काठमाडौं ,साउन २९
यसवर्षको बहुप्रतीक्षित चलचित्र ‘छक्कापञ्जा ५’को पहिलो गीत ‘बिहे भाको छैन’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा चलचित्रका मुख्य दुई कलाकार दीपकराज गिरी र वर्षा सिवाकोटी फिचर्ड छन् ।
गीतमा दीपक शर्माको संगीत, दीपकराज गिरी र संगीतकार शर्माको शब्द रचना रहेको छ भने सवीन शर्मा र बेनिशा पौडेको स्वर सुन्न सुकिन्छ । रिकेश गुरुङले एरेञ्ज गरेको सार्वजनिक गीतको भिडियोमा सुनिल क्षेत्रीको कोरियोग्राफी रहेको छ ।
अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको निर्देशनमा निर्माण भएको चलचित्र ‘छक्का पञ्जा ५’ दशैंको फूलपातीको अवसर पारेर असोज २४ गतेबाट नेपाल र विदेशमा एकसाथ प्रदर्शन हुँदैछ ।
आमा सरस्वती मुभिज र आएमईको प्रस्तुतीमा निर्माण भएको चलचित्रमा कार्यकारी निर्माता केदार घिमिरे (माग्ने बुढा) र निर्मल शर्मा हुन् । दीपक, वर्षाको साथै केदार घिमिरे (माग्ने बुढा)को पनि मुख्य भुमिका रहेको छ भने अन्य कलाकारको बारेमा भने निर्माण टिमले की खुलाएको छैन ।
अभिनेता निर्माता दीपक राज गिरीको पटकथा रहेको चलचित्रको कथा र संवाद दीपक, केदार र दीलिप तामाङले मिलेर लेखेका हुन् । हरि हुँमागाईको छायांकन, रोशन श्रेष्ठको द्धन्द्व निर्देशन, कपिल पराजुलीको कलर रहेको चलचित्रमा विपिन मल्लको सम्पादन रहेको छ ।


