• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. जग्गा भाडामा लिएर सयपत्री खेती

  • २. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ३. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ४. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ५. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ६. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ७. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • ८. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

  • ९. आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै

  • १०. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

उमङ्ग क्रिएशनले गर्यो ‘मिस ग्राण्ड नेपाल–२०२४’ को औपचारिक घोषणा

  •   आइतबार, असार १०, २०८१ मा प्रकाशित

काठमाडौं– उमङ्ग क्रिएशनले सौन्दर्य प्रतियोगिता ‘मिस ग्राण्ड नेपाल–२०२४’ आयोजना गर्ने घोषणा गरेको छ । आयोजक संस्थाले शुक्रवार होटल सोल्टी क्राउन प्लाजामा आयोजना गरेको पत्रकार सम्मेलनमा आगामी भदौ ११ गते आयोजना हुने प्रतियोगिताका लागि आवेदन फाराम आजैदेखि खुला गरेको जनाएको हो ।

आज काठमाडौंमा आयोजित पत्रकार सम्मलनमा उमङ्ग क्रिएसनका प्रवन्ध निर्देशक उद्धव अधिकारीले ‘मिस ग्राण्ड नेपाल –२०२४’ का बारेमा जानकारी दिएका हुन् । प्रतियोगिताको विजेतालाई ‘मिस ग्राण्ड इन्टरनेसनल–२०२४’ मा नेपालको प्रतिनिधित्व गराउँदै विदेश पठाइने आयोजक संस्थाले जनाएको छ ।

यो प्रतियोगिताका विजेताले नेपालको सबैभन्दा महँगो ताज पहिरिने बताउँदै अधिकारीले भने– ‘प्रतियोगितामा सहभागिता जनाउनको लागि १८ देखि २९ वर्ष उमेर समूहका अविवाहित महिलाहरुले आवेदन दिन सक्ने छन् ।’

उमङ्ग क्रिएशनले विश्वकै सबैभन्दा प्रतिष्ठित प्रतियोगिता ‘मिस ग्राण्ड इन्टरनेशनलको फ्रेन्चाइज सन् २०२३ देखि लिएको थियो । यो प्रतियोगिताका विजेताले मिस ग्राण्ड इन्टरनेशनलमा नेपालको प्रतिनिधित्व गर्ने मौका प्राप्त गर्नेछन् ।

यो प्रतियोगितामा सहभागिता जनाउनका उमंग क्रिएसनको वेबसाइटमा गएर आवेदन फाराम गर्न सकिने छ । प्रशान्त ताम्राकार मिस ग्राण्ड नेपाल २०२४ को आधिकारिक कोरियोग्राफर, पेजेन्ट तथा शो डाइरेक्टरको रुपमा रहेका छन् ।

पत्रकार सम्मेलनमा पेजेन्ट तथा शो डाइरेक्टर प्रशान्त ताम्राकारले प्रतिभावान तथा क्षमतावान युवतीहरुलाई अन्तर्राष्ट्रिय स्तरको प्लेटफर्म प्रदान गर्नका लागि यो कार्यक्रम आयोजना गर्न लागिएको बताए ।

उमंग क्रिएसनले पहिलो पटक आयोजना गर्न लागेको ‘मिस ग्राण्ड इन्टरनेशनल’ को यो नेपाल फ्रेन्चाइजीको नारा ‘ब्रेभ, बोल्ड एण्ड ब्यूटिफुल’ राखेको छ ।

यो भव्य सौन्दर्य प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक युवतीहरुले यही असार ३१ गतेभित्र आवेदन फाराम भरिसक्नु पर्नेछ । १९ वर्षदेखि २९ वर्ष उमेर समुहका अविवाहित तथा कम्तिमा पाँच फिट तीन इन्च अग्ला युवतीहरुले यो प्रतियोगितामा सहभागिता जनाउन सक्ने छन्, यद्यपि त्यसका लागि आयोजक संस्थाले निर्धारण गरेका नियम तथा शर्तहरु भने अनिवार्य रुपमा पालना गर्नुपर्ने छ ।

मिस ग्राण्ड नेपाल २०२४ को ग्राण्ड फिनाले आगामी अगामी अगष्ट २४ ९भदौ ११ गते० का दिन आयोजना हुनेछ । त्यसअघि साउन २३ गते पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक संस्थाले क्राउन अनभिलिङ गर्ने बताइएको छ । यसपटक अपाला ज्वेल्सले मिस ग्राण्ड नेपालको क्राउन तयार पार्नेछ ।

प्रतियोगितामा सहभागिता जनाउनका लागि उमंग क्रिएशनको वेबसाइटमा गएर आवेदन फाराम भर्न सकिने छ । तियोगिताका विजेताले मिस ग्राण्ड इन्टरनेशनलमा नेपालको प्रतिनिधित्व गर्न पाउने छन् ।

पत्रकार सम्मेलनमा उमङ्ग क्रिएसनले अघिल्लो वर्ष आयोजना गरेको मिस यूनिभर्स नेपाल २०२३ का विजेता तथा मिस यूनिभर्स २०२३ मा नेपालको प्रतिनिधित्व गर्दै विश्व प्रसिद्ध हुन सफल जेन दिपिका ग्यारेट पनि सहभागि भइन् । उनले ‘मिस ग्राण्ड नेपाल २०२४’ मा सहभागि भएर आफू भित्र भएको प्रतिभालाई उजागर गर्ने मौकालाई सदुपयोग गर्न युवतीहरुलाई आग्रह गरिन् ।

पत्रकार सम्मेलनमा द ब्यूटी बारकी प्रवन्ध निर्देशक तथा आयोजक संस्थाकी सदस्य इच्छा कार्की तथा अपाला ज्वेल्सकी स्टोर मेनेजर दिक्षान्सु कार्की उपाध्यायले ‘मिस ग्राण्ड नेपाल २०२४’ को प्रभावकारिताका बारेमा आफ्ना धारणा व्यक्त गरेका थिए ।

‘मिस ग्राण्ड नेपाल २०२४’ लाई बिग बेल एडुटेन्मेन्टले व्यस्थापन गर्नेछ भने आइडियाजवक्सले स्ट्राटेजी पार्टनरको रुपमा सहभागितन जनाएको छ । द हिमालयन टाइम्स प्रतियोगिताको मिडिया पार्टनरको रुपमा रहेको छ भने स्पेस पार्टनरले रेम वक्र्स, ब्यूटी पार्टनरलमा द ब्यूटी बार, वेलनेस पार्टनरमा ट्रान्क्विलिटी स्पा, टेलिकम पार्टनरमा नेपाल नेपाल टेलिकम तथा मिडिया कोर्डिनेटरमा कलाकर्मी डटकम रहेका छन् ।

आइतबार, असार १०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो
रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम
चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते
जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार
‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल
बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

Namaste Chitwan

लोकप्रिय

  • १.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • २.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ३.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ४.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

  • ५.
    काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो

  • ६.
    शक्तिपीठमा भक्तजनको घुइँचो

भर्खरै

  • १.
    पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो

  • २.
    रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम

  • ३.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ४.
    जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार

  • ५.
    ‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल

  • ६.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ७.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ८.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.