चितवन ,भाद्र ९। नारायणगढ मुग्लिङ सडकमा आइतबार बिहान यात्रु वाहक बस दुर्घटना भएको छ । महेन्द्रनगर वाट काठमाडौँ जाँदै गरेको सो बस अहिले करिब सात बजे सडकको घुमाउनेमा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक भेषराज रिजालका अनुसार भरतपुर महानगर पालिका वडा नम्बर २९ मा भएको सो दुर्घटनामा परी १० यात्रु घाइते भएका छन् । घाइतेहरूलाई उपचाकालागि भरतपुर तर्फ ल्याइएको बताइन्छ ।
दुर्घटनाको विस्तृत विवरण थाहा हुन सकेको छैन । यद्यपि सडकमै बस पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया


