नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले यो गठबन्धन आउने निर्वाचनसम्मै जाने बताउनु भएको छ ।
भरतपुर विमानस्थलमा शुक्रबार सन्चारकर्मी सङ्ग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
अध्यक्ष ओलीले अहिलेको गठबन्धन भत्काउन धेरै प्रयास भइरहेको भन्दै कुनै पनि हालतमा नभत्कने बताउनुभयो । उहाँले भन्नुभयो, “गठबन्धन भत्कदैन, अर्को गठबन्धन बनाउँदैमा कायापलट हुने होइन । त्यस्तो कसैले नचिताए हुन्छ । आउने निर्वाचनसम्म यो गठबन्धन जान्छ ।”
उहाँले भारतीय प्रधानमन्त्रीको शपथ ग्रहण कार्यक्रममा देशको प्रधानमन्त्री जाने परम्परा पुरानो भएको बताउनुभयो । आफू प्रधानमन्त्री हुँदा समेत गएको, सुशील कोइराला पनि जानु भएको स्मरण गर्नुभयो ।
अध्यक्ष ओलीले राजदुत फिर्ता बोलाउनु सरकारको नियमित कार्यक्रम भएको बताउनुभयो । यसमा आफ्नो कुनै टिप्पणी नभएको बताउनुभयो । उहाँले शिक्षा मन्त्रीको विषयमा आफुले कुनै टिप्पणी नगरेको र आफुले राखेको धारणा कसैसङ मेल खाएको हुन सक्ने बताउनुभयो ।
एमाले चितवनको नवनिर्वाचित कमिटीको शपथ ग्रहण कार्यक्रमका लागि अध्यक्ष ओली चितवन आउनुभएको छ ।


