• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • २. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ४. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ५. साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ६. नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

  • ७. आज कार्तिक ०३ गते मङ्गलबारको तपाइको राशिफल

  • ८. नवरात्रको नवौँ दिन : कात्तिक २ गते महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

  • ९. दशैंमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी

  • १०. आज कार्तिक ०१ गते आइतबारको तपाइको राशिफल

राष्ट्रिय आदिबासी संगीत तथा चलचित्र अवार्ड २३ विधामा प्रदान

  •   शनिबार, असार ३०, २०८१ मा प्रकाशित

काठमाडौं, २८ असार
‘राष्ट्रिय आदिबासी संगीत तथा चलचित्र अवार्ड’ दोश्रो संस्करण २३ विधामा प्रदान गर्दैै काठमाडौंमा सम्पन्न भएको छ । समारोहमा संगीतमा १४ विधा र आदिबासी चलचित्रमा ९ विधा गरेर २३ विधामा ‘दोश्रो राष्ट्रिय आदिबासी संगीत तथा चलचित्र अवार्ड–२०२४’ प्रदान गरिएको हो । अवार्डमा पूर्व उपराष्ट्रपति परमानन्द झाले प्रमुख आतिथ्यता ग्रहण गर्दै विभिन्न कलाकारलाई सम्मान तथा अवार्ड प्रदान गरे । दुबै अवार्डको जुरीमा अभिनेता धिरेन शाक्य, चलचित्र निर्देशक दिनेश लिङदेन, सँगीत संयोजक शाहश शाक्य र गायक रमेश पाठक थिए ।

अवार्ड समारोहमा आदिबासी चलचित्र चरित्र अभिनेत्रीको अवार्ड सेमेवाबाट पवित्रा लिम्बुले, आदिबासी चलचित्र चरित्र अभिनेत्रीको पब्लिक च्वाईस अवार्ड बबिता नेयोहाङले, लिम्बु चलचित्रको अवार्ड युक्पुङले, लिम्बु चलचित्रमै पब्लिक च्वाई अवार्ड चलचित्र सेमेवाले हाँसिल गर्यो । उत्कृष्ट गुरुङ चलचित्रको अवार्ड  शिर सुवाले पायो भने शिर सुवाबाटै माओत्से गुरुङले उत्कृष्ट गुरुङ चलचित्रको अवार्ड जिते । चलचित्र जिउनीले जुरी अवार्ड पायो भने गुरुङ चलचित्रतर्फ आफ्नै कर्मले पब्लिक च्वाईस अवार्ड हाँसिल गर्यो । लिम्बु चलचित्र उत्कृष्ट निर्देशकको अवार्ड लोजिमा चलचित्रबाट सागर सुब्बाले, लिम्बु चलचित्र निर्देशकमै पब्लिक च्वाईस अवार्ड सुगुप चलचित्रबाट लोकेन साँवाले हाँसिल गरे ।  आदिबासी चलचित्र चरित्र अभिनेताको अवार्ड जिउनीबाट अच्युत गुरुङले, गुरुङ चलचित्र अभिनेताको अवार्ड विश्वास गुरुङले चलचित्र शिर सुवाबाट हाँसिल गरेका छन् ।

गुरुङ चलचित्र अभिनेताको जुरी अवार्ड आनन्द गुरुङले र पब्लिक च्वाईस अवार्ड टेकबहादुर गुरुङले, लिम्बु चलचित्रबाट उत्कृष्ट अभिनेताको अवार्ड रुद्र पाहिमले प्राप्त गरे । आदिबासी चलचित्र अभिनेत्रीको अवार्ड जिउनीबाट आकृति गुरुङले, आदिबासी चलचित्र अभिनेत्रीको जुरी अवार्ड सृजना माश्राङगी मगरले, लिम्बु चलचित्र अभिनेत्रीको अवार्ड बिमला खजुम लिम्बुले, मेकअप आर्टिष्टको अवार्ड उर्मिला लामाले र आदिबासी भेषभुषाको अवार्ड सरु माङमो लिम्बुले सरु ढाका उधोगबाट हाँसिल गरिन् ।
यस्तै संगीततर्फ आदिबासी लोक गीत गायकको अवार्ड सुमन लिम्बुलाई, गायक तर्फकै जुरी अवार्ड असार सिंह निङलेकुलाई र पब्लिक च्वाईस अवार्ड गायक भिम लिम्बुलाई प्रदान गरियो । आदिबासी लोक गीत गायिकाको अवार्ड अन्जना लिम्बुलाई, लोकगीत गायिकाकै पब्लिक च्वाईस अवार्ड गँगा लिम्बुलाई प्रदान गरियो ।
समारोहमा आदिबासी गीत गीतकारको अवार्ड कल्पना आङबुहाङ लिम्बुले, गीतकारकै जुरी अवार्ड ओम छिनालले र गीतकार पब्लिक च्वाईस अवार्ड गौरीमान लिम्बुले हाँसिल गरेका छन् ।

