• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

इन्टरनेशनल ह्यारिटेज म्याराथनमा सञ्जय र प्रजिता प्रथम

  •   शनिबार, कार्तिक १०, २०८१ मा प्रकाशित

चितवन ,कार्तिक १० – चितवनको भरतपुरमा इन्टरनेशनल ह्यारिटेज म्याराथन सम्पन्न भएको छ। रोटरी क्लब अफ चितवनको आयोजनामा भरतपुर भ्रमण वर्षको अवसर पारेर भरतपुर महानगरपालिका–२३ को घैलाघारीबाट भरतपुर २८ स्थित मेघौलिको तेलौली बजार पुगेर प्रतियोगिता सम्पन्न भएको थियो ।

१४ किलोमिटरको दुरि तय गर्नुपर्ने उक्त इन्टरनेशनल ह्यारिटेज म्याराथनमा पुरुषतर्फ सञ्जय श्रेष्ठ र महिलातर्फ प्रजिता श्रेष्ठ प्रथम भएका थिए । उनिहरुले निर्धारित दूरी क्रमशः ४५ मिनेट १६ सेकेण्ड र ५६ मिनेट ११ सेकेण्डमा पार गरेका थिए । यस्तै पुरुषतर्फ दोस्रो स्थानमा राजेन्द्र तामाङले ४५ मिनेट १७ सेकेण्ड, तेस्रो स्थानमा रत्नबहादुर खत्रीले ४५ मिनेट २५ सेकेण्डमा र चौथो स्थानमा धीरबहादुर बुढाले ४६ मिनेट ५९ सेकेण्डमा निधारित दूरी पार गरेका हुन ।

यस्तै महिलातर्फ दोस्रो स्थानमा फूलमति रानाले ५६ मिनेट २६ सेकेण्डमा पार गर्दा आशा रानाले ५८ मिनेट २९ सेकेण्डमा पार गरेर तेस्रो भइन भने राज्यलक्ष्मी रानाले ५७ मिनेट ३८ सेकेण्डमा पार गरेर चौथो स्थान हासिल गरिन । महिला पुरुष दुवैतर्फ विजेतालाई क्रमशः रु ३० हजार, रु २० हजार, रु १० हजार र रु पाँच हजार नगदसहित प्रमाणपत्र र ट्रफी प्रदान गरिएको थियो । म्याराथनमा ४ सय ५० जना सहभागी भएकोमा १ सय नौ जनाले पुरा दुरि पार गरेका थिए ।

प्रतियोगितामा युके, युएसए, कम्बोडिया, साउथ सुडान, जर्मनी, अष्ट्रेलिया, थाइल्यान्ड लगायत १९ देशका नेपाली मुलका बिदेशी ( NRN ) प्रतियोगीहरु सहभागी रहेका कार्यक्रम संयोजक राजन पियाले जानकारी दिनुभयो । यस्ता कार्यक्रमले आपसी एकता, सद्भाव एवं स्वास्थ्यप्रतिको चिन्तनसँगै पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा सहयोग गरेको प्रमुख अथिती सांस्कृतिक पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्री प्रसाद पाण्डेले बताउनुभयो । स्वास्थ्य व्यक्तिले स्वास्थ्य समाज र मुलुक निर्माण गर्नसक्ने भन्दै यस्ता कार्यक्रमको महत्व धेरै हुने गरेको उहाँको भनाई थियो ।

कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जिल्लाको अर्थतन्त्रलाई चलायमान गराउन भ्रमण वर्षको आयोजना गरिएको बताउनुभयो । भ्रमण वर्षमा गरिने भनिएका कार्यक्रममध्ये अहिलेसम्म ५५ वटा कार्यक्रम सम्पन्न भइसकेको भन्दै उहाँले महानगरपालिकाले पर्यटन प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम गर्दै आएको बताउनुभयो । रोटरी क्लब अफ चितवनका अध्यक्ष भानु शर्माले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारी, कार्यक्रमका संयोजक राजन पियाले लगायतले बोल्नुभएको थियो ।

शनिबार, कार्तिक १०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.