• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

ओलीसँग सम्बन्धविच्छेद गर्न खोज्दै देउवा

  •   शुक्रबार, पुष २६, २०८१ मा प्रकाशित

काठमाडौं ,पौष २६
सत्तारूढ नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले)बीच असन्तुष्टि बढ्दै गइरहेको छ । दुई दलबीच दूरी बढेसँगै सरकार हेरफेरको चर्चासमेत सुरु भएको छ ।

कांग्रेस–एमाले गठबन्धनमा खटपट

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाका बीचमा पछिल्लो समय असन्तुष्टि बढेको हो । सरकार गठनअघि दुई दलबीच भएको सातबुँदे सहमति, राजनीतिक दल विभाजनका लागि ल्याउन खोजिएको अध्यादेश, कुलमान घिसिङलाई हटाउन भइरहेको खेल र अन्तर्राष्ट्रिय सम्बन्ध गिजोल्न खोजिएको विषयमा ओली र देउवाको तालमेल मिलेको छैन ।

प्रधानमन्त्री ओली ‘संविधान संशोधनबाट ब्याक’ भएपछि सत्तारूढ कांग्रेसले त्यसमा आपत्ति जनाएको छ । ओलीले तत्काल संविधान संशोधन नहुने भन्दै २०८७ मा मात्रै संविधान संशोधन हुने बताएपछि कांग्रेस नेताहरू असन्तुष्टि पोखिरहेका छन् ।

गत १७ असारको मध्यराति नेपाली कांग्रेस र एमालेबीच भएको सातबुँदे सहमतिमा संविधान संशोधन गर्ने एजेन्डासमेत छ । तर, दुई दलबीच भएको सहमतिविपरीत प्रधानमन्त्री ओलीले अभिव्यक्ति दिएको भन्दै कांग्रेसले आपत्ति जनाएको छ ।

सहमति पालना गर्नुको साटो आफूखुसी अभिव्यक्ति दिएपछि कांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले प्रधानमन्त्री ओलीले सातबुँदे सहमतिको अपमान गरेको टिप्पणी गरेका छन् ।

‘अहिले जो २०८७ मा भनेर प्रधानमन्त्रीले भन्नुभएको छ । मैले असजिलो नमानी यो सातबुँदेको अपमान हो भन्छु । २०८७ मा पुग्ला, ९० मा पुग्ला तर प्रारम्भ गर्नुप¥यो । त्यसका निम्ति सबै पक्षहरू, संसद्मा भएका दलहरू मात्रै होइन, सांसदबाहिर रहेका शक्तिलाई पनि कसरी जुटाउन सक्छौं हामी ?’ उनले भने ।

प्रधानमन्त्री ओलीको सो अभिव्यक्तिलाई लिएर केसी मात्रै नभई महामन्त्री विश्वप्रकाश शर्मालगायतका नेताहरूले आपत्ति जनाएका छन् । यस विषयमा कांग्रेस सभापति देउवासमेत असन्तुष्ट रहेको स्रोतको भनाइ रहेको छ ।

यस्तै, अर्को विषय राजनीतिक दलसम्बन्धीको अध्यादेशका ’boutमा समेत सहमति जुटेको छैन । प्रधानमन्त्री ओलीले मुख्यतः एमालेबाटै विभाजन भई माधवकुमार नेपालको नेतृत्वमा गठन भएको नेकपा (एकीकृत समाजवादी) विभाजन गराउने उद्देश्यले अध्यादेश ल्याउन खोजेका छन् । तर, कांग्रेस सभापति देउवा त्यसमा सहमत छैनन् । नेपालसँगको नजिकको सम्बन्ध र विगतमा आफूलाई प्रधानमन्त्री बनाउन गरिएको सहयोगका कारण देउवा नेपाल नेतृत्वको दल विभाजनका लागि अध्यादेश ल्याउने’boutमा सहमत नभएका हुन् ।

यसैगरी, अर्को विषय कुलमान घिसिङलाई हटाउने भइरहेको चलखेलप्रति देउवा असन्तुष्ट छन् । देउवाले कुलमानलाई हटाउने बाटामा जाँदा जनतामा चरम आक्रोश पैदा हुने भन्दै सचेत गराएका छन् । तर पनि ओली कुलमानलाई जसरी पनि हटाउन लागेका छन् । ऊर्जा मन्त्रालयको नेतृत्व कांग्रेसबाट दीपक खड्काले सम्हालेका छन् । तर, मन्त्री खड्का र कुलमानबीच ठूलो टसल देखिएको छ । मन्त्री खड्का जसरी पनि कुलमानलाई बर्खास्त गर्ने बाटामा छन् । प्रधानमन्त्री ओलीले कुलमान हटाउने विषयमा देउवाको साथ खोजेका छन् । तर, देउवा अहिलेसम्म तयार नभएको स्रोतको दाबी छ ।

यता, अन्तर्राष्ट्रिय सम्बन्धलाई लिएर पनि ओली र देउवाबीच असमझदारी बढ्दै गइरहेको छ । ओलीसँग देउवा अन्तर्राष्ट्रिय सम्बन्ध बलियो बनाउनुपर्ने र सम्बन्ध गिजोल्न नहुनेमा सजग छन् । देउवाले प्रधानमन्त्रीले अभिव्यक्ति दिँदा सन्तुलित खालको दिनुपर्ने मत राख्दै आएका छन् ।

एउटा छिमेकीलाई चिढ्याउने र अर्कोलाई खुसी पार्ने कूटनीति अपनाउन नहुने देउवाको मत छ । छिमेकी मित्र चीन र भारतसँगको सम्बन्धलाई लिएर ओली र देउवाबीच असमझदारी बढेको छ । यसमा एमालेभित्र चीनको बढ्दै गइरहेको चासोले समेत नेताहरू चिढिएका छन् ।

सरकार बनेको ६ महिना व्यतीत हुन लाग्दासमेत अर्थतन्त्रमा देखिनेगरी सुधारको संकेत नदेखिएको भन्दै देउवाले असन्तुष्टि पोख्ने गरेका छन् । कांग्रेसकै अर्थविद्हरूले समेत सार्वजनिक रूपमै अर्थतन्त्र लयमा फर्किन नसकेको र दिनदिनै अवस्था खराब बनेको टिप्पणी गरिरहेका छन् । कांग्रेसभित्र संसद्को हिउँदे अधिवेशन तत्कालै बोलाउनुपर्ने माग बढेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको मूल्यांकन गरिरहेका देउवाले ओलीसँग कसरी सम्बन्धविच्छेद गर्ने’boutमा आफू निकटका नेतासँग गम्भीर छलफलमा छन् ।राजधानी दैनिकबाट साभार

शुक्रबार, पुष २६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.