बैशाख २० , भरतपुर । नेपाल कम्युनिष्ट पाटी माओवादी केन्द्रकी केन्द्रीय सदस्य एवम् चितवन जिल्ला ईन्चार्ज रेनु दाहालको चुनावी गीत सार्वजनिक भएको छ । युवा पत्रकार राजेन्द्र आचार्यको शब्द, रचना र परिकल्पनामा “विकासको लागि नहुनु टुट फुट, रेनुलाई जिताउन बनौँ एकजुट” शिर्षकको चुनावी गीत सार्वजनिक भएको हो ।
भरतपुर महानगरकी निर्वतमान प्रमुख समेत रहेकी दाहालले उनको कार्यकालमा गरेका विकास र समृद्धिका कुरा गीतमार्फत प्रस्तुत गरेको आचार्यले बताए । भरतपुरको नेतृत्वको लागि दोश्रो कार्यकालका गठबन्धनसहितको साथमा पुनः चुनावी मैदानमा र चुनावी घोषणपत्र सार्वजनिक गरेकै दिनको अवसरमा परेर गीत भिडियो सार्वजनिक गरिएको छ ।
प्रेस सेन्टर चितवनका उपाध्यक्ष समेत रहेका आचार्यकै निर्देशन एवं सेन्टरकै केन्द्रीय वरिष्ठ सदस्य सुरेशचन्द्र अधिकारी र भरतपुर महानगर कमिटि उपाध्यक्ष सुरेन कुँवरको सह–निर्देशनमा गीतको भिडियो निर्माण गरिएको हो ।
अग्रीम मिडिया नेटर्वकको प्रस्तुती रहेको गीतको छायाकंन रविन्द्र बराल र सम्पादन विष्णु सेवाले गरेका छन् । चर्चीत संगीतकार अर्जुन पोखरेलको संगीत तथा गायक सुरेश लामा र गायिका विन्दु परियारले गीतमा स्वर दिएका छन्।स्टुडियो ए प्लस रेर्कडिङ गरिएको गीतमा उत्सव अधिकारी, रेश्मा सुवेदी, अनिसा पौडेल, रुपा केसी, विकसीत शर्मा र ज्योती पोख्रेरलको अभिनय रहेको छ ।गीतमा चर्चीत नृत्य निर्देशक शिव विककाे काेरियाेगाफि रहेकाे छ ।
https://www.facebook.com/kapurpot/videos/5479912855381655



