काठमाडौं,साउन १३
गायक एवं अभिनेता प्रकाश सपुतले फिल्म ‘पूर्ण बहादुरको सारंगी’ को छायांकन सकेका छन्।उनले एउटा कलाकारका रूपमा धेरै राम्रो अनुभव र सिकाइ सहित यो फिल्मको छायांकन सकिएको बताएका छन्।
सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भइरहेको गत जेठ २४ गतेबाट छायाकंन सुरु गरेर केही दिन अघि ओखलढुङ्गा जिल्लाको रुम्जाटार क्षेत्र आसपासमा ३६ दिन लगाएर पुरा गरिएको र काठमाडौंमा गरी दुई चरणमा छायांकन गरिएको छ।
‘पूर्ण बहादुरको सारङ्गी’मा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइलीको मुख्य भूमिका रहेको छ । यस्तै, फिल्ममा विनोद न्यौपाने, भोलाराज सापकोटा, बुद्धि तामाङ, माओत्से गुरुङ र देशभक्त खनाल लगायतका कलाकारहरूको पनि अभिनय रहनेछ ।

सोसल-ड्रामा जनरा रहेको फिल्म गन्धर्व परिवारको कथामा आधारित रहेको निर्मापक्षको भनाइ छ । फिल्मका निर्देशन सरोज पौडेल हुन् । फिल्ममा उनी स्वयमको कथा रहेको छ ।
विनोद पौडेल र प्याट्रिक सुवेदी लगानी कर्ता रहेको फिल्मका कार्यकारी निर्माता रमेश चौलागाईं र हरि श्रेष्ठ हुन् । फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद रहेको छ ।
फिल्ममा प्रशान्त सिवाकोटीको संगीत, हेमन्त कान्छा रसाइलीको सारङ्गी रहेको छ । फिल्मका गीतहरूमा प्रशान्त सिवाकोटी, मेलिना राई र पुष्पन प्रधानको आवाज रहने छ ।फिल्मलाई २०८२ सालभित्र प्रदर्शनमा ल्याइने जनाइएको छ।


