चितवन ,साउन ११
गए राति ११:५५ बजेको समयमा नम्बर नखुलेको सवारीको ठक्करबाट भरतपुर ७ निवासी गायक तथा फेन्सी ब्यवसायी गोविन्द्र भन्ने चण्डीप्रसाद अधिकारीको मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका–८ अशोक चोकमा हाल नम्बर नखुलेको सवारी साधनले बागमती प्रदेश ०६–००३ प ६८३९ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक भरतपुर–७ बस्ने ५० वर्षीय अधिकारीको मृत्यु ।
सवारीको ठक्करबाट मोटरसाइकल चालक अधिकारी गम्भिर घाइते भएका थिए ।उनको चितवन मेडिकल कलेजमा उपचारको क्रममा आज बिहान २ः०७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए । मोटरसाइकललाई ठक्कर दिने सवारी साधनको खोजी कार्य भइरहेको उनले बताए । अधिकारीले भरतपुर १० स्याउली बजारमा रहेको जेनिसा फेन्सी उनैले संचालन गर्दै आएका थिए ।
तपाईको प्रतिक्रिया