यस्तै आदिवासी कौडा गीत गायकको अवार्ड मौसम गुरुङले, कौडामै पब्लिक च्वाईस अवार्ड सानु पुलामी मगरले र कौडा गीत गायिकाको अवार्ड निुत पुनले हाँसिल गरे ।
समारोहमा आदिबासी गीत संगीत संयोजकको अवार्ड सुनिल परियारले, आदिबासी म्युजिक भिडियो निर्देशक अवार्ड हाङ चम्जोङले, भिडियो निर्देशक जुरी अवार्ड दिप गुरुङले, आदिबासी म्युजिक भिडियो पुरुष मोडलको अवार्ड गजेन्द्र साम्बाहाम्फेले, आदिबासी म्युजिक भिडियो पुरुष मोडल जुरी अवार्ड सञ्जिब लिम्बुले हाँसिल गरे । आदिबासी म्युजिक भिडियोमै महिला मोडलको अवार्ड रिना गुरुङले, महिला मोडल जुरी अवार्ड सुस्मिता गुरुङले प्राप्त गरे । यस्तै तामाङ गीत गायकको अवार्ड टीका बम्जनले, तामाङ सेलो पुरुष मोडलको अवार्ड अभि लामाले, सेलो पुरुष मोडलको जुरी अवार्ड छिरिङ तामाङलाई प्रदान गरियो । यस्तै तामाङ सेलो महिला मोडलको अवार्ड अनिता गोलेलाई, लिम्बु गीत म्युजिक भिडियो महिला मोडलको अवार्ड दुर्गा कुमारी लिम्बुलाई, लिम्बु गीत म्युजिक भिडियो नव महिला मोडलको अवार्ड मिरा फियाकलाई, आदिबासी गीत नृत्य निर्देशकको अवार्ड केशव कोईरालालाई, नृत्य निर्देशकमै पब्लिक च्वाईस अवार्ड चुडामणी फयुयाँललाई र आदिबासी गीत ध्वानी सम्पादनको अवार्ड डिका गुरुङलाई प्रदान गरियो ।

समारोहमा बरिष्ट गायिका तथा चरित्र अभिनेत्री कविता आलेमगरलाई दीर्घ साधना सम्मान प्रदान र चलचित्र निर्माता तारादेवी लिम्बुलाई राष्ट्रिय सम्मान प्रदान गरियो । यस्तै गुरुङ चलचित्र अभिनेता राजु गुरुङ, अग्रज लोकगायक नमराज ढुँगाना, गायक हिमाल श्रेष्ठ, कलाकार शेरबहादुर गुरुङ, दोहोरी गायिका कालिका रोक मगर र व्यबसायी मिलन लामा पनि सम्मानित भए । कार्यक्रम सभापति एवम् आयोजक संस्था क्वालिटी फिल्मस्का अध्यक्ष उमेश गुरुङले आदिबासीहरुलाई मुलधारमा ल्याउन यो आफ्नो समुहले यो अवार्ड आयोजना गर्दै आएको हो भने । कार्यक्रम सँयोजक शनी लिम्बुले सबैलाई स्वागत गर्दै कार्यक्रमको उदेश्यबारे प्रकाश पारिन् ।

शनिबार, असार ३०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कुम्हाल युवालाई माटोको भाँडा बनाउन भ्याइनभ्याइ
गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम
‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल
पोखरा–दुबई उडान : एक महिनामा ६ हजारभन्दा बढी यात्रुले लिए सेवा
आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल
पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो

Namaste Chitwan

लोकप्रिय

  • १.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४

  • ३.
    शक्तिपीठमा भक्तजनको घुइँचो

  • ४.
    काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो

  • ५.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई

  • ६.
    नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा

भर्खरै

  • १.
    कुम्हाल युवालाई माटोको भाँडा बनाउन भ्याइनभ्याइ

  • २.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ३.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ४.
    पोखरा–दुबई उडान : एक महिनामा ६ हजारभन्दा बढी यात्रुले लिए सेवा

  • ५.
    आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ६.
    पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो

  • ७.
    रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम

  • ८.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.