चितवनको टाँडीमा भाटभटेनीको २९ औं शाखा खुल्ने भएको छ। तीन अर्ब रूपैयाँ हाराहारीको लागतमा रत्ननगर नगरपालिका ३ स्थित टाँडीमा भाटभटेनीको सुपरमार्केट स्थापना गर्ने लक्ष्यका साथ बुधबार भवनको शिलान्यान्स समेत गरिएको छ।
एक वर्षभित्र स्टोर सञ्चालन गर्ने लक्ष्यसहित भवनको शिलान्यास गरिएको भाटभटेनी सुपरमार्केट्सका प्रबन्धक विनोद भट्टराईले जानकारी दिनुभयो। यो शाखा भाटभटेनीकै ठूलो सुपरमार्केट हुने उनले बताउनु भयो। ‘चार विघा क्षेत्रफलमा फैलिएको भाटभटेनी तीन लाख २२ हजार स्क्वायर फिटको हुन्छ । यो देशकै सबैभन्दा ठूला सुपरमाकेर्ट हुनेछ।
पूर्वपश्चिम राजमार्गसँग जोडिएको यस भाटभटेनीले सौराहासहित पूर्वी चितवनको बजारलाई समेट्ने छ। यस सुपरमार्केटमा दुई वटा सिनेमा हल हुनेछन्। यस्तै फुड कोर्ड र बालबालिका लागि खेल क्षेत्रसमेत तयार हुनेछ। यस शाखाबाट करिव पाँच सय जनाले रोजगारी पाउने अपेक्षा लिइएको छ। पोखरापछिको पर्यटकीय स्थल सौराहा रहेकाले पर्यटन प्रवद्र्धन गर्नसमेत यस सुपरमार्केटले सहयोग पुर्याउने लिएको लक्ष्य छ।
४० वर्षको अघि काठमाडौंको टंगालमा कोल्डस्टोरबाट सेवा सुरु गरेको भाटभटेनीले चितवनमा दोस्रो शाखा खोल्न लागेको हो। यसअघि भरतपुरमा १२ औं शाखाको रूपमा सुपरमार्केट सञ्चालनमा ल्याएको थियो। भाटभटेनीले उपत्यकामा मात्रै १३ वटा शाखा सञ्चालनमा ल्याएको छ।


