• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

चितवनमा माघ २५, २६ र २७ गते प्रथम राष्ट्रिय डेरी एक्स्पो हुँदै

  •   बिहिबार, माघ १७, २०८१ मा प्रकाशित

चितवन , माघ १७
भरतपुरमा आज एक कार्यक्रमको बिच चितवन उद्योग संघ र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको संयुक्त आयोजनामा २०८१ माघ २५, २६ र २७ गते, चितवन प्रदर्शनी केन्द्रमा हुने लागेको प्रथम राष्ट्रिय डेरी एक्स्पो २०८१ को तयारी अन्तिम चरणमा पुगेको छ ।

आधुनिक प्रविधि, सिप र नवीनतालाई प्रोत्साहन गर्दै डेरी उत्पादनमा गुणस्तर वृद्धि गर्ने, डेरी उद्यमीको सशक्तिकरणको लागि सघाउ पु¥याउने र डेरी उद्योगको प्रवद्र्धनका लागि एउटै छानामुनी आधुनिक मेशिन तथा यन्त्र उपकरण उपलब्ध हुने अवसर प्रदान गरी डेरीजन्य उद्यमशिलताको विकासमा सहयोग गर्ने उद्देश्यका साथ सो एक्स्पो गर्न लागिएको हो ।

डेरी उत्पादन, प्रक्रिया र वितरण प्रणालीका नवीनतम प्रविधि तथा अभ्यासहरूलाई प्रोत्साहित गर्नु, किसान, उद्योगी र व्यापारीलाई एकै थलोमा ल्याएर व्यावसायिक सञ्जालको अवसर सिर्जना गर्नु, उपभोक्ताहरूलाई डेरी उत्पादनको महत्व, फाइदा, तथा गुणस्तर सम्बन्धी जानकारी प्रदान गर्नु, डेरीजन्य उद्योगका नयाँ उत्पादनहरु लन्च र ब्रान्डिङ गर्ने अवसर प्रदान गर्नु, डेरी उद्योगको उत्पादकत्व र कार्यदक्षताको वृद्धि गर्नु, साना किसान र व्यवसायीलाई उचित मार्गदर्शन, तालिम तथा अनुदानको बारेमा जानकारी दिनु, डेरी उद्योगलाई दिगो र आर्थिक रूपमा फाइदाजनक बनाउने उपायहरूमा ध्यान केन्द्रित गर्नु, दुग्ध उत्पादक सहकारीहरुलाई औद्योगिक उत्पादनमा लाग्न प्रेरित गर्नु प्रदर्शनीको मुख्य उद्देश्य रहेको आयोजक संस्था चितवन उद्योग संघका कार्य बाहक अध्यक्ष मदन घिमिरेले जानकारी दिनुभयो ।

प्रदर्शनीमा डेरी प्रोसेसिङ तथा पशु आहार उद्योगमा आवश्यक मेशिनरी तथा उपकरणहरु, डेरी उद्योगका लागि उपयोगी सफ्टवेयर, डेरीजन्य उत्पादन, डेरी सहकारी, पशुपालनमा प्रयोग हुने सामग्री तथा उपकरणहरु, पशुपालन आहार सम्बन्धिका स्टलहरु, पशु औषधी तथा भेटनरी सेवा सम्बन्धिका स्टलहरु, डेरीलाई उपयोगी हुने प्याकेजिङ उद्योगका स्टलहरु, आधुनिक सेड निर्माण कम्पनीहरु, बैंक तथा विमा कम्पनीहरु, स्टार्टअप प्याभिलियन लगायतका करीब एकसय वटा स्टलहरु रहने आयोजक संस्था चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले जानकारी दिनुभयो ।

प्रदर्शनी अन्तर्गत डेरीजन्य उत्पादन, मेशिनरी तथा प्रविधिको प्रदर्शनी, कार्यशाला र तालिम सञ्चालन, बिटुबि मिटिङ, सफल व्यवसायिक किसान, डेरी उद्यमी आदिका अनुभव र सफलताका कथाहरु, डेरीजन्य नयाँ प्रोडक्ट लन्चका कार्यक्रमहरु रहनेछन् । साथै, प्रदर्शनी अवधिमा डेरी क्षेत्रका जल्दाबल्दा समस्या, नीतिगत सुधार गर्नुपर्ने विषय, डेरी उद्यमशिलताको सम्भावना, अवसर र चुनौती विषयमा केन्द्रीत रहेर विज्ञहरुको उपस्थितिमा प्यानल छलफल, अन्तर जिल्ला दुग्ध उत्पादक सहकारीहरुका बीच डेरी सम्बन्धि हाजिरीजवाफ प्रतियोगिता, सामाजिक सुरक्षा कोष सम्बन्धि अधिमुखीकरण लगायतका कार्यक्रमहरु आयोजना गर्न लागिएको आयोजक संस्था चितवन उद्योग संघले जनाएको छ ।
प्रदर्शनीमा आउने प्रदर्शकहरुलाई नयाँ उत्पादनहरू र सेवाहरूको प्रत्यक्ष प्रदर्शनीको अवसर, बजार अनुसन्धानको अवसर, व्यवसायिक सम्झौता तथा व्यापार विस्तारको सम्भावना, बजारमा आफ्नो ब्रान्ड स्थापित गर्ने अवसर, उपभोक्ताको प्रत्यक्ष प्रतिक्रिया, मिडिया र सामाजिक संजालमा प्रचार, उत्पादनको भिजुअल मार्केटिङ, कार्यशाला, छलफल तथा अन्तरक्रियाहरूमा सहभागी हुने अवसर, अन्य प्रदर्शकहरूबाट प्रेरणा, बिक्री तथा अर्डर बुकिङको अवसर, ग्राहक सन्तुष्टि परीक्षण गर्ने अवसर, नयाँ प्रविधि र इनोभेसन सम्बन्धी जानकारी, स्थानीय तथा अन्तर्राष्ट्रिय बजारसम्म पहुँच विस्तार, दुग्ध उत्पादन सम्बन्धी नीति निर्माता र सरोकारवालासँग प्रत्यक्ष सम्पर्क लगायतका उपलब्धी मिल्नेछ । साथै, डेरीजन्य उत्पादकनको अन्तर्राष्ट्रिय स्तरको गुणस्तरका लागि उद्यमीहरुलाई प्रेरणा मिल्ने र केही हदसम्म भने पनि निर्यात प्रबद्र्धनमा सहयोग हुने विश्वास लिइएको आयोजक संस्था चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघले जनाएको छ ।

