प्रियंका कार्की र करिश्मा मानन्धरको शीर्ष भूमिका हुने फिल्म ‘माइली’को शुभसाइत गरिएको छ । बाबु बलामीले निर्देशन गर्ने यो फिल्मको छायांकन मंगलबारदेखि सुरु हुँदैछ ।
छायांकनअघि भद्रकाली मन्दिरमा फिल्मको मुहूर्त पूजा गरिएको छ । यो अवसरमा प्रियंकासहितका कलाकार र प्राविधिक सहभागि थिए । यो फिल्ममा शर्मिला मल्ल, कमला घिमिरे, सुष्मा लामा, अंशु महर्जन, कुसुम शर्मा, प्रिया रिजाल, गीता अधिकारी, सरिता भण्डारी, प्रितिका शर्मा, आश्मा पाण्डे र रेश्मा केसीको पनि अभिनय हुनेछ ।
मुहुर्तमा अखिल नेपाल क्रान्तिकारी चलचित्रकर्मी संघका विवेक सापकोटाले क्ल्याप,सवनम मुखियाले क्यामरा, रक्षासिंह राणाले निर्देशन गर्दा पत्रकार शान्तिप्रियले नरिवल फुटाएका थिए । अभिनेत्री कार्की र यो फिल्मबाट डेब्यु गर्न लागेकी गायिका कमला घिमिरेले मुहुर्त सट दिएका थिए । फिल्ममा प्रियंका र कमला आमाछोरीको भूमिकामा छन् ।


