काठमाडौं ,कार्तिक २३
फिल्म ‘तेल भिसा’को ट्रेलर सार्वजनिक भएको छ । फिल्मको ट्रेलरले सुत्केरी बुहारी स्याहार्न नेपालदेखि अमेरिका पुगेकी एक सासूको उल्झनको कथा चलचित्रमा देखाउना खोजिएको छ ।
निर्देशक शंकर घिमिरेको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र ‘तेल भिसा’मा अभिनेता विपीन कार्कीको बृद्ध र जवान गरी दोहोरो भूमिका हेर्न पाइनेछ ।चलचित्रमा विपिनसँगै वर्षा राउत, पूजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ, सुचित्रा उप्रेती र विदेशी कलाकारहरुको अभिनय रहेको छ ।
फिल्ममा विपिन दोहोरो भूमिकामा छन् । एकातिर उनी नेपालमा रहेका पिताको रोलमा छन् भने अर्कोतिर अमेरिकामा रहेका छोराको भूमिकामा । आमा अर्थात् सासूको भूमिकामा पूजा चन्द देखिएकी छन् ।
लामो समयदेखि अमेरिकामा बस्दै आएकी ऋचा घिमिरे फिल्ममा वकिलको भूमिकामा छिन् । उनका श्रीमान शंकर घिमिरेले निर्देशन गरेको यो फिल्मले अमेरिकास्थित नेपाली डायस्पोराको यथार्थ र मर्मस्पर्शी कथा भन्छ ।
वेलडन क्रियसनको व्यानरमा ऋचा घिमिरेको प्रस्तुति रहेको सिनेमामा अनिल पाण्डे र शिवराज कार्कीको लगानी छ । प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्माता रहेको सिनेमामा सुशन प्रजापतिको छायांकन छ ।रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी, आशिष अविरल, कल्याण सिंह र कृष्ण भारद्धाजको संगीत र अजय खड्काको सम्पादन छ ।