करीब ५० हजार अवलोकनकर्ताको सहभागिता रहने लक्ष्य लिइएको प्रथम राष्ट्रिय डेरी एक्स्पो २०८१ वास्तविक डेरीजन्य उत्पादन उद्योगीहरू, उद्योगी बन्न इच्छुक व्यक्तिहरू, औद्योगिक नीति निर्माताहरू, नीति नियम कार्यान्वयन तहका सरकारी कर्मचारीहरू, डेरीजन्य औद्योगिक प्रविधिबारे जानकारी राख्न चाहने तथा खोज अनुसन्धानकर्ता, नेपालका डेरी उद्योगका सञ्चालक, लगानीकर्ता तथा उच्च व्यवस्थापकहरू, डेरी उद्यमीका व्यवसायिक परामर्शदाताहरू, तीनै तहका सरकारका प्रतिनिधिहरू (संघीय, प्रादेशिक, स्थानीय), प्रतिष्ठित लघु, घरेलु तथा साना उद्योगीहरू, कृषि विश्वविद्यालयका प्रमुख एवम् प्रतिनिधिहरू, उद्योगी व्यवसायीहरू, उद्यमीका छाता संस्थाका प्रमुख एवम् प्रतिनिधिहरू, दुग्धजन्य उत्पादनमा प्रत्यक्ष संलग्न व्यवसायिक किसानहरू, स्वदेशी उत्पादनका लागि प्रोत्साहन गर्ने व्यक्ति तथा समूहहरू, दुग्ध उत्पादक किसानहरू, दुग्ध उद्योग र कारखाना सञ्चालकहरू, दुग्ध उत्पादन सम्बन्धी मेशिनरी र उपकरण निर्माताहरू, खाद्य उद्योगका व्यवसायीहरू, अनुसन्धानकर्ता, विद्यार्थी र दुग्ध उद्योगका विज्ञहरू, बैंक तथा बीमा कम्पनीका प्रतिनिधिहरूको सहभागिता रहने विश्वास लिइएको छ ।

प्रथम राष्ट्रिय डेरी एक्स्पो २०८१ लाई सफलतापूर्वक सम्पन्न गर्नका लागि स्थानिय पालिकाहरु, जिल्ला तथा केन्द्रिय दुग्घ उत्पादक सहकारी संघहरु, डेरी उद्योग संघ, नेपाल डेरी एशोसियसन, प्रदेश सरकारका सम्बन्धित मन्त्रालयहरु, नेपाल सरकारका सम्बन्धित मन्त्रालयहरु, स्थानिय प्रदेश तथा संघिय सरकारका नीति निर्माताहरु, प्रदेश दुग्ध विकास बोर्ड, राष्ट्रिय दुग्ध विकास बोर्ड, दुग्ध विकास संस्थान, Nepal Dairy Science Association (NDSA), Nepal Agriculture Science Association (NASA), डेरीजन्य उद्योगका लागि आवश्यक मेशिन तथा उपकरणहरु उत्पादक तथा वितरक कम्पनीहरु, दुग्ध जन्य उत्पादनसँग सम्बन्धित उद्यमी तथा व्यवसायिक किसानहरु, नेपाल भेटेरिनरी एशोसियसन, कृषि तथा वन विज्ञान विश्वविद्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, सहकारी विभाग, पशु सेवा विभाग लगायतका संघ–संस्थाहरुसँग समन्वय र सहकार्य भई अगाडि बढिरहेको आयोजकको दावी छ । चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेश प्रसाद सिलवालले सञ्चालन गर्नुभएको पत्रकार भेटघाट कार्यक्रमलाई चितवन उद्योग संघका उपाध्यक्ष गजेन्द्र अधिकारी धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।

बिहिबार, माघ १७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.