चितवन , फागुन १४ – होटल पौवाको भरतपुर शाखाले महाशिवरात्रि पर्व मनाउने भएको छ । शिवरात्रिको प्रसाद, पौवाको स्वाद, संस्कृतिको संरक्षण, भजन किर्तनको उल्लास’ भन्ने नाराका साथ फागुन १४ गते ( आज ) महाशिवरात्रिको अवसरमा भजन किर्तनको उल्लासका साथ शिवरात्रि उत्सव मनाउने भएको हो ।
महाशिवरात्रिको अवसर पारेर होटल पौवाले बेलुका ६ बजेदेखि ९ बजेसम्म भजन किर्तन विशेष प्रसाद वितरण कार्यक्रम आयोजना गरेको होटल पौवा भरतपुर शाखाका प्रबन्धक विजय न्यौपानेले जानकारी दिए ।
नेपाली संस्कृतिको संरक्षणमा टेवा पुर्याउँने उद्देश्यका साथ महाशिवरात्रि पर्वको अवसरमा भजन किर्तनको साथै प्रसाद वितरण आयोजना गर्न लागिएको उनको भनाई छ । कार्यक्रममा समावेश हुन सम्पूर्ण पाहुनालाई होटल उनले अनुरोध समेत गरेका छन् ।
धार्मिक तथा सांस्कृतिक पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यले यस वर्षपनि नेपाली संस्कृतिको प्रतिक महाशिवरात्रिको अवसर पारेर चितवनसहित पौवाका अन्य १७ वटै शाखाबाट एकैदिन विशेष भजन किर्तन उल्लास मनाउन लागिएको उनले बताए ।
होटल पौवा, भरतपुर शाखामा विभिन्न परिकार पाइने रेष्टुरेण्ट र आरामदायी बासको लागि १२ वटा कोठा समेत छन् । यहाँ विवाह, ब्रतबन्ध र अन्य समारोहका लागि उपयुक्त दुई वटा पार्टी हल छन् भने पार्टी हलको क्षमता एउटाको तीन सय र अर्कोको पाँच सय जना रहेको प्रबन्धक न्यौपानेले बताए ।
यहाँ तालिम, गोष्ठी र बैठक गर्न मिल्ने ५० जना क्षमताको एउटा सेमिनार हल पनि छ’ न्यौपानेले भने, ‘हामीले नेपाली चाडपर्वहरुको विशेष अवसरमा विभिन्न जातजातिको सांस्कृतिक कार्यक्रम पनि आयोजना गर्दै आएका छौँ ।
होटल पौवाले यस अघी माघेसंक्रान्तिको अवसरमा चितवनका विशिष्ट पाहुनाहरुलाई सेलरोटी, सखरखण्ड, खिचडीलगायत खानेकुरा समेत खुवाएको थियो ।



