• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

पहिराले विद्यालय भवन बगायो

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय समाचार

  • १. ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार पुनरागमन

  • २. निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त सिवाकोटी स्वर

  • ३. निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत ‘तिमी मेरो संजीवनी’ सार्वजनिक

  • ४. ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका दर्शकले हेर्न मिल्ने

  • ५. मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा चम्किँदै सम्पदा अम्गाईं

  • ६. मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

  • ७. चितवनमा सवारी दुर्घटनामा आयाे कमी

  • ८. शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

  • ९. छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • १०. अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार बिक्री

मानसिक थकान मार्ने प्रतिक्षालय हो मुस्ताङ्ग

"बौद्ध धर्मालम्बीहरु जाने एकमात्र साझाँ थलो "
  •   शनिबार, जेठ १९, २०८१ मा प्रकाशित

बिष्णु गिरी ‘निश्चल‘

काठमाडौंको धुलो र धुवाको रापमा थिचिएर थङ्गथिलो भएको यात्रीले मुस्ताङ्गको प्राकृतिक सौन्दर्यको स्वपान गर्दाको आनन्द व्यक्त गर्न सक्ने कुरै थिएन । सामुन्द्रिक सतहको उचाईदेखी झण्डै ३८ सय मिटर उचाईमा रहेको मुस्ताङ्गको मुक्तिनाथ यात्रा केबल धार्मिकमात्र होईन त्यो एउटा सभ्यताको अध्ययन हो ,मुस्ताङ्ग मानसिक थकान मार्ने एउटा प्रतिक्षालय हो, धार्मिक आस्थाको एउटा आगँन हो जहाँ हिन्दु र बौद्ध धर्मालम्बीहरु जाने एकमात्र साझाँ थलो पनि हो ।

एउटै उदेश्य लक्ष्य र सपना बोकेका हामी चार युवाको अगुवाईमा खोलिएको ब्यबसायिक कम्पनीको योजनालाई सार्थकता दिन र साथीहरुबीच थप आत्मीयता बढाउने उदेश्यलाई केन्द्रबिन्दुमा राखेर मुस्ताङ्गको यात्रा गर्ने तय भयो तर एक साथीलाई मनाउन भने हामी तीनलाई निक्कै मेहनत गर्नु परयो तर मन नमिल्ने कुरै भएन मिति २०८० जेष्ठ ९ गते साझ ७ बजे हामी गन्तब्यको लागि काठमाडौबाट निस्कयौ । प्राईभेट बिद्युतिय गाडिमा पोखरा सम्मको यात्रा गर्ने त्यसपछि मुस्ताङ्ग यात्राको लागि अर्को गाडिको ब्यबस्था फोन मार्फत नै गरिएको थियो ।  यात्रा शुरु भयो तिता मिठा गफ गदै शुरु भएको यात्रा गाडीमा निदाउँदै मिठा गफ गदै गाडिको रफतारमा राती १२ बजेतिर साथीले चिनेको रेष्टुरेन्टमा खाना खायौ । पैसा तिरेर खाना खाएपनि हामीले राम्रो आतिथ्यता पायौ ।


रातीको ३ बेज पोखरा पुगियो पोखराको नाईट लाईफ नेहेरी निन्दै लागेन र लाउन्ज गईयो केही समय बिताएर होटल आएर सुतेको १ घण्टापछि नै मुस्ताङ्गको लागि हिडियो । पाको उमेरका अनुभबि सवारी चालक हरी ढकालको साथमा हामी बाग्लुङ बजार ठूलो रहेछ गाडीबाट नै घुमियो । बागलुङ भगवतीको दर्शनले मन आनन्दित बनायो । ठूलो आस्था रहेछ, त्यहाँकाा बासिन्दामा । मैले पहाडी क्षेत्रमा त्यत्रो व्यवस्थासहितको प्रबन्ध देखेको थिईन । भरपुर दर्शन गरियो । साथै गलेश्वर महादेवको दर्शन गदै बेनी नजिकै होटल कालीगण्डकी एण्ड थकाली भान्छा घरमा खाना खायौ । बेनीबाट मुक्तिनाथ जादाँ बाटोमा तातोपानी रहेछ । फर्किदा त्यहाँ बस्ने योजना साथ हामी अगाडि बढ्यौ । बाटोमा लोकल दही,लोकल केरा खादै हाम्रो यात्रा अगाडि बढ्यो ।

