• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

माउण्ट एभरेष्ट ब्रुअरीका मजदुर २८ महिनाको तलब नपाएको भन्दै आन्दोलनमा

  •   शुक्रबार, माघ १८, २०८१ मा प्रकाशित

चितवन – भरतपुर स्थित मदिराजन्य उत्पादन गर्ने माउण्ट एभरेष्ट ब्रुअरीका मजदुर तथा कर्मचारीले तलबको माग गर्दै आन्दोलन गरेका छन । उनीहरुले आज भरतपुरमा पत्रकार सम्मेलन गरेर २८ महिना देखिको तलब नपाएको भन्दै निरन्तर आन्दोलन र दबाब दिदै आएको बताए ।

एकबर्ष अघिसम्म बियर उत्पादन गरेको सो उद्योगले डेढसय भन्दा बढी मजदुर तथा कर्मचारीको तलब, सञ्चयकोष उपादान नदिएपछि उनीहरु आन्दोलनमा आएका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै आन्दोलनका संयोजक माधव प्रसाद पौडेलले बारम्बार ताकेता गर्दा पनि तलब नपाएपछि आफूहरु आन्दोलनमा उत्रनु परेको बताए । ‘हाम्रो एकै व्यक्तिको तलब न्यूनतम १५ लाख भन्दा बढी छ । हामीले बारम्बार अनुरोध ताकेता गर्यौं । तर कम्पनीले कसैको पनि कत्तिपनि पैसा दिएन ।’ संयोजक पौडेलले भने ।

पौडेलले तलबको लागि श्रम तथा रोजगार कार्यालयमा उजुरी दिंँदा पनि हालसम्म माग सुनुवाई नभएको बताए । ‘हामीले श्रम कार्यालय हेटौंडामा पनि उजुरी दर्ता गरेका छौ। उद्योगको बैंक खातापनि रोक्का गरेका छौं । सबै निकायमा पनि दबाब दिदै आएका छौं । तर कुनै सुनुवाई भएको छैन ।’ पौडेलले भने । यो अवधिमा तीनजना मजदुर दुर्घटना र बिरामी भएर उपचार खर्च पनि नदिदा मृत्यु वरण गर्नुपरेको उनको भनाई थियो ।

उद्योगले तलब दिने आश्वासन दिएर अन्योल सिर्जना गरिंदिदा अन्यत्र समेत काम गर्न नपाएको र आफूहरुको दैनिकी समेत चलाउन धौधौ परेको उनले गुनासो गरे ।

आन्दोलनका सह–संयोजक सिताराम पुडासैनीले उद्योग लिलामी गरेर भएपनि आफूहरुको तलब पाउनु पर्ने बताए । कि लिलामी गरेर हामीले पाउनु पर्ने बक्यौता तलब पाउनु पर्यो । कित उद्योग सञ्चालन गरेर तलब नियमित गर्नुपर्यो ।’ पुडासैनीले भने । उद्योगले गर्नुपर्ने सम्झौता बमोजिम कार्यान्वयन गर्न गराउन उनले सरकारसंँग पनि आग्रह गरे ।

उद्योगले कर कार्यालयलाई तिर्न १ अर्ब भइसक्यो, विद्युतको विल ४५ लाख भन्दा माथि भइसक्यो होला । उनले भने, सरकारले यो संँगै हाम्रो गुनासोलाई पनि सम्बोधन गर्नुपर्यो र सरकारको राजश्व पनि उठोस भन्ने पनि हाम्रो चाहना हो ।’

भरतपुर महानगरपालिका वडा नम्बर १२ मा पांँच विघा क्षेत्रफलमा सञ्चालन हुंँदै आएको उक्त ब्रुअरी २०४७ बाट सञ्चालनमा आएको हो । यो उद्योगले शुरुमा सामिग्यल वियरको उत्पादन गर्दै आएपनि पछिल्लो बर्ष गोल्डेन टाईगर, एभरेष्ट वियर र राइनो वियर उत्पादन गर्दै आएको थियो । गतबर्षदेखि उद्योगको उत्पादन तथा बिक्री वितरण पूर्णरुपमा बन्द छ ।

 

शुक्रबार, माघ १८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.