• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • २. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ६. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ७. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ८. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • ९. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

  • १०. आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै

नेपालकै पहिलो ‘नेपाल फेसन फेस्टिभल’ भव्य

  •   सोमबार, जेठ १४, २०८१ मा प्रकाशित
तस्विरहरुः राज थापा
काठमाडौं– नेपालमै पहिलो पटक आयोजना गरिएको तीन दिने ‘नेपाल फेसन फेस्टिभल’ सफलतापूर्वक सम्पन्न भएको छ ।

‘दिगो फेसन, सौन्दर्य, जीवनशैली तथा कलाका लागि युवा र महिलाहरूलाई सशक्तिकरण गर्दै’ भन्ने नाराका साथ फेसन नेटवर्क नेपालले गत जेठ ११ गतेदेखि १३ गतेसम्म अर्थात गत शुक्रवारदेखि हिजो आइतवारसम्म ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा यो भव्य फेसन फेस्टिभलको आयोजना गरेको हो ।

आयोजक संस्थाका संस्थापक निर्देशक प्रशान्त ताम्राकारका अनुसार नेपाल फेसन फेस्टिभलमा अपेक्षा गरिएको भन्दा बढी सहभागिता भएको छ । ‘तीन दिनको अवधिमा हाम्रो फेस्टिभलमा करिव सात हजार  बढीले अवलोकन गर्नु भएको तथ्यांक छ, निर्देशक ताम्राकार भन्छन्– ‘लामो गृहकार्यपछि हामीले जुन उद्देश्यले यो फेस्टिभल आयोजना गरेका थियौं, त्यसमा धेरै हदसम्म सफल पनि भयौं ।’

आयोजक संस्थाका अर्का संस्थापक शेखर राज कसजुका अनुसार फेस्टिभलमा युवा पुस्तासहित हरेक उमेर समुहका व्यक्तिहरुले अवलोकन गरेको, स्टलहरुमा फेसनदेखि जीवन शैली र स्वास्थ्य सेवाहरु लिएको तथा प्यानल डिस्कनदेखि रनवे फेसनबाट मनोरञ्जन लिएका थिए ।

नेपालको फेसन उद्योग तथा यो क्षेत्रमा कार्यरत तथा रुचि राख्ने हजारौं व्यक्तिहरुका लागि फेशन, लक्जरी तथा ब्यूटी सेग्मेन्टहरुका बारेमा ज्ञान बाँड्न, सिक्न तथा अगाडि बढाउने उदेश्यले फेसन नेटवर्क नेपालले नेपालमै पहिलो पटक यो फेस्टिभल आयोजना गर्न गरेको हो ।

फेस्टिभलमा करिव ८० वटा स्टलहरुमार्फत पहिरनदेखि गरगहना, मेकअपदेखि स्वास्थ्य सेवा, शिक्षादेखि खानाका परिकारसम्म सजिएका थिए ।

शुक्रवारदेखि आइतवारसम्म बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म फेस्टिभलस्टलमा अवलोकन गर्नेहरुको घुईँचो देखिन्थ्यो । पहिलो दिन शुक्रवार करिव दुई हजार जनाले अवलोकन गरेको फेस्टिभलमा शनिवार तथा आइतवार भने करिव तीन–तीन हजारको संख्या अवलोनकर्ताहरु फेस्टिभलस्थलमा पुगेका थिए ।

फेस्टिभलमा स्टलहरुमार्फत विभिन्न सामग्री विक्रीका लागि मात्र राखिएका थिएनन्, फेसन, सौन्दर्य, जीवनशैली, फोटोग्रँफी आदि विषयमा गरिएको प्लानस डिसकसन, छलफल, अन्तरक्रिया तथा कार्यशालामा पनि उल्लेख्य सहभागिता रहेको थियो ।

फेस्टिभलको पहिलो दिन ‘द आर्ट अफ इन्फ्ल्यूएन्सः हाउ मेकअप ट्रान्सफर्म योर सोसल मेडिया गेम’ (दिव्या वैद्य), दोस्रो दिन ‘फेसन बिजनेस एसेन्सियल्सः मार्केटिङ, ब्राण्डिङ एण्ड रिटेल स्ट्राटेजिज’ (राइषा श्रेष्ठ), फेसन स्टाइलिङः क्राफ्टिङ यूनिक लूक्स फर एडिटोरियल, रनवे एण्ड एभ्रीडे वेयर’ (पुरन जोशी) तथा तेस्रो दिन फेसन राइटिङ एण्ड क्रिटिसिज्मः क्राप्टिङ, कम्पेलिङ फेसन न्यारेटिभ्स’ (चारु चड्ढा) विषयमा मास्टर क्लास तथा वर्कशप सञ्चालन गरिएको थियो ।

