काठमाडौं ,असोज १५
गायक ढाकाराम पौडेलको स्वर ,शब्द र संगीत रहेको गीत “मत ठुलो फ्यान बालेन शाहको ” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।
गायक पौडेलले लामो समय देखि चितवनमा बसेर नेपाली गीत संगीतलाई योगदान दिदै आउनु भएको छ ।
गीतमा काठमाडौं मेयर बालेन शाहको राम्रो कामको चर्चा गर्नुको साथै देशले चाहेको नेता शाह रहेको भन्न खोजिएको छ ।डान्सिङ शैलीको यस गीतमा संगीत संयोजन सुनिल परियारको रहेको छ।
गीतको भिडियोमा गायक ढाकाराम पौडेललाई फ़िचड । सूजेन चौधरीले छायाँकन गरेको यस भिडियोलाई सुरज महत्तोले सम्पादन गरेका हुन्। सुरेश चौधरीको निर्देशनमा भिडियो तयार पारिएको हो।
भिडियो वर्षा म्युजिक डिजिटल नामक युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो। भिडियोलाई दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ।
तपाईको प्रतिक्रिया