रमाईलो गफ कहिले संस्थागत र ब्यबसाहिकताको कुरा गदै यात्रा अगाडि बढ्यो । बाटोको दृश्य हेर्दै हाम्रो यात्रा अगाडि बढ्यो । तिब्बतबाट निस्किएर आएको कालीगण्डकी नदी चट्टानले बनेका गगनचुम्बी अग्ला पहाडहरूको खोचबाट दक्षिणतर्फ बगेको रहेछ । नदी चट्टानले बनेका गगनचुम्बी अग्ला पहाडहरूको खोँचबाट दक्षिणतर्फ बगेको रहेछ । कालीगण्डकीको प्रवाह र त्यो दृश्यले हामीलाई रोमाञ्चित बनायो । हिमाली क्षेत्र चिसो स्वभाविकै थियो । कालीगण्डकीको किनारैे किनार मोटर बाटो । सिधै उत्तर । बीच बीचमा सानातिना खोलाहरु हान्निएर कालीगण्डकीमा समाहित भएको देख्न पाईन्थ्यो । दृश्यहरु अत्यन्त लोभलाग्दा थिए । ठाउँ ठाउँमा आकाश सांघुरिएको देखिन्थ्यो । हिमाली बाटो ठूला ठूला चट्टानी पर्वतलाई छिचोल्दै गएको छ । अजगंका ती पहाडहरु कुम्भकर्ण झै चीरनिद्रामा छन् । काठमाडौं आसपासमा झै खानी संचालनको नाममा जताततै चिथोरिएका छैनन् । अनन्त सौन्दर्य पस्किरहेका छन् । पहाडको छाती चिरेर निस्किएका झरनाले पीडा भन्दा आनन्द दिईरहेका छन । त्यसका केही दृश्य क्यामरा र मनमा कैद गर्दै हामी अघि बढ्यौं साथमा मिठा जोक र रमाईलो कुराकानी त छदै थियो । रुप्से झरनाले हाम्रो यात्रालाई थप उर्जा दियो । माथीबाट हामीलाई भेट्न आतुर भएर बगेको सेतो पानीको दाना शरीरमा पर्दा तरंग उत्पन्न हुन्थ्यो झण्डै ३० मिटर अग्लो रुप्सेलाई हामीले पनि चुनौती दिएजस्तै उसको तस्वीरहरु चोरिरह्यौ । तस्वीर खिच्नुभन्दा उसैलाई हेरिराख्नु हाम्रो यात्राको अर्काे रमाईलो क्षण बन्यो । झरनालाई छोडेर थोरै माथीपुग्दा त्यहाँ बगेको एक मिटर चौडा र अत्याधिक गहिराईको कालिगण्डकी पनि सुतेर बगेकी झरनाजस्तै लाग्थ्यो । नजिकै पुगेपछि हिमालको घरमै प्रवेश गरेजस्तो भान हुन थाल्यो, हिमालले आफैं नजिक बनिदिएजस्तै ग¥यो र थकित बनेका आँखामा निश्चल उर्जाहरु भरिदियो ।


टुकुचे, मार्फामा केही समय हामी घुम्यौ टिकटक बनायौ र यात्रा जोमसोममा गएर रोकियो । मुस्ताङ्गको सदरमूकाम जोमसम भएपनि ठूलो रहेनछ । सेवाग्राही कमै होलान् । सरकारी अड्डा धाउनेभन्दा आफ्नो व्यवसाय राम्रोसँगले चले त भै गयो नी । गरेकै छन् । लोडसेडिङ्ग रहेनछ । हामी त्यही बस्ने र भोली पल्ट मुत्तिनाथ दर्शन गर्ने योजना बन्यौ । साँझ मुस्ताङ्ग जिल्ला घरपझोङ्ग गाउँपालिकामा कार्यरत मित्र राजन कडेल र आशिष भण्डारीले गाउँपालिकामा बितिय साक्षरता सम्बन्धी कार्यक्रम गर्दा कसो होला भन्ने प्रस्ताब आयो । त्यो अवसरलाई हामीले गुमाउन चाहेनौ भोली पल्ट (जेष्ठ ११) गते कार्यक्रम गर्ने र त्यासको चाजोँपाजो गर्ने जिम्मा प्रदिप जीलाई दिईयो । राती मिठो मुस्ताङ्गे खानाको स्वादसँगै भोली मुतिनाथ दर्शन गर्ने मनोकान्छा बोकेर निन्द्रादेवीको सरणमा गईयो ।
भोली बिहानै सबैर यात्रा शुरु गरियो किनकी मन्दीर र दर्शन गरेर हामीले कार्यक्रम सकेर उपल्लो मुस्ताङ्गको पनि यात्रा गर्नु थियो । निलगिरि र धौलागिरि हाम्रो दक्षिणमा थिए । त्यहाँ धौलागिरि र निलगिरि हिमालहरूको सुन्दर दृश्य हामीले हेर्न पायौं। धौलागिरि दूधले धोएझैं सेतो थियो भने निलगिरि आकाशझैं निलो थियो । हामी मुक्तिनाथ पुग्यौं । मुक्तिनाथ हाम्रो गन्तव्यको शिखर । भगवान नारायणको बासस्थान । त्यो सुन्दरताको वर्णन गरेर साध्य छैन, अत्यन्त सुन्दर । त्यसैले होला माहात्मा, साधुसन्त, भक्त प्रशासक, राजनीतिज्ञ, उद्योगी, व्यापारी, कलाकार, सर्वसाधारण सबैको आस्थाको पुञ्ज ।

