वैशाख १५ ,भरतपुर ।स्थानीय तह निर्वाचन अन्तर्गत भरतपु्र महानगरपालिका वडा नम्बर ७ को वडा सदस्यमा लेखनाथ भुषालले आफ्नो उम्मेद्धवारी दिएका छन । अधिवक्ता समेत रहेका लेखनाथ भुषालले जनता समाजबादि पार्टि (जसपा) बाट वडा सदस्य पदको लागि उम्मेद्धवारी दिएका हुन् ।भुषाल व्यवसायीक कृषक पनि हुन । उनकै नेतृत्वमा युवा आधुनिक सामुहिक खेती संचालनमा छ । बिगत ४ बर्ष देखि भरतपुर २५ मा १०० बिग्गा जमिनमा सामुहिक तरकारि खेति हुदैँ आएको छ ।
आफ्नो वडा आफै बनाउ, आज नगरे कहिले गर्ने अनि युवाले नगरे कस्ले गर्ने भन्ने हुटहुटिका कारण आफुले वडा सदस्यको उम्मेद्धवारी दिएको भुषालले बताए । भुषाल संग काठमाडौँका कलेज तथा स्कुलमा पढाएको अनुभव पनि छ ।
उनले त्रिभुवन बिश्वविधालय अन्तर्गतको काठमाण्डौंको गोल्डेन गेट इन्टरनेशनल कलेज बाट भौतिक शास्त्रमा स्नातकोत्तर तह र नेपाल ल कलेज बाट कानुनमा स्नातक तह पास गरेका छन् । उनि भरतपुरको वडा स्तरको भष्ट्रचार निवारण समितिका अध्यक्ष समेत हुन ।अध्ययन संगै, कृषी उत्पादनमा जोडिएका व्यक्ति वडा सदस्यमा आउँदा वडावासीहरुले समेत सकारात्मक प्रतिक्रिया दिएका छन् ।कृषिको दिगो बिकास र समग्र वडालाई कृषिमा आत्मनिर्भर गर्न आफ्नो जित आवश्यक रहेको उनी बताउछन् ।


