वैशाख १६ , भरतपुर ।निर्देशक मिलन चाम्सले निर्देशन गर्न लागेको नयाँ चलचित्र ‘वर एण्ड वधु’मा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको इन्ट्री भएको छ । निर्माणपक्षका अनुसार, केही दिन अगाडि मात्र साम्राज्ञीसँग लिखित संझौता भएको हो । योसँगै चलचित्रमा नायिका आँचल शर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह र नव–नायक विवेक कर्माचार्यको मुख्य भूमिका रहने पक्का भएको छ ।
कमेडी र रोमान्सको मिश्रणमा तयार हुन लागेको यो चलचित्रलाई स्थानीय निकायको निर्वाचनपछि मात्र छायांकनमा लैजाने तयारी गरिएको निर्देशक मिलन चाम्सले जानकारी दिए । एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा साम्राज्ञीको प्रवेशसँगै कलाकारको लाइनअप बलियो बनेको छ ।
निर्देशक चाम्सले ‘गोर्खा वारियर २’को छायांकन गरिरहेका छन् । साम्राज्ञीले भने ‘तिम्रो मेरो साथ, ह्यारी कि प्यारी’को छायांकन सकाएकी छिन् भने ‘लण्डन टू पेरिस’को छायांकन सुरु गर्ने तयारीमा छिन् ।मिलनले पहिलो चरणको लकडाउन लगतै साम्राज्ञीसँग एक अनटाइलट प्रोजेक्टका लागि संझौता पनि गरिसकेका छन् ।


