• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

एनपिएल चितवन बाहिरियो ,कर्णाली क्वालिफायर २ मा

  •   बुधबार, पुष ०३, २०८१ मा प्रकाशित

काठमाडौं , पौष ३
कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजलाई एलिमिनेटरमा २१ रनले पराजित गर्दै क्वालिफायर २ मा स्थान सुरक्षित गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कर्णालीले प्रस्तुत गरेको १७५ रनको लक्ष्य पछ्याउन असफल चितवनले १४६ रन मात्रै बनाउन सक्यो।अब कर्णालीले फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीचको क्वालिफायर १ को विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

चितवनले १७५ रनको लक्ष्य पछ्याउने क्रममा सम्हालिएको सुरुआत गर्न सकेन। पहिलो ओभरको पाँचौं बलमा हसन इसाखिल एक रनमै गुल्शनकुमार झाको हातमा क्याच आउट भएपछि चितवनले लगातार विकेट गुमाउँदै दबाबमा पर्‍यो। पहिलो पावरप्लेमा चितवनले ४७ रन जोड्दा तीन प्रमुख ब्याटर गुमाइसकेको थियो। विपिन रावलले १८ र ल्युक बेन्केनस्टेनले १६ रन बनाएर आउट भए।

कप्तान कुशल मल्ल र रवी बोपाराले चौथो विकेटका लागि ३६ रनको साझेदारी गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे। तर, कुशल २१ रनमै बोल्ड भएपछि चितवनको दबाब झन् बढ्यो।

रवीले ३४ बलमा तीन चौका र चार छक्कासहित ५३ रन बनाएर उत्कृष्ट प्रदर्शन गरे। तर, उनले पनि टोलीलाई जित दिलाउन सकेनन्। अन्य ब्याटर सन्तोष कार्की, सोहेल तनवीर, र अमर रौटेलले दोहोरो अंकको स्कोर बनाउन असफल भए, जसले चितवनको यात्रा समाप्त गर्‍यो।

बलिङतर्फ कर्णालीका जिशन मक्शूद सर्वश्रेष्ठ रहे। उनले चार ओभर बलिङ गर्दै तीन विकेट लिए। सोमपाल कामी र नन्दन यादवले समान दुई विकेट लिए भने विपिन शर्माले एक विकेट हात पारे। यो जितसँगै कर्णाली याक्स उपाधि होडका लागि अझै दौडमा रहँदै महत्त्वपूर्ण अवस्थामा पुगेको छ।

त्यसअघि विलियम बसिस्टो र जयकिशन कोल्सावालाको अर्धशतकसँगै कर्णालीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७५ रन बनाएको थियो।

तर, कर्णालीको सुरुआत ठिकठाकै रहे पनि पावरप्ले भित्र नै दुई विकेट गुमाउँदै ४९ रनमात्र बनाउन सफल भयो। ओपनर ऋत गौतम खाता नै नखोली आउट भए भने तेस्रो नम्बरमा आएका जिशन मक्शूद १२ बलमा एक चौका र एक छक्कासहित १४ रन बनाएर रञ्जित कुमारबाट क्याच आउट भए।

कर्णाली दबाबमा परेको अवस्थामा जयकिश र बसिस्टोले तेस्रो विकेटका लागि ५९ रनको महत्त्वपूर्ण साझेदारी गर्दै टोलीलाई खेलमा फर्काए। जयकिशनले ३९ बलमा ५३ रन बनाउँदै १२.४ ओभरमा शरद भेष्वाकरको बलमा क्याच आउट भए। उनको इनिङ्समा ६ चौका र २ छक्का प्रहार भए।

गुल्शनकुमार झा क्रिजमा आउनासाथ शून्य रनमा आउट भए पनि बसिस्टोले आफ्नो उत्कृष्ट प्रदर्शन जारी राख्दै प्रतियोगिताको दोस्रो अर्धशतक पूरा गरे। उनले ३९ बलमा ३ चौका र २ छक्कासहित ५२ रन बनाए। बसिस्टो अन्तिमतिर सोहेल तनवीरको बलमा बोल्ड भए। तर, त्यसअघि उनले चाड्विक वाल्टनसँग ६७ रनको अर्को महत्त्वपूर्ण साझेदारी गरे।

वाल्टनले २३ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै अविजित ४६ रन बनाए, जबकि देव खनालले तीन रनको योगदान गरे। चितवनका बलरहरूमध्ये सोहेल तनवीरले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए। शरद भेष्वाकर, कुशल मल्ल, र रवी बोपाराले समान १/१ विकेट लिए।

बुधबार, पुष ०३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.