• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. शक्तिपीठमा भक्तजनको घुइँचो

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

र्यापर गीत ‘चिसो चिसो हावाले’ को भिडियो सार्वजनिक

  •   बिहिबार, मङि्सर १३, २०८१ मा प्रकाशित

काठमाडौं ,मंसिर १३
र्यापर हाकिम र गायक ब्रिजेश श्रेष्ठले संयुक्त प्रस्तुतीमा तयार भएको र्यापर गीत ‘चिसो चिसो हावाले’ सार्वजनिक गरेका छन् । आज काठमाडौँ स्थित जमलमा रहेको विश्वज्योती सिनेप्लेक्समा पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरिएको र्याप गीतको अडियो गायक श्रेष्ठले तयार गरेका हुन् ।

गीतको भिडियोमा समेत गायक श्रेष्ठ, र्यापर हाकिम, मोडल युकी, एलिस बहादुर सिंहलगायतले अभिनय गरेका छन् । सार्वजनिक गीतले त्रिकोणात्मक प्रेमलाई दर्शाउने गायक श्रेष्ठले बताए । उनले भने,‘गीतमा चिसो हावालाई प्रेम कल्पना गरिएको छ । केही समयको अन्तरालमा ल्याएको यो गीत मलाई मध्यरातमा फुरेको थियो । हाकिम दाईसँग यसको अडियो तयार गरेपछि नेस स्टुडियो र फुजी स्टुडियोले यसको भिडियो परिकल्पना गरेका हुन् । अडियो झैँ भिडियो पनि सशक्त हुनुपर्छ भन्ने लागेर हामीले मेहनत गरेका छौँ ।’

गीत सार्वजनिक समारोहमा उपस्थित रहेका र्यापर गिरिश खतिवडाले र्यापरको माहोल राम्रो बनिरहेको देख्दा खुसी लागेको बताए ।
‘यसरी र्यापर अगाडी आएर आफूलाई चिनाउदै गीत सार्वजनिक गर्दा निकै खुसी लाग्छ । यो गीत अडियो र भिडियो पनि राम्रो बनेको छ । यस्तै कार्यक्रम गरेर यस्ता गतिविधि बढाउनु पर्छ । अहिलेको नयाँ पुस्ताले समेत र्यापरलाई राम्रोसँग अगाडी बढाएको देख्दा खुसी छु’, र्यापर खतिवडाले भने ।

र्यापर हाकिमले र्यापरको भेटघाटका लागि पनि यस किसिमको कार्यक्रम आयोजना गरिएको बताए । उनले भने,‘हामीले सधै कभर भिडियो बनाएर गीत सार्वजनिक गर्ने गरेका छौँ । आर्थिक अनुकुलता नहुँदा पनि त्यस्तो भएको पाइन्छ, तर यसरी सानै भएपनि कार्यक्रम गर्दा भेटघाटसँगै आत्मियता बढ्छ । एकअर्कासँग सहकार्य गर्ने माहोल बन्छ ।’

कार्यक्रममा शुभकामना दिन र्यापर मानस घले पनि उपस्थित थिए । विवेक मगरको छायाङ्कन र निर्देशन रहेको गीतको भिडियो नेस स्टुडियोमार्फत सार्वजनिक गरिएको छ । र्यापर हाकिमको ‘राक्षस’,‘चोरीदेउ लौन मलाइ’ र ब्रिजेशको ‘रङ्ग’, ‘ओ मैचा’,‘डल्ली’ लगायतका गीत लोकप्रिय छ ।

बिहिबार, मङि्सर १३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.