चपलीहाइट ३का निर्माता अर्जुन कुमारले नयाँ फिल्म ‘सानो संसार’ निर्माण गर्दैछन् । नयाँ फिल्म ‘सानो संसार’बाट धेरैले डेब्यू गर्दैछन् ।
निर्माता कुमारका अनुसार फिल्मको प्रमुख भूमिकामा सितादेवी तिमिल्सिना देखिँदैछिन् । उनी हास्यकलाकार केदार घिमिरे उर्फ माग्नेुकी पत्नी हुन । यही फिल्मबाट कलाकारहरु राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल, शिशिर सिवाकोटीले डेब्यू गर्दैछन् ।
निर्माण टिम ३० दिनको सेड्युल बोकेर छायांकनस्थल पुगिसकेको छ । जेठ ३० बाट फिल्मको छायांकन सुरु गर्ने तयारीमा छन्। फिल्मको छायांकन नुवाकोट र धादिङमा हुनेछ । यो फिल्ममार्फत मैले थुप्रै कलाकारलाई नेपाली फिल्म क्षेत्रमा डेब्यू गराउँदैछु । निर्देशकले पनि डेब्यू नै गर्दै हुनुहुन्छ । नयाँ अनुहार र नयाँ कन्सेप्ट ल्याउनका लागि यो टिमलाई मैले रोजेको हुँ, निर्माता कुमारले भने ।
फिल्मलाई सिद्धार्थ पुडासैनीले निर्देशन गर्नेछन् । निर्देशक पुडासैनीलाई फिल्मको कथा लेखनमा सरिष्मा पुडासैनीले सघाएकी हुन् । निर्माण अगावै यो टिमले फिल्मको प्रदर्शन मिति पनि तय गरिसकेको छ । यो फिल्म आगामी दशैंको घटस्थापना (असोज १७) मा प्रदर्शन गर्ने तयारी छ ।


