वैशाख १० ,चितवन – पत्रकार सुशील पन्त सम्मानित भएका छन् । चितवन जिल्ला फुटबल संघले पत्रकार पन्तलाई सम्मान गरेको हो ।संघको आज (शनिबार) छैटौं अधिवेशनको अवसरमा उनी सम्मानित भएका हुन् ।
चितवनको फुटबलको बिकास र प्रचार प्रसारमा पुर्याएको योगदानको मुल्याङ्कन गर्दै पन्तलाई सम्मान गरिएको संघका अध्यक्ष श्री कृष्ण कार्कीले बताए ।उनले समाचारका माध्यमबाट खेल क्षेत्रको बिकासमा निरन्तर लाग्न शुभकामना समेत दिए । पन्त नेपाल खेलकुद पत्रकार मञ्च चितवनका कार्यसमिति सदस्य समेत हुन् ।
तपाईको प्रतिक्रिया


