काठमाडौं ,भाद्र २१
फ्राइडे रिलिज अन्तर्गत यो शुक्रबार अर्थात् आज बाट नेपाली कथानक चलचित्र ‘रावायण’’र ‘देवी’ प्रदर्शन भएको छ । यति तपाई नया चलचित्र हेर्न सिनेमा घरमा जादै हुनु हुन्छ भने एक पटक यो हप्ता बाट प्रदर्शनमा आएको चलचित्रको बारेमा बुझेर हेर्न जानु होला ।हामी तपाईलाई फ्राइडे रिलिजको बारेमा पूर्ण जानकारी दिदै छौ ।शुक्रबारबाट नेपाली बक्स अफिसमा प्रदर्शनमा आएको चलचित्र ‘रावायण’ र ‘देवी’ बारे बिस्तृत जानकारी प्रकाशन गरेका छौ ।
‘रावायण’’
रिलिज अन्तर्गत आज बाट देशका प्रमुख सिनेमा घर बाट प्रतिक्षीत चलचित्र ‘रावायण’ प्रदर्शनमा आएको छ।चलचित्र ‘रावायण’’ लाई सुदर्शन थापाले निर्देशन गरेका हुन् ।
चलचित्र ‘रावायण’’ पल शाह, पुजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाल, कैलाश रावल, अनिल कुर्मी, रजिता पराजुली, निमा पाण्डे, विशाल पहारी, सुशान्तकुमार श्रेष्ठ, योगेश भण्डारी, प्रेरणा गिरी र सुहान श्रेष्ठको अभिनय छ ।

सुदर्शन थापा प्रोडक्शन र पुजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा बनेको फिल्मकी निर्माता पुजा शर्मा हुन् । फिल्ममा सुशन पाठक कार्यकारी निर्माता छन् ।
फिल्ममा सुदर्शन थापाको कथा, शिवम अधिकारीको लेखन, प्रदीप श्रीवास्तव र राज गौरवको ओरिजिनल हिन्दी स्क्रिप्ट, सौरभ लामाको छायांकन, मिलन श्रेष्ठको सम्पादन, प्रमोद श्रीनिवासनको साउण्ड डिजाइन, निरज सिंह, रेवन आरती सिंहको संगीत, नकासा अजिज, कुनाल गान्जावाला, सोनु कक्करको स्वर, डा. कृष्णहरि बराल र प्रदीप श्रीवास्तवको शब्द, रेवन आरती सिंहको ओरिजिनल ब्याकग्राउण्ड स्कोर, उमेश चौधरीको आर्ट डिरेक्सन, विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको एक्सन, समीर मियाँको भीएफएक्स, राजेन्द्र मोक्तानको कलर, विजय बस्यालको पोस्टर डिजाइन, नविन पुरीको प्रोडक्सन डिजाइन छ ।
‘देवी’
यस्तै फ्राइडे रिलिज अन्तर्गत आज बाट देशका प्रमुख सिनेमा घर बाट चलचित्र ‘देवी’ पनि प्रदर्शनमा आएको छ।चलचित्र ‘देवी’लाई संजोग राईले निर्देशन गरेका हुन् ।
चलचित्रमा शिल्पा मास्के, गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, प्रभाकर न्यौपाने, ध्रुब कोइराला, निरिक्षा घतानी, विशाल पहारी, निरु खड्का, जीवन जंग खड्का र विकास पन्तको अभिनय रहेको छ । सन्जेन थापाको सिनेमामा एक्सन रहेको छ ।

रेमन गुरुङ, नारायण राई र सञ्जोग राईको निर्माण रहेको सिनेमाको कार्यकारी निर्माता जावेद खान तथा सह-निर्माता शिल्पा मास्के, उजेन नोर्वे गुरुङ र मिलन लामा हुन् । जोएल फ्रोमले छायांकन गरेको सिनेमाको पटकथामा निर्देशक राईलाई अजय गौतमले सघाएका छन् । सिनेमालाई मनोज राठी र उज्वल पौडेलले वितरण गर्दैछन् ।
चलचित्र ‘देवी’ को कथा निर्देशक राईले अजय गौतमसँग मिलेर लेखेका छन् । ‘देवी’ एक्जिबिट स्टुडियोको प्रस्तुतिमा बनेको सिनेमा हो । सार्वजनिक प्रदर्शनका लागि यो सिनेमा निर्माण टिमले बाँसुरी फिल्म्ससँगको सहकार्य गरेको छ ।


