काठमाडौं ,असोज २
यस वर्षको बहुप्रतीक्षित चलचित्र ‘छक्कापञ्जा ५’ को दोस्रो गीत सार्वजनिक गरिएको छ।चलचित्रको सार्वजनिक ‘ब्रेकअप सङ’ गीतमा कलाकार दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, वर्षा सिवाकोटीसँगै मेक्सम गौडेल, सुरवीर पण्डित र रामेश्वर केसी फिचर्ड छन्। गीतमा बाबुल गिरी श्वर ,शब्द, संगीत र एरेन्ज रहेको छ । गीतमालाई गम्भीर विष्टले कोरियोग्राफर गरेका हुन्।
दीपाश्री निरौला निर्देशित ‘छक्कापञ्जा ५’ दशैंको फूलपातीको दिन असोज २४ गते प्रदर्शन हुँदैछ ।आमा सरस्वती मुभिज र आएमईको प्रस्तुतीमा निर्माण भएको चलचित्रमा कार्यकारी निर्माता केदार घिमिरे (माग्ने बुढा) र निर्मल शर्मा हुन् ।
चलचित्रमा आर्यन सिग्देल, निर्मल शर्मा, तेज गिरी आदिको पनि अभिनय रहेको छ । हरि हुमागाइँको डिओपी तथा उत्तम हुमागाइँको छायांकन रहेको यस चलचित्रमा दीपकराज स्वयंको पटकथा लेखन छ भने दीपक सगै कथा र संवादमा केदार घिमिरे र दीलिप तामाङ रहेका छन् । चलचित्रमा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन तथा विपिन मल्लको सम्पादन छ ।


