• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. शक्तिपीठमा भक्तजनको घुइँचो

प्रिमियरमा ‘खुस्मा’को तारिफ

  •   बुधबार, असोज ०२, २०८१ मा प्रकाशित

असोज ३ अर्थात् भोली बिहीबारबाट प्रदर्शनमा आउने रहेको सिनेमा ‘खुस्मा’को मंगलबार साँझ कमलपोखरीस्थित बिग मूभिजमा भव्य प्रिमियर शोको आयोजना गरिएको थियो ।

सिनेमा हेरेर हलबाट निस्कदै गर्दा सवैले सिनेमा उत्कृष्ट बनेको भन्दै निर्देशक अशोक थापा मगर निर्देशकिय पक्ष तथा अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको अभिनयको तारिफ गरेका थिए । सिनेमामा काम गर्ने हरेक कलाकारले उत्कृष्ट काम गरेको उपस्थितहरुको भनाई थियो । प्रिमियर शोमा सिनेमा हेरेका अधिकांशले सिनेमाको कथालाई माओवादी द्धन्द्वको असर भोग्ने सवैले आफैलाई परेको महसुस गर्ने गरेको अनुभव सुनाएका छन् ।

कोरियोग्राफर तथा निर्देशक रेनेशा वान्तवा राईले खुस्मा हेरिरहँदा केही ठाउँमा आफु निकै इमोस्नल समेत भएको बताइन् । उनले धिरजसँगै सिनेमाकी मुख्य अभिनेत्री उपासनाको अभिनयको पनि तारिफ गरिन् ।

मगर समुदायको परिवेशमा निर्माण भएको प्रेमकथामा आधारित सिनेमाले जनयुद्धको प्रभावका बीच अंकुराएको प्रेमलाई पर्दामा देखाईएको छ ।

प्रतिनिधि सभाका सांसद ज्ञानेन्द्र शाहीले खुस्मा सिनेमा जस्तो नभई एउटा दस्तावेज जस्तो भएको बताएका छन् । ‘खुस्मा खासमा भन्दा दस्तावेज नै हो । निर्देशक अशोक जीले पहिलो पटक सिनेमा निर्देशक गर्नु भाको भन्ने कुरा विश्वास नै लागेको छैन् । किनभने सिनेमा हरेक एङगलबाट प्रस्टसँग प्रस्तुत गर्नुभाको छ । मैले आजसम्म २०/२५ वटा सिनेमाको प्रिमियर शोमा आइसेक हरेक सिनेमामा म राम्रो छ हेर्दिनुहोला मात्र भन्थे । यसमा के छ भने एकदमै दम छ । एक पटक तपाईले सिनेमा हेर्नु भएन भने तपाईले २०५२ सालपछिको नेपाल नै बुझ्नु हुन्न’, उनले भने ।

‘एक जना सामान्य मान्छेको जीवनमा राज्य पक्ष र विद्रोही पक्षबाट केकति असर पर्यो भन्ने कुरा स्पष्ट रुपमा देखाउनु भएको छ । सिनेमा हेरिरहँदा यो सिन पशचात यो सिन आउला भन्ने कल्पनासम्म गर्न सक्नुहुन्न । लाकुरीको रुख र गिद्ध उडेको लगायत विभिन्न दृश्यबाट सिनेमाको सरल सवैले देखे भोगेको कुरालाई सिनेमामा प्रस्तुत गरिएको छ’, सांसद शाहीले भने ।

निर्देशक निश्चल बस्नेतले खुस्माबाट निर्देशक अशोक थापा मगरले जे चिज भन्न खोज्नु भएको थियो । त्यसलाई मज्जाले प्रस्तुत गर्नु भएको छ । उहाँ आफैले सिनेमा लेख्नु पनि भएको छ । सम्पादन पनि आफै गनु भएको छ त्यसैले पनि सिनेमा निर्देशक ज्युले आफूले चाहेको जस्तो बनाउन सक्नु भएको होला । कलाकारमा उपसनाको काम अत्यन्तै राम्रो छ । त्यससँगै धिरजले पनि अभिनयमा आफुलाई अब्बल साबित गरेका छन् । अन्य कलाकारहरुले पनि निकै राम्रो काम गरेकाले खुस्मा एकपटक सवैले हेर्नै पर्ने सिनेमा बनेको छ । यस्तै अभिनेता सलिनमान बनियाालाई पनि सिनेमा निकै मन परेको बताए ।

सिनेमा भोलिबाट प्रदर्शनमा आउँदैछ । एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको सिनेमाको लेखन तथा निर्देशन अशोक थापा मगर गरेका हुन् । उनले यसअघि केही डकुमेन्ट्री सिनेमा लेखन तथा निर्देशन गरेपनि यो नै ठुलो पर्दाको पहिलो निर्देशकिय सिनेमा हो । डकुमेन्ट्री सिनेमाबाट निर्देशक थापाले नौ वटा बिभिन्न अर्न्तराष्ट्रिय सिनेमा महोत्सवबाट आवार्ड प्राप्त गरिसकेका छन् ।

सिनेमाको निर्मातामा विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर र बेतान मगर छन्, भने सह-निर्माता सुस्मिता बुढाथोकी हुन् । सिनेमामा दिपक बज्राचार्यको छायांकन रहेको छ । सिनेमाको सार्वजनिक गीत र ट्रेलरले रुचाएका छन् । जसले गर्दा सिनेमाको गीत र ट्रेलर म्युजिक र मूभिज सेक्सन अन्तर्गत ट्रेन्डिङको शिर्ष स्थानमा छन् । त्यसैले सिनेमाप्रति दर्शकको उत्साह उच्च रहेको बुझ्न सकिन्छ ।

सिनेमामा धिरज र उपासनाका अलवा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ । एसडी योगी र छान्जु पार्क (कोरियन)को संगीत, सुरेन्द्र राना, राम अविरल बिष्ट र निर्देशक थापा मगरको गीत रचना रहेको छ । सिनेमाको वितरण गोविन्द शाहीको काफिया फिल्मसले गर्नेछ ।

सिनेमाको प्रिमियर शोमा सशस्त्र द्धन्द्वकालको कथामा निर्माण भएको सिनेमा हेर्न राजनिज्ञ, सिनेमाकर्मी र पत्रकारको बाक्लो उपस्थिति रहेको थियो । प्रतिनिधि सभा सांसद ज्ञानेन्द्र शाही, निर्देशक निश्चल बस्नेत, रामबाबु गुरुङ, घनश्याम लामिछनाने, कोरियोग्राफर तथा निर्देशक रेनेशा वान्तवा राई, लेखक प्रदीप भारद्धाज, निर्माता रोहित अधिकारी, सरोज न्यौपाने, अभिनेताद्धय सलिनमान बनियाँ र आर्शिवाद क्षेत्री, अभिनेत्री गौमाया गुरुङ, पशुपति राई, लुनिभा तुलाधर तथा रुकुमका स्थानिय बासिन्दा पनि सिनेमा हेर्न हल पुगेका थिए ।

 

बुधबार, असोज ०२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.