नेपाली फिल्म ‘ऊनको स्वीटर’को छायांकन सुरु भएको छ ।
पाँचथरको साधुटारमा शुभमुहूर्त गर्दै फिल्मको छायांकन सुरु गरिएको हो । निर्माण टिम ३५ दिनको सेड्युल लिएर छायांकनस्थल पुगेको हो ।
यो फिल्ममा अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगरको प्रमुख भूमिका रहनेछ । साथै अन्य कलाकारहरु एलेक्स पारस, परीक्षा लिम्बु, माओत्से गुरुङ, सुरज तमू, मिलन खत्री, अरुण पुन मगर, भावना खपाङ्गी मगर, कवि राई, रुपेश लामा, प्रकाश बस्नेत, लक्ष्मी योङहाङ, प्रेम सुब्बा, इन्द्रनारायण आङदेम्बे र नरेश लावतीको अभिनय पनि फिल्ममा देख्न पाइनेछ ।
निर्देशक नवीन चौहान फिल्मका निर्देशक हुन् भने उनैले कथा पनि लेखेका हुन् । सहलेखनमा सुरज कटुवालले साथ दिएका छन् । सिनेमाटोग्राफर चिन्तनराज भण्डारीले फिल्ममा खिच्नेछन् । फिल्मलाई यो वर्षको शरद ऋतुमा प्रदर्शन गर्ने लक्ष्य राखिएको निर्देशक चौहानले बताएका छन् ।