त्यस्तै फोटो टक सेसनमा गौतम धिमाल, राजभाइ सुवाल, राजु भण्डारी, सुसन श्रेष्ठ तथा प्रवण जोशी सहभागि भए ।

प्यानल डिस्कसन सेसनमा भने पहिलो दिन ‘सस्टेनेवल फेसनः प्रोमोटिङ सस्टेनेबल बिजनेस प्राक्टिस’ विषयमा छलफल चलाइयो । यो सेसनमा हौसला थापा, प्रज्ञान चित्रकार तथा प्रिया सिग्देलले वक्ताको रुपमा आफ्ना धारणा राखे । पहिल दिन नै ‘द आर्ट एण्ड साइन्स अफ मेकअप’: एक्सप्लोरिङ क्रिएटिभिटी एण्ड इनोभेसन इन कस्मेटिक्स’ विषयमा छलफल गरियो, जसमा रुष्का श्रेष्ठ तथा सुकान्ता सरकार वक्ताको रुपमा सहभागि भए ।

दोस्रो दिन ‘डाइभर्सिटी एण्ड इन्क्लूजन इन द फेसन इन्ड्रष्ट्रिजः रिप्रजेन्टेशन म्याटर्स’ विषयमा छलफल चलाइयो भने तेस्रो दिन ब्रिजिङ द ग्याप बिटविन एकेडेमिक एण्ड इन्डष्ट्रिज डिमाण्डस’ विषयमा छलफल गरियो । यो सेसनमा शैलजा अधिकारी, शेखर राज कसजु तथा मुक्ता श्रेष्ठ सहभागि भए ।

प्रशान्त ताम्राकारको नेतृत्वमा तीन दिनसम्म हरेक साँझ आयोजित डिजाइनर रनवेमा दर्शकहरुको घुईँचो नै लागेको थियो । डिजाइनर रनेवेमा नमूना फेसन कलेज, आईआईएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियर डिजाइनदेखि इन्टा अटायर,  हेमास बुटिक, जूजू, रेजभोल कस्टेटिक्स, जेबिजी बीस्पोक,  हेमाज बुटिक, इन्ता अटाएर, लोगो फेसन, नमूना कलेज अफ फेसन टेक्नोलोजी, आईआईएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियर, मेकअप दरबार, राष्ट्रिय पोशाक घर, सबाह नेपाल, पञ्चमणि ज्वेलर्स (मेहाका पहिरन), जुजु÷करुणा आदि संस्थाले तयार पारेका पहिरनहरु विभिन्न मोडलहरुले प्रदर्शन गरेका थिए ।

फेस्टिभलको क्रममा धिमाल फाउण्डेसनले फोटो प्रदर्शनी, फोटो टक, क्वियेर इन फेसन जस्ता सेग्मेन्टहरु सञ्चालन गरेको थियो । फाउण्डेसनका संस्थापक गौतम धिमालका अनुसार फोटोटकमा उनी स्वयंले आफ्नो फोटोग्राफीका अनुभवहरु शेयर गरेका थिए भने वरिष्ठ फोटोग्राफरहरु राजभाइ सुवाल, राजु भण्डारीले समेत आफ्ना फोटोग्राफी अनुभवहरु साटासाट गरेका थिए । धिमाल फाउण्डेसनकै तर्फबाट आठ जना मोडलहरुले हरेक दिन करिव एक घण्टासम्म क्वियर इन फेसन सेग्मेन्ट अन्तर्गत विभिन्न प्रतिभाहरु प्रस्तुत गरेका थिए ।

धिमाल फाउण्डेनकै पहलमा ‘डाइभर्सिटी एण्ड इन्क्लुजन इन द फेसन इन्ड्रष्ट्रिजः रिप्रजेन्टेशन म्याटर्स’ सहित सस्टेनेवल फेसन आदि विषयमा प्यानल डिस्कसन कार्यक्रम आयोजना गरिएको थियो, जहाँ विभिन्न क्षेत्रका विशेक्षज्ञहरुले यी विषयमा छलफल गरेका थिए ।

