• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

पहिराले विद्यालय भवन बगायो

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय समाचार

  • १. ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार पुनरागमन

  • २. निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त सिवाकोटी स्वर

  • ३. निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत ‘तिमी मेरो संजीवनी’ सार्वजनिक

  • ४. ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका दर्शकले हेर्न मिल्ने

  • ५. मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा चम्किँदै सम्पदा अम्गाईं

  • ६. ‘चमेलीको पोइ’को शीर्ष गीत ‘ओइ ओइ चमेली’ सार्वजनिक, सुरक्षा–मुकुनको केमिस्ट्री आकर्षण

  • ७. मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

  • ८. चितवनमा सवारी दुर्घटनामा आयाे कमी

  • ९. शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

  • १०. छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

‘जुनाः एक व्यथा’ले पुरा गरिदियो सेञ्चुरीले साँचेको सपना

  •   बिहिबार, माघ २४, २०८१ मा प्रकाशित

काठमाडौं

म्यूजिक भिडियो सम्पादन र निर्देशनमा व्यस्त रहँदा निर्देशक जीवन सेञ्चुरीले कुनै दिन चरित्र प्रदान फिल्मको सपना साँचेका थिए । अहिले उनको त्यो सपना फिल्म ‘जुनाः एक व्यथा’ले पुरा गरिदिएको छ । यो फिल्म यही शुक्रबारबाट रिलिज हुँदैछ ।
यो फिल्मसँग जीवन जोडिनुको पछाडि बेग्लै कथा छ । जीवन काठमाडौंको गोङ्गबुमा रहेको अफिसमा बसिरहँदा लेखक राजबहादुर सानेसँग भेट भएको थियो । त्यो बेलामा उनले आफूले राख्न चाहेको पात्र राखेर फिल्म बनाउने योजना सानेलाई सुनाए । ‘मैले उहाँलाई कथाको वान लाइन स्टोरी सुनाएर यो यो क्यारेक्टर राख्छु भनेको थिएँ । सानो बजेटमा फिल्म बनाउने भनेपछि उहाँले कथालाई रिफाइन गरिदिनुभयो’, जीवन भन्छन ।
राजबहादुरबाट स्क्रिप्ट लिएपछि उनले सुरुमा ४२ मिनेटको सर्ट फिल्म बनाए । ७ लाख रुपैंयाँको लगानीमा बनाएको सर्ट फिल्म सम्पादन गरेर हेरेपछि उनले तत्कालै सर्ट फिल्मको सट्टा ठूलो फिल्म बनाउने निर्णय लिए । ‘फिल्म हेरिसकेपछि कथाले न्याय पाएन भन्ने भयो । फिल्म हेरिरहँदा म रोएँ पनि’, उनले भने ।
फिल्म बनाउने निर्णय लिएपछि उनले र साने मिलेर तीन वर्षको समयावधिमा ‘जुनाः एक व्यथा’को स्क्रिप्टको पुनर्लेखन गरे । स्क्रिप्ट पुरा भएपछि उनले फिल्मकै लागि ३२ वटा लोकेसन हेरे । लोकेसन हेर्न नै उनी काठमाडौंदेखि मनाङ, मुस्ताङसम्म पुगे । ‘लोकेसन पाएर मात्र भएन । त्यहाँका स्थानीयको सहयोग, स्थानीय कथासँग म्याच हुनु पर्यो । त्यसपछि मैले आवेगमै आएर पर्वतको लोकेसन छनोट गरें’, उनी भन्छन् ।
स्क्रिप्ट फाइनल भएपछि उनको भेट निर्माता दीपकप्रसाद घिमिरेसँग भएको हो । जीवनका अनुसार उनले दीपकलाई ‘बाँच्छु त यही फिल्मबाट, मर्छु त यही फिल्मबाट’ भनेपछि दीपक फिल्ममा पैसा लगाउन तयार भएका हुन् ।
जीवनलाई फिल्मको शीर्ष कलाकार खोज्न निकै हम्मेहम्मे परेको थियो । ‘मैले प्रमुख पात्रका लागि झण्डै ७५ जना बालिकालाई भेटें । उहाँहरुलाई मेरो कार्यालयमा बोलाएर आफ्नो कम्पोजका केही अभिनय देखाउन भनें । अनि मैल्े पनि सिचुएसन दिएँ । तर अधिकांश बालिकाहरु फिल्मको क्लाइमेक्स सुनेपछि डराउनुभयो । उहाँहरुलाई हामीले डराउनु पर्दैन, केही हुँदैन पनि भन्यौं । तर धेरैले मान्नुभएन’, जीवन सम्झन्छन् ।
