• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

विवादले रोकियो नारायणीमा ड्याम लगाउने काम

  •   बिहिबार, माघ १७, २०८१ मा प्रकाशित

राजनीतिक विवादका कारण नारायणी नदी किनारमा ड्याम लगाउने काम रोकिएको छ ।

नवलपुरको मध्यविन्दु नगरपालिका –२ बलघट्टामा नारायणीको कटान रोक्नका लागि ड्याम लगाउन चितवन राष्ट्रिय निकुञ्चले माघ १५ गतेसम्मको समयसीमा दिएको थियो । तर राजनीतिक विवादका कारणले गर्दा भइरहेको काम रोकिएको मध्यविन्दु –२ का वडाध्यक्ष रामभक्त अधिकारीले बताउनुभयो ।

गत वर्षको असोज ११ र १२ गते नारायणीमा आएको बाढी ड्याम भत्काएर बस्तीमा छिर्दा मध्यविन्दुका वडा नं २, ४, ६, १२ र १५ का बस्ती डुवानमा परेका थिए । मानवीय क्षति नभए पनि उर्बरभूमि बगरमा परिणत भएको थियो । कैयौं घरपरिवार अहिलेसम्म पनि विस्थापित भएका छन् । नदी कटानले नन्दपुर, सीतापुर र धजाह बस्ती बढी जोखिममा छन् ।

डुवानबाट जोगाउन नारायणी नदी व्यवस्थापन आयोजना चितवनले झण्डै १० करोड रुपियाँ लागतमा नदी छिरेको स्थान बलघट्टामा ड्याम लगाउने काम गरिरहेको थियो । ड्याममा ग्याबिन तार जाली लगाउने, ठुला ढुङ्गा किनारमा हाल्ने, कङ्क्रिटका ब्लकसहित ड्याम बनाउने लगायत काम भइरहेको अवस्थामा एक्कासी फागुनसम्मका लागि काम रोकिएको नगरपालिकाले जनाएको छ ।

स्थानीयले कांग्रेस र एमालेका केही नेताहरूको इगोका कारण काम अघि बढ्न नसकेको बताएका छन् । गत वर्षको बाढीले नसोचेको क्षति व्यहोरेको भन्दै यो ठाउँमा तत्काल बाँध नबाध्ने हो भने आगामी वर्षामा यसले झन ठुलो क्षति पुर्‍याउन सक्ने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।

नारायणी नदी व्यवस्थापन आयोजनाले पनि विवादका कारण हाललाई ड्याम बनाउने काम रोकिएको बताएको छ । आयोजनाका डिभिजन इन्जिनियर प्रकाश लम्सालले विवादका कारण कामलाई निरन्तरता दिन नसकिएको बताउनुभयो ।

निकुञ्जले दिएको म्याद सकिनु तीन दिनअघि स्थानीय केही व्यक्तिले धम्की दिएपछि काम रोकिएको मध्यविन्दु –२ का अध्यक्ष अधिकारीले बताउनुभयो । चितवन राष्ट्रिय निकुञ्ज अमलटारी पश्चिम सेक्टरका संरक्षण अधिकारीले स्थलगत अवलोकन गरेर जागिरै खाने गरी धम्की आयो भनेपछि काम रोकेको अध्यक्ष अधिकारीको भनाइ छ ।

चितवन राष्ट्रिय निकुञ्जले ‘चरा तथा गोहीको वासस्थान, विचरण तथा घाम ताप्ने ठाउँमा खलल नपार्ने र तोकिएको क्षेत्रबाहेक अन्यत्र कार्य नगर्ने तथा आवश्यक नदीजन्य पदार्थ मध्यवर्ती क्षेत्रभन्दा बाहिरबाट ल्याइ प्रयोग गर्ने र सो स्थानबाट नदीजन्य पदार्थ प्रयोग नगरी मङ्सिर २२ देखि माघ १५ भित्र निकुञ्ज कर्मचारी तथा सुरक्षाकर्मीको निगरानी र अनुगमनमा बिग बोल्डरसहित संरक्षण कार्य गर्ने’ भन्दै पत्र लेखेको थियो ।

दुबै पक्षको आपसी सहमतिमा फागुन लागे लगत्तै ड्याम बाध्ने काम हुने निकुञ्जका सूचना अधिकारी थापाले बताउनुभयो । कानुनी प्रक्रिया नमिलाई काम भएको भन्दै केही व्यक्तिले फोन गेर धम्की दिएको र अख्तियारमा जाने भन्ने कुरा पनि आएको रहेछ, त्यसैले हामीले सबैलाई सहज हुनेगरी जाने भनेर अहिले नारायणी किनारमा बिग बोल्डरको (ठुला ढुङ्गा बिच्छ्याउने) काम गर्ने तर ग्राभेल नगर्ने भनेका छौं’’ चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी थापा मगरले भन्नुभयो ।

स्थलगत अनुगमनपछि अमलटारी पश्चिम सेक्टरका संरक्षण अधिकृत मधु नेपालीले पार्टीगत रूपमा आपसी विवाद देखिएकाले काम हुन नसकेको बताउनुभयो । २०५८ सालमा पनि नारायणी नदी बस्तीमा पस्दा धजाह गाउँ नै बगाएको थियो । त्यतिखेर घरबारविहीन भएका १ सय २ घर परिवार स्थानीय हाल मध्यविन्दु नगरपालिका –६ र ७ का विभिन्न स्थानमा अव्यवस्थित रूपमा बसोबास गर्न बाध्य छन् ।

बिहिबार, माघ १७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.