मन्दिर दर्शन गर्न धेरै भारतीय तीर्थालु आएका थिए ।माथिसम्म जान नसक्नेहरूका लागि घोडा र स्ट्रेचरको सुविधा पनि थियो। ।हामी माथिसम्म नै हिँडेर जान तयार थियौं। ससाना पाइला चाल्दै हामी माथि पुग्यौं । धेरै भारतीय तीर्थालु आफूलाई मानिसको काँधमा बोक्न लगाएर मन्दिर दर्शन गर्न गइरहेका थिए । मन्दिरअघि दुइटा कुण्ड थिए । मन्दिरपछाडि १०८ धारा थिए । हामीले पनि दौडेर पुरा गर्यौे त्यो कार्य । टाउको खाने चिसो रहेछ । त्यसपछि कुण्डमा डुबुल्की मार्नु पर्ने अरे, चिसोको पर्वाह नगरी मारियो । मुक्तिधाम अगाडीको कुण्डमा डुबेर पैसा निकाल्ने प्रचलनको नक्कल हामीले पनि ग¥यौं  पुजा कार्य भक्ति र पे्रमभावले आ आफ्नो मूल्य, मान्यता र स्वधर्म अनुसार सम्पन्न गरियो । धेरै फोटो खिचियो । कति धेरै धेरै प्रकृतिलाई जिस्क्याउने भोक थियो । फेरी आइपुग्ने नपुग्ने संयोग मात्र भएकोले धितमरुन्जे भगवानको समीपमा बसियो । नारायणको मन्दिर माथी, तल कालीगण्डकीले अविच्छिन्न शालीग्राम पस्कँदै प्रवाहित हुनु संयोग मात्र कहाँ हुन्थ्यो र ? सत्य थियो, त्यो लिला हैन भक्तलाई कृपा थियो भगवानको । भित्र देखिनै आनन्द लागेर आयो । त्यही सेवा गरेर बस्न पाए हुन्थ्यो भन्ने पनि कहिलेकाही मनमा आउथ्यो । प्रकृतिको त्यो अनन्त स्वादपान गरेर । हामीले त्यहाँ भरपुर आनन्द अनुभूत गर्यौ । ३८१० मीटरको उचाईमा रहेको यो मन्दीरको बर्णन गरेर नसकिने रहेछ । मुक्तिनाथ दर्शनपछि युद्ध जितेको अनूभूति थियो । मुस्ताङ्ग मानसिक थकान मार्ने एउटा प्रतिक्षालय हो, धार्मिक आस्थाको एउटा आगँन हो जहाँ हिन्दु र बौद्ध धर्मालम्बीहरु जाने एकमात्र साझाँ थलो पनि हो ।

शनिबार, जेठ १९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सरकार र डा.केसीबीच ७ बुँदे सहमति, पाँचौँ दिनमा अनसन तोडियो
रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त
आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल
सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो
बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा
‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार

  • २.
    निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त

  • ३.
    निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत

  • ४.
    ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका

  • ५.
    मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा

  • ६.
    मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको

भर्खरै

  • १.
    सरकार र डा.केसीबीच ७ बुँदे सहमति, पाँचौँ दिनमा अनसन तोडियो

  • २.
    रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त

  • ३.
    आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल

  • ४.
    सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो

  • ५.
    बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा

  • ६.
    ‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

  • ७.
    सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

  • ८.
    देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.