चैत ८ गते प्रदर्शनको तयारीमा रहेको चलचित्र द्रौपदीको गीत रिलिज भएको छ ।
हाइलाइट्स नेपाल बाट रिलिज भएको गीत चलचित्रको डोल्पाको शे फोक्सुण्डो ताल लगायत कर्णालीको विभिन्न रमणीय स्थलहरुमा छायांकन गरिएको थियोे । हालसम्म कसैले छायांकन नगरेका एकदमै रमणीय भर्जिन स्थलहरुमा सतेत छायांकन भएको छ । गीतमा आश्विनी शाही , रबि ओड , सुजाता तिमल्सिना र स्वयं ऋषिराज आचार्यलाई फिचर्ड गरिएको छ ।
गीत कर्णालीको परिबेश सङ्ग रमणीय दृश्यहरुमा मायाप्रेम झल्काउने खालको साथै गीत भित्र कुनै रहस्यमय उतारचढावको कथा छ जस्तो देखिन्छ । महिला संबेदनामा बनेको देखिने यस चलचित्रले एक अर्गानिक अनि गम्भीर बिषय उठाएको सन्केत गरेको छ । चलचित्र द्रौपदी अन्तर्राष्ट्रिय बजारलाई समेत मध्यनजर गरि निर्माण भैरहेको बुझिएको छ । यसको स्कृप्ट करिब ४ बर्ष लगाएर लेखिएको हो ।
चलचित्रमा आश्विनी शाही , रबि ओड, कबिराज भाम , जेल्सन अधिकारी , सुजाता तिमल्सिना , बिस्णु ठडराई ( सुबास ), प्रकाश ज्ञवाली ,सीता बौडेल , सुरज अधिकारी र ऋषिराज आचार्य स्वयंको पनि अभिनय रहेको छ । चलचित्रमा कथा, पटकथा, सम्बाद गीत तथा निर्देशन ऋषिराज आचार्यको रहेको छ । चलचित्रको सम्पादक अनिल महर्जन, पार्स्व संगीत सौरभ शर्माको रहेको छ भने छायांकन मोहन कुमार झिल्लुको रहेको छ ।
कर्णाली काटौला शिर्षक रहेको चलचित्रको गीतमा रबि ओड र इन्द्रकला राइको आवाज रहेको छ । आर बि मुभिजमा बनेको चलचित्रका सह निर्माता ऋतु आचार्य र बिष्णु ठडराई , निर्माता ऋषिराज आचार्य र प्रकाश ज्ञवाली हुन् ।
चलचित्र लाई एप्पल इन्टरटेन्टमेन्ट , एफ डि कम्पनी र रिच इन्टरटेन्टमेन्टले संयुक्त रुपमा बितरण गर्दैछन् ।


