• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

अख्तियार धाउँदै गण्डकीका स्थानीय तह

  •   शनिबार, साउन १९, २०८१ मा प्रकाशित

काठमाडौं ,साउन १९
स्याङ्जा । स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार स्थानीय तह नचल्दा पछिल्लो पटक धेरै बेथिती बढेको छ । जसका कारण स्थानीय सरकारका धेरैजसो उजुरी अख्तियारमा परेको पर्ने गरेको तथ्याङकले देखाउछ ।

झण्डै २ सय उजुरी

अख्तियारमा परेका उजुरीको तथ्याङ्कको मुल्याङकन गर्ने हो भने सबैभन्दा बढी उजुरी स्थानीयतहको छ । अधिकांश स्थानीयतहले बजेट उत्पादनमुखी भन्दा बितरणमुखी बनाउने प्रवृत्ति बढेको छ । आफु खुशी बजेट बाड्ने र नीति नियम र पद्धती अनुसार स्थानीयतहहरु संचालन नहुँदा अख्तियारमा उजुरीको चाङ् लागेको जानकारहरु बताउछन् ।

जनप्रतिनिधिहरु नै ठेक्कापट्टामा संलग्न हुनु र आफ्खुशी रजाई गर्ने प्रवृत्तिले पनि उनीहरु विरुद्ध अख्तियारमा उजुरी परेका हुन् । जनताको घरदैलोको सरकार भनेर चिनिने स्थानीय तहमा धेरै उजुरी पर्नु राम्रो लक्षण नभएको नागरिक अगुवाईहरुको भनाई छ । यसको उदाहरण अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सबैभन्दा बढी भ्रष्टाचारका उजुरी स्थानीय सरकारहरुका दर्ता भएको तथ्याङ्कले देखाएको हो ।

गण्डकी प्रदेशस्तरीय आयोगको कार्यालय पोखरामा स्याङ्जाबाट परेका उजुरीमध्ये सबैभन्दा बढी स्थानीय सरकारका दर्ता भएका छन् । आयोगमा संघिय, प्रदेश र स्थानीय सरकारबाट हुने विकासे आयोजनाका बिषयमा भ्रष्टाचार भएको भन्दै उजुरी दर्ता हुने गर्छन् । आर्थिक बर्ष २०८०–०८१ मा पोखरा स्थित अख्तियारको कार्यालयमा स्याङ्जाबाट १ सय ६८ उजुरी दर्ता भएका थिए ।

दर्ता भएका उजुरी मध्ये १ सय ५८ ओटा उजुरी फछर््यौट भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका सूचना अधिकारी जगदिश चन्द्र शिवाकोटीले जानकारी दिए । उनका अनुसार आयोगमा भ्रष्टाचार भएको भन्दै उजुरी दर्ता हुनेमा सबैभन्दा बढी स्थानीय सरकारका रहेका छन् । स्याङ्जाबाट दर्ता भएका उजुरीमध्ये १० ओटा उजुरी गम्भीर प्रकृतिका रहेकाले अनुसन्धानमा रहेका छन् । संघिय सरकारका २१, प्रदेश सरकारका १९ र स्थानीय सरकारका १ सय २८ ओटा गरी १६८ उजुरी दर्ता भएका थिए । फछर््यौट हुन बाँकी रहेका १० ओटा उजुरी मध्ये प्रदेशका ३ र स्थानीय सरकारका ७ रहेको आयोगले जनाएको छ ।

५ नगरपालिका र ६ गाउँपालिका रहेको स्याङ्जामा पछिल्लो समय अख्तियारमा धमाधम उजुरी पर्न थालेपछि त्यसको जवाफ दिनमै व्यस्त रहेको देखिन्छ । जवाफ मात्रै नभएर अख्तियारमा पुगेर बयान दिन अहिले स्थानीय सरकारका जनप्रतिनिधि र कर्मचारी बाध्य छन् । स्थानीयतहका कर्मचारी र जनप्रतिनिधि अख्तियार धाउनमै व्यस्त बनेको एक कर्मचारीले नाम उल्लेख नगर्नेशर्तमा बताए ।

