त्रिशूलीमा बेपत्ता दुई वटा डिलक्स गाडी खोज्न प्रयोग गरिएको २० केजीको चुम्बक हराएको छ ।
खोजको क्रममा चुम्बक त्रिशूलीमा हराएको बागमती प्रदेशका डीआईजी विष्णु केसीले बताएका छन् ।
भारतीय प्राविधिकहरूले बस खोज्न २० र ४० केजीको चुम्बक प्रयोग गरेका हुन् । शनिवार साँझ चितवनको भरतपुर महानगरपालिका–२९ स्थित केराबारीमा बसजस्तै आकृतिको बस्तु देखिएको तर, गोताखोर पुगेर हेर्दा बस नभएको पुष्टि भएको छ ।
असार २८ मा काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स हालसम्म बेपत्ता छन् । दुवै बस त्रिशूलीमा खसेका थिए । बसमा सवार २५ जनाको शव भेटिएको छ ।
तपाईको प्रतिक्रिया


