• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

भेडेटारमा स्काई वाक सुरु

  •   आइतबार, साउन १३, २०८१ मा प्रकाशित

हिले, साउन १३ गते । पूर्वकै चर्चित पर्यटकीय क्षेत्र भेडेटारमा स्काई वाक अर्थात् सिसाको पुल सञ्चालनमा आएको छ । चाल्र्स पोइन्टमा ‘स्काई वाक टावर’ सञ्चालनमा आएको हो । भेडेटारलाई साहसिक पर्यटनको ‘हब’ बनाउने प्रयास अनुसार टावर सञ्चालनमा ल्याइएको बताइएको छ । प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्काई वाकको उद्घाटन गर्दै भेडेटारलाई पर्यटकीय हब बनाउन स्काई वाकले थप सहयोग र आकर्षण बढाउने बताउनुभयो ।

प्रदेश सरकारले आगामी २०८२ साललाई पर्यटन वर्ष मनाउन लागेकाले भेडेटारमा बनेको स्काई वाकले त्यसलाई सहयोग पुग्ने अपेक्षा उहाँले राख्नुभयो । ११ रोपनीमा रहेको स्काई वाकमा ४१ मिटर लामो सिसामा हिँड्न सकिन्छ । योसँगै करिब १८ मिटर अग्लो टावरसमेत निर्माण गरिएको वन्डर्स एम्युजमेन्ट पार्क प्रालि कार्यकारी निर्देशक सञ्जीव रोक्काले जानकारी दिनुभयो । सिसामाथि हिँड्ने साहसिक खेलको मज्जा लिनका लागि देशकै तेस्रो गन्तव्य भेडेटार बनेको छ ।

यसअघि काठमाडौँको कमलादी, इलामको कन्याममा वन्डर्स एम्युजमेन्ट पार्क प्रालिले स्काई वाक सञ्चालनमा ल्याइसकेको छ । यस स्काई वाकमा एक पटकमा २५ जनासम्म हिँड्न सकिने क्षमता छ । साँगुरीगढी गाउँपालिकाले साहसिक पर्यटकका लागि नयाँ गन्तव्य थपिएको जनाएको छ । यो पूर्वको पर्यटनका लागि नयाँ आयाम भएको पालिका अध्यक्ष जितेन्द्र राईले बताउनुभयो ।

सिसामाथि हिँड्दा खुला आकाशमाथि हिँडे जस्तो अनुभव हुने र साहसिक पर्यटनका पारखीले यसमा मज्जा लिन सक्ने बताइएको छ । लामो समयदेखि खस्किएको पर्यटन व्यवसायमा स्काई वाकका कारण सुधार हुने अपेक्षा गरिएको भेडेटारका पर्यटन व्यवसायी रमेश श्रेष्ठ बताउनुहुन्छ ।

यो कोशी प्रदेशकै पहिलो निजी तथा सार्वजनिक साझेदारी मोडलको आयोजना भएको बताइन्छ । चार वर्षअघिदेखि निर्माण थालिएको स्काई वाक प्रदेश लगानी प्राधिकरण, धरान उपमहानगरपालिका र साँगुरीगढी गाउँपालिकाको समन्वयमा वन्डर्स एम्युजमेन्ट पार्क प्रालिले २० करोड लगानीमा निर्माण गरेको हो । स्काई वाकको आम्दानीको ४० प्रतिशतमध्ये ५५ प्रतिशत साँगुरीगढी गाउँपालिका र ४५ प्रतिशत धरान उपमहानगरपालिका तथा प्रदेश सरकारले पाँच प्रतिशत पाउने छन् । गोरखापत्र बाट साभार

आइतबार, साउन १३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.