• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • २. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ४. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ५. साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ६. नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

  • ७. आज कार्तिक ०३ गते मङ्गलबारको तपाइको राशिफल

  • ८. नवरात्रको नवौँ दिन : कात्तिक २ गते महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

  • ९. दशैंमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी

  • १०. दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

‘एक्टरः टेक वान’ले नायिका आना शर्माको क्यारेक्टर पोस्टर सार्वजनिक

  •   बिहिबार, भदौ २७, २०८१ मा प्रकाशित

कात्तिक १५ गते (लक्ष्मीपूजा)बाट प्रदर्शन हुन लागेको चलचित्र ‘एक्टरः टेक वान’ले नायिका आना शर्माको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ ।

बिहीबार रोयल भिमसेन र सुजन श्रेष्ठ (ट्राइडेन कन्सेप्ट)को कन्सेप्ट डिजाइनमा तयार भएको पोस्टरमा नायिका आना मात्र चित्रित छिन्। पोस्टरमा आना सहरीया युवतीका रुपमा चित्रित छिन् । आकर्षक लुक्समा रहेकी उनी वान पिसमा छिन् । कलर गरेको कपाल र गला खुलेको वान पिसले उनलाई खुलेको छ ।

पृष्ठभूमिको आकर्षक झ्याल कुनै तारे होटेलको झैँ लाग्छ । बुट्टा कुँदिएको आकर्षक झ्यालले उनी कफ, डिनर अथवा ब्रकेफाष्टका लागि महंगो होटेलमा पुग्छिन् भन्ने संकेत गरेको छ । यसबारे निर्माण पक्षले भने केही खुलाएको छैन । उनको चरित्रको नाम प्रकृति रहेको बाहेक निर्माण पक्षले केही जानकारी दिएको छैन ।

यसअघि यो सिनेमाका तीन वटा पोस्ट सार्वजनिक भएका थिए । जहाँ फर्स्टलुक पोस्टरमा सिनेमाका प्रमुख कलाकार प्रदीप खड्काका पाँच भिन्न गेटअपमा सार्वजनिक गरेको थियो भने कालो टिसर्ट र लामो कपालमा देखिएका प्रदीप मात्रै प्रस्तुत भएको दोस्रो पोस्टर सार्वजनिक गरेको थियो । जहाँ उनी कसैको भौतिक आक्रमणमा परेको अनुहारभरि चोटैचोटमा देखिएका थिए ।

यस्तै अर्को पोस्टरमा यही सिनेमाबाट करिब १० वर्षपछि अभिनयमा कमव्याक गरेका अभिनेता राजबल्लभ कोइरालाको जन्मदिनको अवसर पारेर निर्माण पक्षले उनी फिचर्ड क्यारेक्टर थिम पोस्टर सार्वजनिक गरिएको थियो ।

उक्त पोस्टरमा सिगार सेवन गरिरहेका उनले प्रदीप खड्काको तस्वीर हेर्दै गरेको देख्न सकिन्छ । दाह्री र जुँगामा रहेका राजबल्लभको लुक्स, अगाडिको टेबल र पृष्ठभूमि हेर्दा उनी अनुसन्धानकर्मी हुन् कि भन्ने अनुमान लगाउन सकिन्छ ।

राजन भुसालको निर्देशन रहेको ‘एक्टर’मा प्रदीप, राजवल्लभ र आनासँगै नव-नायिका दिव्या रायमाझी अभिनेता दिव्य देव, सुशील सिटौलालगायतको अभिनय रहेको छ । अभिनेता दिलीप रायमाझीकी छोरी दिव्याले यही सिनेमाबाट डेब्यु गरेकी हुन् ।

अदृत फिल्मस् र मोती फिल्मस्को प्रस्तुतिमा रहेको सिनेमाका निर्माता थमन कुमार भण्डारी हुन् । क्रेयटिभ प्रोडुसर मोती कार्की रहेको सिनेमाको लाइन प्रोड्युसरमा तोरन क्षेत्री हुन् ।

सिनेमाको कथा आकाश बराल र राजन स्वयंले लेखेका छन् । सिनेमालाई नरेन्द्र मैनालीले खिचेका हुन् । शिशिर खाती र किरण थापा कोरियोग्राफी रहेको सिनेमामा अष्टम महर्जनको द्वन्द्व कृष्णमान तामाङको आर्ट डिरेक्सन, हर्कुलस बस्नेत, रोहित शाक्य र एलिस कार्कीको संगीत रहेको छ ।

मुख्य सहायक निर्देशकमा आकाश उखेडा र राजेश विश्वकर्मा रहेको सिनेमामा सह-निर्देशकमा विशाल जंग, समय थपलिया, जीवन ढुंगेल, सुमन कार्की रहेका छन् । सिनेमामा काव्य थापाको मेकअप, वसन्त बुढा र अनिका श्रेष्ठको कस्ट्युम डिजाइन रहेको छ ।

सिनेमामा निमेश श्रेष्ठको सम्पादन, राजेन्द्र मोक्तानको कलर, साहिल खान को पोट प्रोडक्सन सुपरभाइजर, रेलिजा श्रेष्ठको प्रोडक्सन डिजाइनर, नविन श्रेष्ठको साउण्ड, रोमन बज्राचार्यको ब्याकराउण्ड स्कोर, विवेक खकुरेलको सोसल मिडिया म्यानेजर, सोसल मिडिया कन्सेप्ट राइटरमा ज्ञानु संगम खड्का रहेका छन् ।

कात्तिक १५ गतेदेखि रिलिजमा आउने यो सिनेमाको वितरणको जिम्मा एप्पल इन्टरटेन्टमेन्ट र डिसिएनले लिएको छ ।

बिहिबार, भदौ २७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कुम्हाल युवालाई माटोको भाँडा बनाउन भ्याइनभ्याइ
गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम
‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल
पोखरा–दुबई उडान : एक महिनामा ६ हजारभन्दा बढी यात्रुले लिए सेवा
आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल
पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो

Namaste Chitwan

लोकप्रिय

  • १.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४

  • ३.
    काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो

  • ४.
    शक्तिपीठमा भक्तजनको घुइँचो

  • ५.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई

  • ६.
    नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा

भर्खरै

  • १.
    कुम्हाल युवालाई माटोको भाँडा बनाउन भ्याइनभ्याइ

  • २.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ३.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ४.
    पोखरा–दुबई उडान : एक महिनामा ६ हजारभन्दा बढी यात्रुले लिए सेवा

  • ५.
    आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ६.
    पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो

  • ७.
    रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम

  • ८.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.