• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. जग्गा भाडामा लिएर सयपत्री खेती

  • २. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ३. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ४. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ५. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ६. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ७. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • ८. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

  • ९. आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै

  • १०. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

‘आचार्य’ को प्रीमियर शोमा सत्यराजको तारिफ

  •   बिहिबार, असार ०७, २०८१ मा प्रकाशित

 

काठमाडौं 

असार ७ अर्थात भोलि शुक्रवारदेखि प्रदर्शनमा आउने भजन शिरोमणि स्वर्गीय भक्तराज आचार्यको बायोपिक फिल्म ‘आचार्य’ को बुधवार साँझ काठमाडौंमा भब्य प्रीमियर शो गरिएको छ । कमलपोखरीस्थित बिग मुभिजमा गरिएको प्रीमियरमा राजनीतिक दलका नेताहरु , फिल्मकर्मी तथा सञ्चारकर्मीको बाक्लो उपस्थिति रहेको थियो ।

फिल्म हेरेर हलबाट निस्कँदै गर्दा अधिकांश कलाकारहरु स्वर्गीय भक्तराज आचार्यको जीवन कहानी सम्झेर भावुक भएका थिए ।
चलचित्र ‘आचार्य’ प्रीमियर शो हेर्नको लागि नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा ,राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतम, वरिष्ठ संगीतकार शम्भुजित बासकोटा,संगीतकार चेतन सापकोटा ,गायकहरु ओम बिक्रम बिष्ट, यम बराल,नबिन के भट्टराई ,धिरज राई, शिव मुखिया, गायिकाहरु मीरा राणा,आनी छोइङ डोल्मा,निशा देशार ,प्राश्ना शाक्य , कलाकार सुनिल थापा , कवि विप्लव प्रतीक,भुपेन्द्र खड्का  लगायतको उपस्थिति रहेको थियो ।

फिल्म हेरेरपछि मिडियासँग कुराकानी गर्दै अधिकांशले फिल्म राम्रो बनेको प्रतिक्रिया दिदै संगीतमा लाग्ने जो सुकै मान्छेले आचार्य चलचित्र हेर्नैपर्ने प्रतिक्रिया दिएका थिए । धेरै पाहुनाहरुले भजन शिरोमणि आचार्यको ज्येष्ठ सुपुत्र गायक सत्यराज आचार्यको अभिनयको तारिफ गरेका थिए  ।

१३ वर्ष अघि नै निर्माण भएर प्रर्दशन भएता पनि भक्तराज आचार्यप्रति श्रद्धाञ्जली अर्पण गर्ने उद्देश्यले सिल्क रोड पिक्चर्सले फिल्मको पुनःप्रर्दशन गर्न लागेको हो । यसपटक प्रदर्शन हुने फिल्ममा भक्तराजको निधन पश्चातका केही दृष्यहरु समेत समेटिएको छ ।
फिल्ममा भजन शिरोमणि आचार्यको ज्येष्ठ सुपुत्र गायक सत्यराज आचार्य , अरुणा कार्की ,सुनील पोखरेल देखि सौगात मल्ल, दयाहाङ राई, विपिन कार्की जस्ता अहिलेका सुपरस्टारहरुलाई समेत यसमा देख्न सकिन्छ ।

रोशन राई निर्माता रहेको फिल्मलाई प्रशान्त रसाईलीले निर्देशन गरेका हुन् । फिल्मलाई देवजंग थापाले पुनः सम्पादन गरेका हुन् ।

बिहिबार, असार ०७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो
रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम
चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते
जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार
‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल
बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

Namaste Chitwan

लोकप्रिय

  • १.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • २.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ३.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ४.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

  • ५.
    काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो

  • ६.
    शक्तिपीठमा भक्तजनको घुइँचो

भर्खरै

  • १.
    पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो

  • २.
    रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम

  • ३.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ४.
    जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार

  • ५.
    ‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल

  • ६.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ७.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ८.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.