• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. जग्गा भाडामा लिएर सयपत्री खेती

  • २. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ५. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ६. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

  • ७. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • ८. आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै

  • ९. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • १०. फूलपाती बढाइँ समारोह–२०८३ टुँडिखेलमा सम्पन्न, राष्ट्रपति पौडेलको प्रमुख आतिथ्य

फिल्म ‘नम्बरी सुन’मा गौरव पहारी कमेडी, रोमान्स, ड्रामा, एक्सन सबै क्यारेक्टरमा

  •   बुधबार, साउन २३, २०८१ मा प्रकाशित

अभिनेता गौरव पहारीले फिल्मी करियरमा फरक–फरक चरित्र निभाए । कमेडी, प्रेमकथा, एक्सन, राष्ट्रप्रेमजस्ता फरक फरक फ्लेभरका फिल्ममा अभिनय गरे । फरक फिल्ममा फरक चरित्र निभाएका गौरव यही शुक्रबारबाट रिलिज हुने फिल्म ‘नम्बरी सुन’मा एकै पात्रमा फरक फरक फ्लेभर दिँदैछन् ।

‘म एउटै पात्रले कमेडी, रोमान्स, ड्रामा, एक्सन सबै क्यारेक्टर गरेको छु । फिल्मपिच्छे फरक चरित्र निभाइरहेको म एउटै फिल्ममा धेरै जनरालाई अंगाल्दा चुनौती धेरै थियो । सबै चरित्रहरु एउटै क्यारेक्टरमा देखिनुपर्ने भएकाले पनि नम्बरी सुनमा काम गर्न सहमत भएँ’ गौरव भन्छन् ।

फिल्ममा गौरव तल्लो वर्गको र नायिका नम्रता सापकोटा माथिल्लो वर्गको पात्र हुन्छन् । ‘मैले तल्लो वर्गको प्रतिनिधित्व गरेको छु । जसको प्रेम मुखियाकी छोरीसँग हुन्छ । फिल्ममा मेरो बुवा पात्रले सुन बनाउने काम गर्नुहुन्छ । त्यो समयमा अहिलेको जस्तो टोल टोलमा सुन पसल हुँदैन थियो । फिल्ममा मेरो बुवाले गाउँ डुल्दै गाउँका मुखियाहरु कहाँ महिनौं बिताएर सुन बनाउनु हुन्छ’, उनी भन्छन् ।

गौरवका अनुसार फिल्ममा उनको चरित्र सहयोगी किसिमको छ । ‘यो गाउँकै कथा हो । गाउँमा साथीहरुसँग हल्लिएर हिँडेर, बस्ने चत्रिर छ । तर ऊ गाउँमा कोही कसैलाई केही मद्दत चाहियो भने उसलाई मद्दत गर्छ । तर त्यसको परिणाम कस्तो आउँछ भन्ने उसले सोच्दैछन । परिणामले ऊ खुशी पनि हुन्छ र पछुताउँछ पनि’, गौरव आफ्नो चरित्र खुलाउँछन् ।

एकै पात्रले फरक फरक चरित्र निभाउँदा पनि गौरवलाई धेरै असहज भएको रहेनछ । ‘आज एउटा चरित्र निभाएको हुन्छु । भोलि अर्को चरित्र निभाउनु पर्ने हुन्छ । चरित्र परिवर्तन गरिरहँदा मलाई केही अप्ठ्यारो भएन । किनकी मलाई अन्य कलाकारहरुले सहयोग गर्नुभयो’, गौरव भन्छन्, ‘आज एउटा र भोलि अर्को जनरा गर्दा चरित्रमा मिश्रण भएन । म कट हुने बित्तिकै त्यो जोनबाट हटिहाल्थें ।’

यो फिल्ममा राजेन्द्र खड्गीसँग गौरवको द्वन्द्वको दृश्य छ । त्यो दृश्य खिचिरहँदा उनी निकै ‘नर्भस’ भएका रहेछन् । ‘राजेन्द्र खड्गी अंकलसँग मेरो वान एण्ड वान एक्सन दृश्य छ । त्यो एक्सन कम्पोज अलिकति लामो थियो । एक्सन गर्ने भनेपछि भित्रबाट त्यो खालको जोश आइहाल्छ, नियन्त्रणमा हुँदैन । मैले एक्सन गर्ने बेलामा राजेन्द्र अंकलको टाउको छुनु पर्ने थियो । तर मैले झड्याम्मै बजाइदिएँ’, गौरवले सम्झिए, ‘तर उहाँले छोड्नु भएको थिएन । म आफैं नर्भस भएर ‘क्यामरा कट’ भनेर रोकें । अनि अंकलले ‘गौरव किन रोकेको कन्टिन्यू गर्नुपथ्र्यो नि’ भन्नुभयो । मैले ‘म नर्भस भएँ । त्यसकारण रोकें’ भनेपछि उहाँले कुरा बुझ्नुभयो ।’
गौरव आफ्नो जीवनमा ‘नम्बरी सुन’ सम्झिइरहने फिल्ममा पर्ने दाबी गर्छन् । ‘किनभने मलाई यसको जनरा मनपरेको छ । एक्सन, प्रेम, कमेडी सबै छ । सायद भोलि गएर अरु फिल्ममा यस्तो गर्न पाउँछु कि पाउँदिन । सरोज खनाल, राजेन्द्र खड्गीसँग स्क्रिन शेयर गर्ने मौका पाएँ । हत्तपत्त सबैले त्यो अवसर लिएर आएको हुँदैन’, उनी भन्छन् ।

गौरव ‘नेगेटिभ क्यारेक्टर’ गर्न चाहन्छन् । उनको बुझाईमा त्यो चरित्र देख्नासाथ ‘भिलेन’ जस्तो नदेखियोस् । ‘देख्ने बित्तिकै भिलेन होइन, बानी व्यवहारले भिलेन जस्तो । उसको परिचय नै भिलेन होइन, तर काम गर्दै गएपछि लास्टमा ‘ए भिलेन यो पो रहेछ’ भन्ने किसिमको भान दर्शकमा होस्’, गौरव खुलाउछन् ।

बुधबार, साउन २३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो
रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम
चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते
जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार
‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल
बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

Namaste Chitwan

लोकप्रिय

  • १.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • २.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    शक्तिपीठमा भक्तजनको घुइँचो

  • ५.
    काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो

  • ६.
    राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

भर्खरै

  • १.
    पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो

  • २.
    रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम

  • ३.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ४.
    जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार

  • ५.
    ‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल

  • ६.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ७.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ८.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.