• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • २. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ४. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ५. साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ६. नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

  • ७. नवरात्रको नवौँ दिन : कात्तिक २ गते महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

  • ८. आज कार्तिक ०३ गते मङ्गलबारको तपाइको राशिफल

  • ९. दशैंमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी

  • १०. आज कार्तिक ०१ गते आइतबारको तपाइको राशिफल

११अ‍ैें संस्करणको तीज म्यूजिक अवार्ड सम्पन्न एलीना चौहान मौलिक तीज गायिका

  •   बुधबार, भदौ १९, २०८१ मा प्रकाशित

छायाँछवि क्रियशनले नियमीत रुपमा आयोजनामा गर्दै आएको छायाँछवि तीज म्यूजिक अवार्ड –०८१ को ११ औं संस्करण सम्पन्न गरेको छ ।

११औं संस्करणमा उत्कृट मौलिक तीज गायिका तर्फ गम्कीदे मादलु… बाट एलीना चौहानले बाजी मारेकी छिन् भने उत्कृष्ट तीज गीत गायिकामा हरदनि पुजा गर्छु म… बाट शोभा पाण्डे एवं यहि बिधामा जुरी तर्फ बिन्दु बिसी ले अवार्ड चुम्न सफल भइन् । उत्कृष्ट मौलीक तीज गीतको लय तर्फ काली पसम की डोरी कसम… गीत बाट प्रेम सापकोटा सोनुले अवार्ड प्राप्त गरे । यसै गीतबाट स्मारीका ढकालले मौलीक तीज गीत मोडलमा बाजी मारीन् भने तीज गीत मोडल (महिला) तर्फ कविता न्यौपाने उत्कृष्ट बन्न सफल भइन् । साथै यसै बिधामा तीजको उमङ्ग.. गीत बाट शीला गजुरेलले जुरी अवार्ड प्राप्त गरीन् ।

छायाँछबि क्रियशनद्धारा आयोजित ११ औं संस्करणको छायाँछबि तीज म्युजिक अवार्ड २०८१ को अवसरमा चर्चित मोडल स्व. दिपाशा बि.सी.को स्मृतिमा यस वर्षदेखी स्थापीत छाँयाछवि दिपाशा स्मृति पुरस्कार प्रदान गरिएको छ । एघार हजार एक सय एघार रुपैयाको नगद राशी, सम्मान पत्र, दोसल्ला सहितको छाँयाछवि दिपाशा स्मृति पुरस्कार यस बर्ष चर्चित मोडल तथा म्यूजिक भिडियो कलाकार संघको प्रथम अध्यक्ष अञ्जु निरौलाले प्राप्त गरीन् ।

त्यसैगरी ११ औं छायाँछबि तीज म्युजिक अवार्ड २०८१ कै अवसरमा मोडल सिम्रन दुलाल कुसुम, पत्रकार बर्षा खनाल, गायिका बबिना भट्टराई, बरिष्ठ सौन्दर्यविद् चुनु थापा र लोक गायिका सञ्जु न्यौपानेलाई छायाँछबि तीज नारी सम्मान द्धारा सम्मानित गरिएको छ । यस किसीमकोे सम्मान आ–आफ्नो क्षेत्रलाई उल्लेख्य योगदान दिए बापत सम्मानित गरीएको आयोजक छायाँछबि क्रियशन अध्यक्ष शान्तिप्रियले बताएका छन् ।

११औ संस्करणको छायाँछवि तीज म्यूजीक अवार्ड मा जुरीका रुपमा गीतकार कृष्णादेबि आचार्य रोशनी, गायक भीम लिम्बु, गीतकार गोबिन्द भट्ट एवं पत्रकार दीपज्योति थापा रहेका थिए । त्यस्तै कार्यक्रममा तीज सम्बन्धित साँस्कृतिक प्रस्तुती रहेको थियो । गायिका सहिमा श्रेष्ठ र गायिका अञ्जु श्रेष्ठ ले गायन प्रस्तुति दीएका थिए भने मोडल अश्मिता पुरी र निकीशा श्रेष्ठ एवं सूर्याेदय डान्स स्टूडीयोको नृत्य प्रस्तुती रहेको थियो । कार्यक्रमको सञ्चालन दीपज्योति थापाले गरेकी थिइन् । कार्यक्रममा रमेशमान श्रेष्ठको सेट डिजाइन, छीरीङ भुटीयाको साउण्ड डिजाइन रहेको थियो ।

