• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

  • १०. शक्तिपीठमा भक्तजनको घुइँचो

चलचित्र ‘कार्साङ’को टिजर सार्वजनिक

  •   बुधबार, मङि्सर १९, २०८१ मा प्रकाशित

काठमाडौं । चलचित्र ‘कार्साङ’को टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले आज चलचित्रको टिजर सार्वजनिक गरेको हो ।गाउँमा धामी बसेको सेटअपबाट सुरु हुने टिजरमा गरिबी, अभाव, निसन्तानपनले दिएको शास्ती र त्यसले दाम्पत्य जीवनमा सृजना गर्ने श्रीमान् श्रीमतीबीचको ठाकठुक छ ।

ऋण, सरसापटले काम चलाउने ग्रामीण परिपाटी, एकजोर नयाँ लुगाका लागि सन्तानले गरेको अपेक्षा पूरा गर्न नसक्ने अभिभावकको चरम गरिबी टिजरमा समावेश छ ।

टिजरले गरिबीका कारण कसरी आम मान्छे आफ्नै दाजुभाइ र समाजबाट हेपिन्छन् त्यसको कथा ‘कार्साङ’ले भन्ने संकेत गरेको छ । सन्तान नजन्मिएपछि श्रीमान् श्रीमतीले एकअर्कालाई गर्ने दोषारोपण यो चलचित्रको कथा रहेको टिजर हेरेर अनुमान लगाउन सकिन्छ ।

नेपाली ग्रामीण समाज सानोसानो नियमित गर्जो टार्न कसरी छटपटिन्छन् भन्ने तथ्यलाई ‘कार्साङ’ले भन्ने टिजर हेरर अनुमान लगाउन सकिन्छ ।

‘कार्साङ’ यम शेर्पाको डेव्यु निर्देशन हो । चलचित्रको कथा पनि निर्देशक आफैँले लेखेका छन् ।शेर्पा समुदायको संस्कृतिमा आधारित चलचित्र ‘कार्साङ’ पुस २६ गते पदर्शन हुनेछ ।

अभिनेता दयाहाङ राई, डेब्यु अभिनेत्री सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङको मुख्य भूमिका रहेको चलचित्रमा सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डित, कविता आले, कर्मा शेर्पा, छोकी शेर्पा, सभ्य दीप गौतम, बिमल पुरी, दिलीप पन्त, छिरिङ शेर्पा, पवन कुमार गोले, अमृत शेर्पालगायत कलाकारको अभिनय रहेको छ । सिनेमाको बाल कलाकारमा राशी लिम्बु, सोहन थापा रहेका छन् ।

हर्क साउद र डीपी खनालको शब्द रहेको गीतमा मनोज थापा मगर, एसडी योगी र बिशो डोङको संगीत, मनोज थापा मगर, एसडी योगी, रेश्मा पुन मगर, बिशो डोङ, सुनिता थेगिम, सुबानी मोक्तान, अस्मान लोप्चन, पाल्मु शेर्पाको आवाज रहेको छ ।

यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा निर्माण भएको चलचित्र पुरुषोत्तम प्रधानको छायांकार र निर्माता स्वयं हुन् ।चलचित्रको सह-निर्माता गोविन्द बोहरा, कार्यकारी निर्माता आङछिरिङ शेर्पा हुन् । लाइन प्रोड्युसरमा वीरेन्द्र शाही छन् ।

चलचित्रमा भूपेन्द्र अधिकारीको सम्पादन, मनोरञ्जन श्रेष्ठको रङ ग्रेडिङ, शाहिल खानको टिजर र ट्रेलर, राजु तामाङको मेकअप, अभि लामाको कोरियोग्राफी, मुकेश शाहको ध्वनि, सुदीप कुँवर, राम कुमार श्रेष्ठ र योगेन्द्र कार्की प्रमुख सहयाक निर्देशन रहेको छ ।

‘कार्साङ’को अन्तर्राष्ट्रिय वितरक अधिकार हुल्या इभेन्टस सुमन पराजुली र सोमलाल थोकर लिएको छन् । नेपालमा आरआर फिल्मसले वितरण गर्नेछ ।

बुधबार, मङि्सर १९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.