• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. जग्गा भाडामा लिएर सयपत्री खेती

  • २. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ३. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ४. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ५. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ६. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • ७. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

  • ८. आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै

  • ९. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • १०. फूलपाती बढाइँ समारोह–२०८३ टुँडिखेलमा सम्पन्न, राष्ट्रपति पौडेलको प्रमुख आतिथ्य

फिल्म ‘ईश्वर’ मेरो करियरकै फरक कन्टेन्ट हो : निर्देशक राजु गिरी

  •   आइतबार, साउन ०६, २०८१ मा प्रकाशित

काठमाडौं,साउन ६
निर्देशक राजु गिरी निर्देशित फिल्म ‘ईश्वर’यही साउन ११ गतेबाट दर्शकमाझ आउँदैछ । निर्देशक राजु आफ्नो करियरकै फरक कन्टेन्टमा यो फिल्म बनेको दाबी गर्छन् ।

राजुका अनुसार फिल्मको नाम झट्ट सुन्दा धार्मिक भए पनि फिल्मले धार्मिक कुरालाई उठान नगरेको बताउँछन् । ‘ईश्वर भन्नासाथ सबैले भगवान सम्झन्छन् । तर फिल्ममा ईश्वर भनेको एउटा क्यारेक्टर हो । त्यो अहिले खुलाउन मिल्दैन । एउटा इमान्दार प्रहरीले आफ्नो कर्तव्य निर्वाह गरिरहँदा एक नेताको पावरले जागिर छोड्नुपर्ने भएपछिको परिदृश्य फिल्ममा छ’, राजु भन्छन् ।

राजुका अनुसार प्रहरीको जागिर छोडेपछि ‘ईश्वर’ पात्रले गाउँ गएर बर्दी बिनाको प्रहरीको काम गर्छ । ‘पेशाबाट ऊ अलग्गिए पनि गाउँमा उसले बर्दी बिनाको प्रहरी भएर काम गर्छ । उसले गाउँमा भ्रष्टचारी, घुसखोरीहरु विनाश गर्छ’, राजुले भने ।

राजु कन्टेन्टको हिसाबले अहिलेसम्मको आफ्नो फिल्महरु भन्दा ‘ईश्वर’ फरक रहेको दाबी गर्छन् । ‘समाजमा घटिरहेका राजनीतिक, भ्रष्टाचार, समाजमा बढ्दो जातीय छुवाछुतविरुद्धको कथा यसमा छ’, राजु भन्छन्, ‘ईश्वर जस्तो मान्छे प्रत्येक गाउँमा जन्मनुपर्छ । त्यस्तो मान्छे जन्मियो भने मात्र देशको विकास हुन्छ भन्ने सन्देश फिल्मले दिन्छ ।’

फिल्मको केही महिना अघि पोखरामा प्रिमियर गरिएको थियो । फिल्म हेर्न पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य पनि आएका थिए । ‘उहाँ पाँच मिनेटका लागि मात्र फिल्म हेर्न आउनु भएको थियो । तर पुरा फिल्म हेरेर जानुभयो । फिल्मको कथावस्तु आफूलाई मनपरेको बताउनुभयो’, राजुले सम्झिए ।

राजु ‘ईश्वर’ प्रत्येक जनता र नेताले हेर्नुपर्ने बताउँछन् । ‘जनताले नेतालाई कसरी सुधार्छन् भन्ने बुझ्नका लागि पनि यो फिल्म हेर्नुपर्छ’, उनी भन्छन्, ‘मलाई यस्तो कन्टेन्टमा फिल्म बनाउन सकें भनेर गर्व लागिरहेको छ ।’

देशलाई माया गर्ने दर्शकहरुले ‘ईश्वर’ हेर्नुपर्ने निर्देशक राजु दाबी गर्छन् । ‘फिल्म हेरिसकेपछि दर्शकले देश बनाउने निकायमा हुने भ्रष्टाचारलाई अन्त्य गरौं, समाज रुपान्तरण गरौं भन्ने सन्देश पाउँछन् । फिल्मले जो नेपाली हो, नेपालीले आफू नेपाल बनाउन र बचाउन सक्नुपर्छ भन्ने सन्देश दिन्छ’, उनले भने ।

आइतबार, साउन ०६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो
रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम
चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते
जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार
‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल
बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

Namaste Chitwan

लोकप्रिय

  • १.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • २.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ३.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ४.
    शक्तिपीठमा भक्तजनको घुइँचो

  • ५.
    काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो

  • ६.
    आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

भर्खरै

  • १.
    पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो

  • २.
    रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम

  • ३.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ४.
    जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार

  • ५.
    ‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल

  • ६.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ७.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ८.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.