काठमाडौं ,असोज १९
यस वर्षको बहुप्रतीक्षित चलचित्र ‘छक्कापञ्जा ५’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक गरिएको छ।दीपाश्री निरौला निर्देशित फिल्म ‘छक्कापञ्जा ५’ ट्रेलरमा इमान्दार सरकारी कर्मचारीले विवाहका लागि गर्न संघर्ष फिल्मको कथा रहेको अनुमान गर्न सकिन्छ । ट्रेलर निकै आकर्षक बनेको छ । जसले दर्शकलाई फिल्म प्रति कौतूहलता पैदा गर्छ ।
फिल्मको यसअघि सार्वजनिक दुई गीत चर्चामा छ ।चलचित्रको सार्वजनिक ‘ब्रेकअप सङ’ ले दर्शकको मन जित्नुको साथै टिकटकमा धेरै टिकटक बनेको भिडियो समेत बनेको छ ।
‘छक्कापञ्जा ५’ दसैँको फूलपाती अर्थात असोज २४ गतेदेखि प्रदर्शन आउदैछ भने फिल्ममा दीपकराज गिरी, केदार प्रसाद घिमिरे ‘माग्ने बुढा’, वर्षा सिवाकोटी, राजाराम पौडेल, रमेश वुढाथोकी, प्रकाश घिमिरे, नरेन्द्र थापा, उत्तम केसी, ब्रजेस खनाल, हिउँवाला गौतम, नविन श्रेष्ठ, दमन रुपाखेती, लोकेन्द्र लेखक र निर्मल शर्मा लगायतको अभिनय छ ।
दीपकराज गिरीको कथा र पटकथा रहेको फिल्ममा दीपकराज गिरी, केदार प्रसाद घिमिरे र दिलिप तामाङको संवाद छ । आमा सरस्वती मुभिज र आएमईको प्रस्तुतीमा निर्माण भएको चलचित्रमा केदार प्रसाद घिमिरे र निर्मल शर्मा कार्यकारी निर्माता रहेको फिल्ममा केशव न्यौपाने र दीपेन्द्र खनियाँ निर्माताको रुपमा छन् ।
हरि हुमागाँइको डीओपी रहेको फिल्ममा उत्तम हुमागाँइको छायांकन छ । फिल्ममा विपिन मल्लको सम्पादन छ । गम्भिर बिष्ट र सुनिल क्षेत्रीको कोरियोग्राफी रहेको फिल्ममा शम्भुजित बास्कोटा , दीपक शर्मा र बाबुल गिरिको संगीत छ ।


