• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

भरतपुर महानगरले शिक्षकको आवास भत्ता बढायो

  •   आइतबार, माघ १३, २०८१ मा प्रकाशित

भरतपुर महानगरपालिका, चितवनले चालु आर्थिक वर्ष २०८१/८२ मा वडा नम्बर २९ का सामुदायिक विद्यालयका शिक्षकलाई १२ महिनाको आवास भत्ता उपलब्ध गराउने भएको छ।

महानगरपालिकाले मासिक २ हजार रुपैयाँका दरले आवास भत्ता वितरण गर्न लागेको हो।

गत आर्थिक वर्ष २०८०/८१ देखि महानगरपालिकाले आवास भत्ता वितरण गर्न सुरु गरेको हो। गत वर्ष शिक्षकहरूले ९ महिनाको भत्ता पाएका थिए। महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका उपसचिव सुवास आचार्य भन्छन्, ‘यो वर्ष हामी १२ महिनाकै आवास भत्ता दिँदैछौँ।’

महानगरपालिकाले वडा नम्बर २९ का राजमार्गसँग नजोडिएका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूका लागि आवास भत्ताको व्यवस्था गरेको छ।

यो वडामा ११ वटा सामुदायिक विद्यालय छन्। यीमध्ये १० वटा विद्यालय राजमार्गसँग जोडिएका छैनन्। यिनै विद्यालयमा कार्यरत वडाबासी बाहेकका शिक्षकले मात्र यस्तो भत्ता पाउँछन्।

उपसचिव आचार्यका अनुसार ३३ जना शिक्षकले भत्ता पाउँछन्। स्वीकृत दरबन्दी तथा संघीय अनुदानमा कार्यरत शिक्षकका लागि यस्तो व्यवस्था गरिएको छ।

वडा नम्बर २९, कमलपुरस्थित राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक बद्रीप्रसाद पौडेल भन्छन्, ‘गत वर्ष ९ महिनाको भत्ता पाएँ। यहाँ प्रायः कच्ची घर छन्। यहाँको लागि आवास भत्ताले लगभग पुगेको छ। भत्ता दिनु महानगरपालिकाको सकारात्मक पहल हो। तर, १२ महिनाको दिनुपर्छ। शिक्षकलाई प्रोत्साहनका लागि रकममा वृद्धि हुनु पर्छ।’

प्रधानाध्यापक पौडेल २ वर्षदेखि यहाँ कार्यरत छन्। उनको घर बर्दिया हो। वडा नम्बर २९ कै अर्को विद्यालय राष्ट्रिय माध्यमिक विद्यालय, चौकीडाँडाका प्रधानाध्यापक नवराज रिसाल पनि भरतपुरको महानगरपालिकाको यो काम प्रशंसनीय भएको बताउँछन्।

‘यो ठाउँ विकट क्षेत्र हो। यहाँबाट शिक्षक अन्त नजाउन् भन्ने उद्देश्यले महानगरपालिकाले सुरु गरेको यो काम राम्रो छ। शिक्षकलाई प्रोत्साहन भएको छ,’ प्रधानाध्यापक रिसालले भने।

उनी गत फागुनमा पदस्थापना भएर यो विद्यालयमा आएका हुन्। यो वर्ष उनले पनि आवास भत्ता पाउँदैछन्। गत वर्ष मंसिरको अन्त्यतिर पालिकाले सूचना निकालेर १५ दिनभित्र कागजात पेस गर्न भनेको थियो। भरतपुर महानगरपालिका शिक्षकलाई आवास भत्ता उपलब्ध गराउने सम्भवतः पहिलो स्थानीय तह हो।

आइतबार, माघ १३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.