि भविष्यसम्मका विषयमा चर्चा गरे । उद्घोषिका उरुषा जोशी यो सेसनमा मोडेरेटरको रुपमा सहभागि भइन् ।

फोटो टकको दोस्रो सेसनमा वरिष्ठ फोटोग्राफर राजभाइ सुवालले ग्ल्यामर फोटोग्राफीका बारेमा आफ्ना अनुभवहरु शेयर गरे । त्यसक्रममा उनले विगतको फोटोग्राफीदेखि अहिले डिजिटल यूगको फोटोग्राफीसम्मका अनुभवहरु शेयर गरे । उरुषाले नै सञ्चालन गरेको यो सेसनमा विवेकले मोडेरेटरको भूमिका निर्वाह गरेका थिए ।

शनिवारको प्यानल डिस्कन पनि निकै रोचक रह्यो । ‘डाइभर्सिटी एण्ड इन्क्लुजन इन द फेसन इन्ड्रष्ट्रिजः रिप्रजेन्टेशन म्याटर्स’ शीर्षकको यो प्यानल डिस्कनमा मोडल निलम पौडेल, फेसन डिजाइनर उत्कृष्ट खड्का तथा मोडल सरोजी न्यौपाने वक्ताको रुपमा सहभागि भए भने सविन बस्नेत मोडेरेटरको रुपमा रहेका थिए ।

यसका साथै प्रजेन्टेशन अन स्टेज अन्तर्गत एलआईएम कलेजले आफ्नो प्रस्तुत दिएको थियो भने गेहेन्द्र धिमाल फाउण्डेसन विद एलिजले क्वियर कर्टर आयोजना गरेको थियो । त्यस्तै हुबाले ब्राण्ड प्रजेन्टेशन गरेको थियो डा।सुजिता हिराचनले स्तन क्यान्सरका बारेमा जनचेतनामूलक प्रस्तुति दिएकी थिइन् ।

आइतबार, जेठ १३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुनसरी घटनाबारे प्रधानमन्त्रीद्वारा सुरक्षा निकायका प्रमुखसँग बिफ्रिङ
कर्णालीमा नवनियुक्त मुख्यमन्त्री शाहीको शपथ
मन्त्रीपरिषद् बैठकका पाँच निर्णय (सूचीसहित)
अस्ट्रेलियामा ‘मालती मंगले’को भव्य रेड कार्पेट प्रिमियर, सिड्नीमा हाउसफुलसँगै ओभरफ्लो दर्शक
‘बेहुली’को ‘दिलमा ठाउँ छ’ डिजिटलमा सुपरहिट, ४ दिनमै १३ लाख भ्युज
रहस्यमय थिम पोस्टरसहित ‘पञ्चमी’को घोषणा, निर्देशनमा सौगात बस्नेतको डेब्यु

Namaste Chitwan

लोकप्रिय

  • १.
    मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा

  • २.
    मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको

  • ३.
    छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • ४.
    अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार

  • ५.
    सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली

  • ६.
    पारस–दिव्याको केमेस्ट्रीसहित ‘बेहुली’को ‘दिलमा ठाउँ छ’ सार्वजनिक

भर्खरै

  • १.
    सुनसरी घटनाबारे प्रधानमन्त्रीद्वारा सुरक्षा निकायका प्रमुखसँग बिफ्रिङ

  • २.
    कर्णालीमा नवनियुक्त मुख्यमन्त्री शाहीको शपथ

  • ३.
    मन्त्रीपरिषद् बैठकका पाँच निर्णय (सूचीसहित)

  • ४.
    अस्ट्रेलियामा ‘मालती मंगले’को भव्य रेड कार्पेट प्रिमियर, सिड्नीमा हाउसफुलसँगै ओभरफ्लो दर्शक

  • ५.
    ‘बेहुली’को ‘दिलमा ठाउँ छ’ डिजिटलमा सुपरहिट, ४ दिनमै १३ लाख भ्युज

  • ६.
    रहस्यमय थिम पोस्टरसहित ‘पञ्चमी’को घोषणा, निर्देशनमा सौगात बस्नेतको डेब्यु

  • ७.
    ‘ककाकिकी’को थिम गीत सार्वजनिक, नयाँ कथाको झल्को

  • ८.
    ‘पार्वती’को टिजर सार्वजनिक, अटिजम भएकी दिदी र भाइको भावुक कथाले बढायो उत्सुकता

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.