काठमाडौं ,जेठ १७
नेपाली चलचित्र क्षेत्रको सबै पनि सफल सिरिज चलचित्र छक्कापञ्जाको अर्को सिरिज ‘छक्कापञ्जा ५’ को छायांकन आजदेखि सुरु हुँदैछ ।आज चलचित्रका निर्माता तथा कलाकार दीपक राज गिरीले चलचित्रको पोस्टर सार्वजनिक गर्दै चलचित्रको प्रदर्शन मिति समेत घोषणा गरेका छन् ।
चलचित्र ‘छक्कापञ्जा ५’ दशैं अवसरमा असोज २४ गते फूलपातिको दिन रिलिज हुनेछ । चलचित्रमा दीपकराज गिरी र केदार घिमिरे माग्ने बुढा सगै अभिनेत्रीमा वर्षा सिवाकोटी मुख्य भूमिकामा देखिदै छिन्।
पोस्टर हेर्दा दीपक र वर्षालाई जोडीको रुपमा हेर्न सकिन्छ । राजा पात्रको भूमिकामा रहेका दीपकले वर्षालाई विहे गरेको देखिन्छ । माग्ने बुढा छेउमा उभिएका छन् ।
चलचित्रलाई दीपाश्री निरौलाले निर्देशन गर्दै छिन् ।अन्य कलाकारबारे खुलाइएको छैन। काभ्रेको पाँचखाल क्षेत्र, पनौति, पोखरा आसपासमा ४५ दिनसम्म चलचित्रको छायांकन हुनेछ । ‘छक्कापञ्जा ५’ दीपकको आमा सरस्वती मूभिज र आइएमईको प्रस्तुतिमा बन्न लागेको हो ।