फेस्टिभलमा पञ्च एण्ड सन्स ज्वेलरी, परि कस्मेटिक्स, रिजभल कस्मेटिक्स, नमूना कलेज अफ फेसन टेक्नोलोजी , आईआईएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियर डिजाइन, पिके मार्केटिङ , इन्टा अटायर, आवरण स्किन क्लिनिक, बप्दावा द आर्ट अफ फेसन, टारी मटियाना, हेल्दी च्वाइस, प्रमानी फेसन हाउस, स्विफ्ट टेक्नोलोजीज, राष्ट्रिय पोशाक घर, श्रीकेश हेयर ओयल, एलआईएम कलेज एएलसीका स्टलहरु राखिएका छन् ।

त्यस्तै गुर्खा वाच, अमृता क्राफ्ट, ज्वाला राज डिजाइन, फ्लाबियाज भिजन, बहुबेटी फेब्रिक सेन्टर, लोगोज, जुजु, मेकअप दरबार, सुट स्टुडियो, लाली, पस्मिना नेपाल, लक्ष्मी उड क्राफ्ट, काया कलेक्सन, अर्को नेपाल, याभी, डिभाइन जेवेल्स, अरोमा एनपिए, अस्तित्व नेपाल, साबाह नेपाल, बिआइए फाउण्डेसनले पनि फेस्टिभलमा स्टल राखिएका थिए ।

महोत्सवमा ममिता मिराकल्स एण्ड माया इन द एयर, द जेमिनी इन्टरनेशनल, वोसा द क्लोदिङ स्टोर, चिनारी महिला साझेदारी अल्लो उद्योग समुह, काठमाडौं फेब्रिक्स, चियाङ माइ, अंकित फेब्रिक्स, जानिचि कस्मेटिक्स, शमा पस्मिना, न्यू मीउ, केश यूनिसेक्स सलून, डिन्सि कलेक्सन, आईटिसी स्कूल अफ ब्यूटिसियन, फेडेरेसन अफ ह्याण्डी क्राफ्ट एसोसिएसन्स अफ नेपाल (एफएचएएन), जेबिजी बेसपोक, काइशाज कलेक्सनले पनि स्टल सजाएका थिए ।

फेस्टिभलको फुड कोर्ट अन्तर्गत पनि विभिन्न स्टलहरु राखिएका थिए, जहाँ महोत्सव अवधिभर तीन दिनसम्म बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म विभिन्न खानेकुराहरु उपलब्ध गरियो । फेस्टिभलको फुड कोर्टमा बोता मोमो, क्रेजी यती र रुमाली घर, थान्कस नेचुरल आईसक्रिम, मीना मिसन खाद्य उद्योग, भिलेज क्याफे, इजी फ्रूट, होक्कादो, मेक्सिकन डिजाइट, हबिबी चाई, पानी पुरी, सम्झना प्रोडक्टले आफ्ना स्टलमार्फत स्वादिष्ट खाद्य परिकारहरु उपलब्ध गराएका थिए ।

उक्त फेसन शोमा क्याटवाक गर्दै नेपालका स्थापित डिजाइनरहरुले तयार पारेका पहिरनहरु प्रदर्शन गर्नका लागि झण्डै केही दर्जन नयाँ मोडलहरुलाई आयोजक संस्थाले पहिलो पटक र्याम्पमा प्रस्तुत गर्दैछ । उक्त फेसन शोमा सहभागिता जनाउनका लागि गत वैशाख १५ गते शनिवार गरिएको अडिसनबाट मोडलहरु छनौट भैसकेको छ ।

नेपालको फेसन उद्योगसंग सम्बन्धित बुटिक, डिजाइनर, फोटो स्टुडियो, इभेन्ट म्यानेजमेन्ट गर्ने संस्था, सौन्दर्य सामग्री उत्पादक कम्पनिसहित दर्जनौं प्रतिष्ठानहरुले सहभागिता जनाएको ‘फेसन फेस्टिभल नेपाल’ लाई ऐतिहासिक रुपमा सफल बनाउन सहयोग गर्ने सम्पूर्णमा आयोजक संस्था फेसन नेटवर्क नेपालले कृतज्ञता ज्ञापन गरेको छ ।

सोमबार, जेठ १४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम
चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते
जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार
‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल
बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन
साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • २.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

  • ६.
    शक्तिपीठमा भक्तजनको घुइँचो

भर्खरै

  • १.
    रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम

  • २.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ३.
    जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार

  • ४.
    ‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल

  • ५.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ६.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ७.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ८.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.