जीवनका अनुसार फिल्मको शीर्ष पात्रका लागि ‘हल्का डार्क’ र ‘इनोनसेन्ट’ अनुहार चाहिएको थियो । त्यस्तो अनुहार भएकी पात्र अस्मिता ढकाललाई जीवनले फेसबुकमा भेट्टाए । ‘अस्मितालाई फिल्मप्रति असाध्यै रुची रहेछ । तर उहाँकी आमा भने छोरीलाई फिल्म चाहनु हुन्न रहेछ । छोरीले फिल्मको कुरै नगरुन् भन्ने उहाँको इच्छा रहेछ’, जीवन भन्छन्, ‘हामीले सम्झाई बुझाई गरेपछि उहाँ छोरीलाई फिल्ममा अभिनय गराउन तयार हुनुभयो । हामीले उहाँको घर नजिकैको कल्चर सेन्टर भाडामा लिएर १३ महिनासम्म अभिनय सिकायौं । अस्मिता त्यो बेला ११ वर्षकी मात्र थिइन् ।’
जीवन ‘जुनाः एक व्यथा’लाई ‘मोटिभेसनल’ फिल्म मान्छन् । ‘हामीले पछाडि फर्केर हेर्यौं भने हामीले बाँचेको जिन्दगी र हाम्रा बाबुआमाले बाँचेको जिन्दगीको अन्तराल कति फरक छ । यही कुरा फिल्ममा छ । हिजो आमाबाबुले छोराछोरीलाई ‘विवाह गर’ भनेर दबाब दिन्थे । अहिले बाबुआमाले ‘नगर’ भनेर भन्छन् । हिजो छोराछोरी रुन्थे, आज बाबुआमा । यो फिल्म हेरेपछि बाबुआमाले ‘मैले छोराछोरीलाई यहाँनेर गल्ती गरेछु, यसो गर्नु हुँदैन रहेछ’ भनेर सम्झन्छन् । छोराछोरी चाहिँ आमाबाबुको क्रियाकलापलाई सम्झन्छन्’, फिल्मबारे जीवन भन्छन् ।
जीवनका अनुसार सुटिङमा अस्मिताले कहिल्यै आँखामा ‘ग्लिसिरिन’ लगाइनन् । ‘फिल्ममा बिहानदेखि बेलुकासम्म अस्मिता रोइरहनु पथ्र्यो । कोही पनि कलाकारलाई ग्लिसिरिन लगाएनौं । सबैले प्राकृतिक रुपमा नै अभिनय गर्नुभयो’, उनी सम्झन्छन् । झण्डै ४० वर्ष अघिको कथा भएकाले त्यो समयलाई फिल्ममा म्याचिङ गर्न निकै गाह्रो भएको उनको अनुभव छ ।
दीपकप्रसाद घिमिरेको निर्माण र जीवन सेन्चुरीको निर्देशन रहेको फिल्म ‘जुनाः एक व्यथा’मा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, कमल बोहोरा, अस्मिता बस्नेत र खगेन्द्र न्यौपानेको अभिनय छ ।
तस्वीरहरुः सुरेन्द्र थापा

बिहिबार, माघ २४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त
आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल
सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो
बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा
‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ
सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार

  • २.
    निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त

  • ३.
    निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत

  • ४.
    ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका

  • ५.
    मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा

  • ६.
    ‘चमेलीको पोइ’को शीर्ष गीत ‘ओइ ओइ चमेली’

भर्खरै

  • १.
    रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त

  • २.
    आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल

  • ३.
    सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो

  • ४.
    बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा

  • ५.
    ‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

  • ६.
    सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

  • ७.
    देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

  • ८.
    नागढुङ्गा सुरुङमार्ग उद्घाटन आज

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.