आयोगले पालिकास्तरमा भ्रष्टाचार न्युनिकरणका लागि सचेतना अभिवृद्धि कार्यक्रम संचालन गरेपनि अख्तियारमा उजुरी दिने संख्यामा कमी आउन नसकेको तथ्याङकले देखाएको छ । अख्तियारमा उजुरी दर्ता हुदैमा भ्रष्टाचार भएको छ भन्न मिल्दैन, आयोगका सूचना अधिकारी शिवाकोटीले भने, ‘कतिपय उजुरी हल्काफुल्का र सुनेका आधारमा आएका हुन्छन् ।’ जसले गर्दा धेरै उजुरी रिसिवी र आवेगका आधारमा आएको देखिन्छ उनले भने ।

तथ्यगत रुपमा आउने उजुरी अलि कम देखिन्छ, सूचना अधिकारी शिवाकोटीले भने, ‘थाहा नपाएर र सुनेका आधारमा उजुरी आए पनि आयोगले अनुसन्धान भने थाल्न बाध्य हुन्छ ।’ दर्ता भई अनुसन्धानबाट फछर््यौट भएका उजुरी थप कागतजात आउन सक्छ भन्ने मान्यताले तामेलीमा रहन्छ उनले भने । आयोगमा आउने उजुरीमध्ये धेरै लिखित रुपमा आउने गरेको छ । आयोगमा परेका उजुरीहरु इमेल, टेलिफोन र लिखित निवेदन मार्फत आएका छन् ।

कतिपय उजुरी आयोग आफैले सामाजिक संजाल, समाचारलाई आधार बनाएर पनि दर्ता गर्ने गरेको शिवाकोटीले बताए । आर्थिक बर्ष २०८०–०८१ मा गण्डकी प्रदेशका १० जिल्लाबाट १ हजार ७ सय ७० उजुरी दर्ता भएका थिए । उजुरी दर्ता भएका मध्ये १ हजार ६ सय १५ उजुरी फछर््यौट भएको र १ सय ५८ उजुरी अनुसन्धानमा रहेको पोखरा स्थित अख्तियारको कार्यालयले जनाएको छ । गण्डकी प्रदेशमा परेका समग्र उजुरीहरुमा पनि स्थानीय तहकै धेरै रहेको देखिन्छ ।

स्थानीय तहका अधिकांश उजुरी सामाग्री खरिद र विकास निर्माणमा परेको देखिन्छ । डोजर, सवारीसाधन, अनुदानमा वितरण गरिने कम्बाइन मिल र हाते टयाक्टर खरिदमा बढी अनियमिमतता हुने गरेको दर्ता भएका उजुरीहरुबाट प्रष्ट हुन जान्छ । अख्तियारमा परेका उजुरी बाहेक स्थानीय तहका बेथितीका ’boutमा नागरिकहरुले सार्वजनिक सुनुवाईमा समेत खबरदारी गर्ने गरेका छन् । तर सार्वजनिक सुनुवाई पनि औपचारिकतामा मात्रै सीमित हुने गरेकाले नागरिकहरु अख्तियारको ढोका ढकढक्याउन पुगेको हुन सक्ने विज्ञहरु बताउछन् । जनप्रतिनिधि आफै बजेट बनाउने अनि आफै ठेकेदार बन्ने प्रवृत्तिले पनि नागरिकहरु अख्तियारमा पुगेका हुन् । अर्को तर्m जनप्रतिनिधि–जनप्रतिनिधि र कर्मचारी–कर्मचारी विचको द्वन्द्वका कारण पनि स्थानीयतहका उजुरी धेरै पर्ने गरेको बताइएको छ ।राजधानी दैनिक बाट साभार

शनिबार, साउन १९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.