• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

निकुञ्जमा प्राकृतिक कारणले गैँडा मर्ने क्रम बढे

  •   आइतबार, पुष ०७, २०८१ मा प्रकाशित

चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले गैँडा मर्ने क्रम बढेको छ ।

आर्थिक वर्ष २०८०/८१ को पाँच महिनामा प्राकृतिक कारणबाट मर्ने गैँडाको सङ्ख्याभन्दा चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा यसरी मर्ने गैँडा दोब्बरभन्दा बढी छ ।

निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत अविनाश पुनका अनुसार चालु आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्मको पाँच महिनामा मरेका १२ वटा गैँडामध्ये प्राकृतिक कारणले मर्नेको सङ्ख्या ११ वटा छ । जब कि अघिल्लो आर्थिक वर्षको यही अवधिमा मरेका आठ वटा गैँडामध्ये पाँच वटा प्राकृतिक कारणले मरेका हुन् । यो वर्ष विद्युतीय धरापमा परेर एउटा गैँडा मरेको छ भने अघिल्लो वर्ष तीन वटा गैँडा चोरी सिकारीले मारेका छन् ।

अधिकृत पुनले निकुञ्जमा आपसमा जुधेर, ढिस्कोबाट लडेर, दलदलमा फसेर, बाघले खाएर, बिरामी भएर र बुढो भएर मर्ने गैँडालाई प्राकृतिक कारणले मरेको भनिने जानकारी दिनुभयो ।

गत मङ्सिर ७ गते मझुवा मध्यवर्ती वनमा ३१ वर्षको पोथी र मङ्सिर १३ गते ध्रुवपोस्टनजिकै ३५ वर्षको पोथी गैँडा मृत अवस्थामा भेटिएको र त्यो कालगतिले मरेको निकुञ्जले विज्ञप्ति निकालेर जनाएको थियो । उता गत वर्षको साउन २० गते नवलपरासीको अमलटारीस्थित श्रीपोस्टनजिकै करिब पाँच महिनाको गैँडाको बच्चा मृत भेटियो । यसको पोस्टमार्टम गर्दा बाघले सिकार गरेको भेटिएको पुनले जानकारी दिनुभयो ।

यस्तै गत वर्र्षकै भदौ २६ गते राप्ती नदी किनार क्षेत्रको लामाचोकमा आपसमा जुधेर साढे तीन वर्षको गैँडा म¥यो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्त अघिल्लो वर्षभन्दा पनि यो वर्षको पाँच महिनामा प्राकृतिक कारणले गैँडा मर्ने क्रम चिन्ताजनक रूपमा बढेको बताउनुहुन्छ ।

“चोरीसिकार नियन्त्रण हुँदै गर्दा प्राकृतिक कारणले गैँडा मर्ने क्रम बढे जस्तो देखिएको छ । अहिले मरेका गैँडालाई अस्वाभाविक नै मान्न सकिँदैन तर पनि गैँडा एकपछि अर्को मर्दै जानु चिन्ताको विषय हो,” उहाँले भन्नुभयो । प्राकृतिक कारणले गैँडा मर्नुका कारण अध्ययन हुनुपर्ने उहाँको भनाइ छ तर यो वर्ष बाढीका कारण केही गैँडा गुमाउनुपरेको उहाँले जानकारी दिनुभयो ।

कति गैँडा बाढीले बगाएर मरे वा भारत पु¥याए भन्ने यकिन तथ्याङ्क कतै भेटिँदैन । २०७३ सालको साउन अन्तिम साता आएको बाढीले बगाएर भारत पु¥याएकामध्ये १० वटा गैँडा उद्धार गरी ल्याइएको तथ्याङ्क निकुञ्जसँग छ । भारतको वाल्मीकि टाइगर रिजर्भ र डिभिजन फरेस्टमा त्यो बेला तीन वटा गैँडा भेटिए पनि त्यसलाई नेपाल फर्काउन सकिएको थिएन । अहिले पनि बगाएर लगेका गैँडा उतै रहने गरेको बताइन्छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिस्ट हरिभद्र आचार्य बाढीका कारण निकुञ्जभित्रका पोखरीको संरचना परिवर्तन हुँदा पनि गैँडा मरेको हुन सक्ने धारणा राख्नुहुन्छ । “गैँडा मात्रै होइन, कुनै पनि प्राणीको जन्म र मृत्यु स्वाभाविक मान्नु पर्छ तर यो वर्ष आएको बाढीले निकुञ्जभित्रका धेरै पोखरी दलदलमा परिवर्तन भएको गैँडाले थाहा नपाउँदा ज्यान गएको हुन सक्छ,” उहाँले भन्नुभयो । पारवहन क्षमता र वासस्थानको अवस्थाले पनि गैँडाको मृत्युको आधार बन्ने विज्ञहरूले औँल्याएका छन् ।

“निकुञ्जमा पहिला २० प्रतिशत घाँसे मैदान थियो । अहिले त्यो घटेर दस प्रतिशतभन्दा कममा सीमित भएको छ । राप्ती र नारायणी नदीमा बर्सेनि आइरहने बाढीले निकुञ्जका पोखरी पुरिँदै गएका छन्,” निकुञ्जका एक अधिकारीले भन्नुभयो । राप्ती नदीमा लगाइएको बाँधले पानीको धार परिवर्तन गर्न नपाउँदा पनि समस्या भएको बताइन्छ ।

“बाँध नहुन्जेल पानीको धार कहिले कताबाट कहिले कताबाट बग्थ्यो । पानी नबगेका ठाउँमा घाँसे मैदान र पोखरीहरू हुन्थे तर अहिले त्यो भएन । बाँधले अहिले पानीको बहाव एकै ठाउँबाट लैजाँदा यो समस्या आयो,” उहाँले भन्नुभयो । उहाँले चुरे र महाभारत शृङ्खलामा भइरहेको अनियन्त्रित विकास योजनाले जथाभाबी डोजर लगाइँदा पनि त्यहाँका माटो पानीले बगाएर निकुञ्जमा ल्याउँदा घाँसे मैदान र पोखरीहरू पुरिरहेको पनि जानकारी दिनुभयो ।

गैँडा घाँस खाने र पानीमा आहाल खेल्ने जनावर हो । घाँसे मैदान र पोखरी पुरिँदा यो समस्यामा आएको अनुमान विज्ञहरूको छ । इकोलोजिस्ट आचार्य दलदलमा फसेका गैँडा र बाघले घाइते बनाएका गैँडाको बच्चालाई तत्काल उद्धार गरी उपचार गराउन सकिए गैँडाको

प्राकृतिक मृत्यु दर घटाउन सकिने बताउनुहुन्छ । पछिल्लो गणना अनुसार नेपालमा ७५२ वटा गैँडा रहेका छन् । यसमध्ये चितवन निकुञ्जमा मात्रै ६९४ वटा गैँडा छन् । चितवनका अलावा पर्सा वन्यजन्तु आरक्ष, बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटामा पनि गैँडा रहेका छन् ।

आइतबार, पुष ०७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.