• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

‘मन्त्र’ फिल्मको प्रिमियरमा डा. बाबुराम भट्टराईदेखि दीपक, दीपा,निश्चल, विपिन सम्म पुगे

  •   बिहिबार, बैशाख १५, २०७९ मा प्रकाशित

वैशाख १५ ,काठमाडौं ।भोली अर्थात शुक्रबारदेखि देशव्यापी प्रदर्शनको तयारीमा रहेको सौगात मल्ल, बुद्धि तामाङ र दीया पुन स्टारर सिनेमा ‘मन्त्र’को ‘ग्राण्ड प्रिमियर’ गरिएको छ । सिनेमाको बुधबार साँझ राजधानीको बिग मुभिजमा प्रिमियर गरिएको हो ।

प्रिमियरमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईदेखि सिनेमा क्षेत्रका चर्चित अनुहारहरुको उपस्थिति थियो । अभिनेता दीपकराज गिरी, अभिनेत्री एवं निर्देशक दीपाश्री निरौला, अभिनेता एवं निर्देशक निश्चल बस्नेत, अभिनेता विपिन कार्की, कलाकार एवं निर्देशक नरेश पौड्याल, गायक युवराज चौलागाईँ, मोडल निराजन प्रधान लगायतको उपस्थिति थियो ।

करिब ५१०० मिटरभन्दा माथिको उचाईमा रहेको मनास्लु हिमालको बेसक्याम्प क्षेत्रमा छायाँकन गरिएको सिनेमालाई हिमाली प्रेमकथा भनिएको छ । ‘मन्त्र’ हेरिसकेपछि अभिनेता दीपकाराजले सिनेमाको छायाँकनस्थलले सबैभन्दा बढी लोभ्याउने बताए । ‘सिनेमा जुन ठाउँमा छायाँकन गरिएको छ, त्यो छायाँकनस्थलले सबैभन्दा बढी लोभ्याउँछ । सिनेमामा हामी हिमाललाई क्लोजसँग हेर्न पाउँछौं’ अभिनेता दीपकराजले भने, – ‘अर्को ब्याकग्राउण्डस्कोर सबैभन्दा बढी बुलन्द छ सिनेमाको ।’ उनले ‘मन्त्र’फरक खालको लभस्टोरी सिनेमा लागेको बताउँदै सिनेमामा बोनसका रुपमा कमेडीसँगै हिमालका दृश्यहरु, ब्याकग्राउण्डस्टोर रहेको प्रतिक्रिया दिए ।


अभिनेत्री दीपाश्री निरौलाले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँने क्रममा दीपकराजतर्फ हेर्दै भनिन्, ‘अब यस्तै स्क्रिप्ट चाहियो मलाई । यस्तै पहाडको स्क्रिप्ट चाहियो, यस्तै मनास्लुको स्क्रिप्ट चाहियो ।’ उनले ‘मन्त्र’ हेरुन्जेल सिनेमाको कथावस्तु, लोकेशनले आफूलाई बाँधेर राखेको प्रतिक्रिया दिईन् । सिनेमाको कथावाचन, लोकेशन, डिओपी, कलाकारहरुको काम सबै पक्ष राम्रो रहेको बताईन् । उनले सिनेमाको क्लाइमेक्स सिन नछुटाउन समेत दर्शकलाई आग्रह गरिन् ।

प्रिमियरमा कमै पुग्ने अभिनेता एवं निर्देशक निश्चल बस्नेतले सिनेमा रमाईलो लागेको बताए । उनले कुनै भेगको आफ्नै कथालाई सिनेमामा रमाईलो तरिकाले प्रस्तुत गरिएको बताए । ‘हेरौं कतिबेरसम्म बस्न सकिन्छ भनेर हेरिरहेको थिएँ । तर, पुरै सिनेमा आरामसँग हेर्न सकियो’ बस्नेतले भने, ‘पछिल्लो समय नेपालभित्रको विभिन्न भेगको विभिन्न कथाहरु सिनेमामा आईरहेको छ । यसरी नै सिनेमाहरु बन्दै जानुपर्छ जस्तो लाग्छ ।’ निश्चलले पनि ब्याकग्राउण्डस्टोर सिनेमाको सशक्त पक्ष रहेको प्रतिक्रिया दिए । निर्देशक तथा कलाकार नरेश पौड्याल, गायक युवराज चौलागाईँ लगायतले सिनेमा मनपरेको प्रतिक्रिया दिएका थिए । प्रिमियरमा अभिनेता बुद्धि तामाङ छायाँकनमा भएका कारण उपस्थित हुन् सकेनन् भने अभिनेत्री दीया पुन सगरमाथा आरोहणका क्रममा रहेकाले उपस्थित भईनन् । अभिनेता सौगात मल्ल भने प्रिमियरमा उपस्थित थिए ।

खिलबहादुर गुरुङको निर्देशनमा तयार भएको सिनेमा ‘मन्त्र’मा नमिता तामाङ, पासाङ टी शेर्पा र वीरबहादुर लामा लगायतको पनि अभिनय रहेको छ ।सुरेश कार्की, रविराज कार्की र सुभ श्रेष्ठ निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता देवेन्द्र मानन्धर हुन् । परिक्षेद सेनको कथा रहेको चलचित्रमा साम्तेन भुटिया, सुनिल निउरे र सेन स्वयंको पटकथा, सञ्जय लामाको छायांकन एवं मित्र डि.गुरुङको सम्पादन छ ।

बिहिबार, बैशाख १५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

‘कबड्डी ५’को अग्रिम बुकिङ खुला, देशभर २०० भन्दा बढी शो पाउने अपेक्षा
‘सारथी’को टिजर सार्वजनिक, निरुता सिंहलाई ‘आमा’ भन्दै देखिए गिरि विश्वकर्मा
काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ
बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा
‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी
‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.