छायाँछबिले आयोजना गरेको कार्यक्रमका अध्यक्ष शान्तिप्रिय एवं स्टेरीङ कमीटीमा माधवराज खरेल, श्रीदेब भट्टराई, गोकर्ण लामीछाने, कमला जोशी, भीम पौडेल, राजन थापा, दीपक थापा रहेका थिए । अवार्डको सल्लाहकार भुवन चन्द, बसुन्धरा भूषाल, चैत्यदेबि एवं देबिका बन्दना हुनुहुन्थ्यो भने कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, चलचित्र पत्रकार संघका अध्यक्ष समीर बलामी, लोक दोहोरी प्रतिष्ठानका पूर्ब अध्यक्षद्धय दुर्गा रायमाझी, चन्द्र शर्मा, गायिका देबिका बन्दना, साहित्यकार दामोदर पुडासैनि, कलाकार उत्तम केसी, अभिनेत्री मोडल जेबिका कार्की, संस्कतिकर्मी आर सी कोइराला, निर्देशक दीनेश कार्की, कलाकार गजति बिष्ट, मोडल मञ्जिता केसी सहित चलचित्रकर्र्मी एवं संगीतकर्मीको उपस्थिति रहेको थियो ।

अवार्ड बिजेताहरुः
उत्कृष्ट तीज गीत एरेञ्जर
विनय कार्की क्षेत्री – तिमी म नाचौं

उत्कृष्ट तीज गीत ध्वनी मिश्रण
प्रकाश मिश्र – उनकै नाममा

उत्कृष्ट तीज गीत छायाँकार
मुकेश हुमागाई – के लाई पीर लीन्छौ

उत्कृष्ट तिज गीत भिडीयो सम्पादक
वीरेन्द्र भाट विपीन – रातो टिकैमा

उत्कृष्ट तीज गीत नृत्य निर्देशक
सुरेन्द्र वसेल – तीजको उमङ्ग

उत्कृष्ट तीज गीत भीडीयो निर्देशक
श्रीजन बराल – नाँच मायाले

उत्कृष्ट तीज गीत मोडल (पुरुष)
राहुल श्रेष्ठ – हवाइजहाज चडेर

उत्कृष्ट तीज गीत मोडल (महिला)
कविता न्यौपाने – नाँच मायाले
शिला गजुरेल – तीजको उमङ्ग (जुरी)

मौलीक तीज गीत मोडल
स्मारिका ढकाल – काली पसम की

उत्कृष्ट तीज दोहोरी गीत गायक
राजेश बर्देवा – नाच छम्म छम्म

उत्कृष्ट तीज दोहोरी गीत गायिका
अञ्जना सरु – तिमी म नाचौं

उत्कृष्ट तीज गीत शब्द
सुमन बैरागी पण्डित – आएन परदेशी

उत्कृष्ट मौलीक तीज गीत शब्द
लोकराज अधिकारी – गम्कीदे मादलु

उत्कृष्ट तीज गीत लय
शुकदेव अधिकारी – नाँच मायाले

उत्कृष्ट मौलीक तीज गीत लय
प्रेम सापकोटा सानु – काली पसम की

उत्कृष्ट तीज गीत नव–गायिका
संजीता खड्का – बालेनको शहर

उत्कृष्ट तीज गीत गायिका
शोभा पाण्डे – हरदनि पुजा गर्छु
विन्दु बिसी – रातो टिकैमा (जुरी)

उत्कृष्ट मौलीक तीज गीत गायिका
एलीना चौहान – गम्कीदे मादलु

बुधबार, भदौ १९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कुम्हाल युवालाई माटोको भाँडा बनाउन भ्याइनभ्याइ
गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम
‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल
पोखरा–दुबई उडान : एक महिनामा ६ हजारभन्दा बढी यात्रुले लिए सेवा
आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल
पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो

Namaste Chitwan

लोकप्रिय

  • १.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४

  • ३.
    काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो

  • ४.
    शक्तिपीठमा भक्तजनको घुइँचो

  • ५.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई

  • ६.
    नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा

भर्खरै

  • १.
    कुम्हाल युवालाई माटोको भाँडा बनाउन भ्याइनभ्याइ

  • २.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ३.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ४.
    पोखरा–दुबई उडान : एक महिनामा ६ हजारभन्दा बढी यात्रुले लिए सेवा

  • ५.
    आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ६.
    पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो

  • ७.
    रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम

  • ८.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.